फिनल्याण्डमा हुने भलिबल प्रतियोगिताका लागि एनईएससीको टिम तयार

विराटनगर । फिनल्याण्डमा हुने भलिबल प्रतियोगितामा नेपाली युरोपियन खेलकुद संघ (एनईएससी) सहभागिता जनाउने भएको छ । आगामी मे ११ तारिखमा हुने प्रतियोगिताका लागि एनईएससीका तर्फबाट टिमसमेत तयार भएको छ । अष्ट्रियाको इन्स्ब्रुकमा केन्द्रीय कार्यालय रहेको एनईएससीले नेपालको राष्ट्रिय खेल भलिबलको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । विभिन्न देशका ७ वटा टिम सहभागी हुने प्रतियोगितामा एनईएससीका तर्फबाट अञ्जन अधिकारीको कप्तानीमा ख्याम विक, आङ कामी लामा, गर टेम्बा शेर्पा, राजु विश्वकर्मा, प्रेम विश्वकर्मा, पासाङ निमा शेर्पा (म्याजेजर) सुनिल दियाली, कृष्ण विश्वकर्मा, विवेक बजगाईं, विकास विक, रोहित विश्वकर्मा, नारायण कार्की, अमृत तिवारीले सहभागिता जनाउने निश्चित भएको एनईएससीका अध्यक्ष दिलकुमार घमालले जानकारी दिए । त्यस्तै सल्लाहकार संयोजकमा रुपमा विकास कार्की र डा. किशोर कमल पनि फिनल्याण्ड जानेछन् ।सन् २०२० मा स्थापित संघले युरोपमा नेपालको राष्ट्रिय खेल भलिबलको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ स्थापित संघले यसअघि पनि युरोपका विभिन्न स्थानमा भएका प्रतियोगिताहरूमा सहभागिता जनाइसकेको छ । एनईएससीले पनि मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ । “फिनल्याण्डबाट निमन्त्रणा आएको छ । त्यसका लागि टिम पनि तयार भइसकेको छ,” एनईएससीका अध्यक्ष घमालले भने, “हार्नु–जित्नु आफ्नो ठाउँमा छ तर प्रतियोगिताले युरोपमा रहेका नेपालीलाई भावनात्मक रुपमा जोड्ने म... ... ... ...

त्रिभुवन आर्मी इटहरी गोल्डकपको सेमिफाइनलमा

इटहरी । त्रिभुवन आर्मी क्लब १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको सेमिफाइनलमा पुग्न सफल भएको छ । इटहरी रंगशालामा सोमबार राति सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा बिर्तामोड युनाईटेड झापालाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै आर्मी सेमिफाइनलमा पुगेको हो । निर्... ... ... ...

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नि

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त हुनुभएको छ ।प्रदेशसभामा रहेका पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्रसहित ४८ प्रदेशसभा सदस्य समर्थनमा प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको...

अर्थ–वित्त अर्थ–वित्त बाट थप
राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १ स्थित श्री राष्ट्रिय माविको विद्यालय व्यवस्थापन समितिको गठन गरिएको छ ।अघिल्लो विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिएपछि पुनः अभिभावकहरुको भेलाले स्थानीय समाजसेवी कोविदजंग कार्कीको अध्यक्षतामा नौ सदस्यीय विद्यालय व्यवस्थापन समिति सर्वसम्मत चयन गरिए...

शिक्षा–स्वास्थशिक्षा–स्वास्थबाट थप
इटहरीका निजी विद्यालय शुल्क मापदण्ड पालनामा अनिच्छ

इटहरी । स्थानीय सरकारले ल्याएको शुल्क मापदण्ड पालनामा अटेर गरि इटहरीका नीजि विद्यालयले मनलाग्दी शुल्क लिने भएका छन् ।इटहरी उपमहानगरपालिका शिक्षा सुधार गर्ने २७ बुँदे संकल्प पत्र सार्वजनिक गर्दै २०८१ लाई शैक्षिक सुधार वर्षको रुपमा लिएर अयिभान सञ्चालन गरेसँगै निजी विद्यालयलाई दुई तिहाई अभिभावकको भेला ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]