आयोजक राष्ट्रिय जागृति क्लब इटहरी गोल्डकपको सेमिफाइनलमा

  • चैत १३, २०८० / नेपाल रेखा
alt

इटहरी । आयोजक राष्ट्रिय जागृति क्लब १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको अन्तिम चारमा पुग्न सफल भएको छ । इटहरी रंगशालामा आइतबार राति सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा आयोजकले पाहुना टोली कञ्चनजङ्घा फुटबल क्लब भारतलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको छ । निर्धारित ९० मिनेटको खेलमा दुबै टिमले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको हो ।
पेनाल्टीमा एरिन तामाङ्गको प्रहार बाहिरिएपछि कञ्चनजंगा क्वाटरफाइनलमै घर फर्कन बाध्य भयो । उसका चार जना खेलाडी अभिषेक लामा, निवाङ तामाङ, पुजन सुब्बा र सरोनको प्रहार मात्र गोलमा परिणत भएको थियो ।
आयोजकको तर्फबाट पांचै जनाले गोल गरे । योगेन्द्र कार्की, प्रवेश दनुवार, बिशाल भण्डारी, उमेश कार्की र अन्तिम पेनाल्टी प्रहार गर्न आएका बिदेशी खेलाडी नेपोलिनको प्रहारले सिधै जाली चुमेपछि आयोजकको जित निश्चित भएको हो ।
त्यसअघि निर्धारित समयको १३ औं मिनेटमा एरिन तामाङको पासमा पुजन सुब्बाले गोल गर्दै कञ्चनजंगालाई अग्रता दिलाएका थिए । तर उसको अग्रता ८६ औं मिनेटमा आयोजकका नेपोलिनले गोल गरेपछि खेल १–१ को बराबरीमा आएको थियो ।

सामाजिक सञ्जाल नियमन ...

काठमाडौँ । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन ग ...

इटहरीमा ‘कोशी एक्सिल ...

इटहरी । इटहरीमा रहेको नयन एड्भरटाइजिङ मिडिया प्रालिद्वा ...

स्वास्थ्यप्रति सचेत ...

बलेवा । यहाँको निसीखोला गाउँपालिका–२ कान्लेचौरका ...

लमजुङमा मह बिक्रीबाट ...

लमजुङ । पहाडी जिल्ला लमजुङमा मह उत्पादन बढेको छ । गत वर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]