– सरोजकुमार मिश्रजनताद्वारा प्रतिनिधिसभा निर्वाचन २०८२ मा ‘काशी एक्प्रेस’को टिकट कटाइसकेका दल तथा राजनीतिक दलालहरू जनता झुक्याउन नयाँ आवरणमा फेरि सलबलाउन थालेका छन् । उनीहरू अग्रगामी मोर्चाको नाममा जनता झुक्याउने पुरानै भद्दा नौटंकी प्रदर्शनको तयारी गरिरहेका छन् । योसँगै एकपछि अर्को राजनीतिक बेइमानी र कुकृत्यबाट वाक्क–दिक्क भएका मधेसका जनता थप क्षुब्ध बनेका छन् ।कथित ‘अग्रगामी’ आवरणमा २०८३ साउन २३ गते महन्थ ठाकुर, उपेन्द्र यादव, सिके (चन्द्रकान्त) राउत, प्रभु साह, रेशमलाल चौधरी, रिजवान अन्सारीलगायतले गरेको गठबन्धन जनताको आँखामा छारो हाल्ने नयाँ खेल भएको मधेस
सम्मानीय प्रधानमन्त्रीज्यू, सत्ता सम्हालेको सय दिन कुनै पनि सरकारको सफलताको अन्तिम मापन होइन । तर सरकार कुन दिशामा अघि बढ्दै छ, उसका प्राथमिकता के हुन्, जनतासँग गरेका प्रतिबद्धताप्रति कति गम्भीर छ र शासन सञ्चालनको शैली कस्तो छ भन्ने मूल्यांकन गर्ने प्रारम्भिक आधार भने अवश्य हो । यही सन्दर्भमा तपाईंको नेतृत्वमा सरकारले थालेका केही प्रयासले आम नागरिकमा आशा जगाएको छ भने केही क्षेत्रमा अझै धेरै अपेक्षा बाँकी छन् । तपाईंले शासनको केन्द्रमा सुशासन, पारदर्शिता र जवाफदेहितालाई राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अहिलेसम्म आएका समाचार र सरकारी दावा अनुसार उच्च पदस्थहरूको सम्पत्ति छानबिन, प्रशासनि
नवीन लुइँटेल काठमाडौँ । उत्तर अमेरिकामा जारी २३ औँ संस्करणको विश्वकप फुटबलमा समूह ‘ए’ देखि ‘एल’ सम्म रहेका १२ वटै समूहको पहिलो चरणका खेल सकिएका छन् । पहिलो खेल सकिँदा फ्रान्स, अर्जेन्टिना, इङ्ल्याण्ड र जर्मनीजस्ता पूर्वविजेता टिमहरु विजयी हुँदा पाँच पटकको विश्व विजेता ब्राजिल र एक पटकको विजेता स्पेन बराबरीमा रोकिए । ब्राजिल मोरक्कोसँग एक–एक को बराबरीमा रोकिएको छ भने सन् २०१० को विश्वकप विजेता स्पेन पहिलोपल्ट विश्वकप खेल्दै गरेको अफ्रिकी राष्ट्रसँग गोलरहित बराबरीमा रोकिएको छ । क्रिस्चियानो रोनाल्डोको टिम पोर्चुगलले डिआर कङ्गोसँग एक–एक गोलको बराबरी खेल्यो । य
जब देश माओवादी द्वन्दको चरम उत्कर्षमा २०५९ सालमा पुगेको थियो विद्यालय शिक्षामा शिक्षकहरूको दरबन्दी सिर्जनाको अभाव देखिएको थियो । विद्यालयमा भर्ना हुने विद्यार्थीको प्रतिशत वृद्धि हुँदै गएको र शिक्षकको अभाव हुन थालेपछि आर्थिक वर्ष २०५९/६० देखि विशेष प्रकारको शिक्षक राहत दरबन्दी अनुदानकोटा नामले देशैभरि मावि तह निमावी तह र प्राविधिक तहमा निर्माण गरियो । तत्पश्चात् शिक्षामा गुणस्तर र नियमित पठनपाठन भएको तत्कालीन शिक्षाका जानकारहरू बताउँछन्। गुणस्तरीय शिक्षाका लागि विद्यालय क्षेत्र सुधार कार्यक्रम अनुसार राहत दरबन्दी सिर्जना गरेर देशैभरि शिक्षकहरूको अपुग सङ्ख्यालाई पूरा गरेको सर्वविधतै छ। २० औ&nbs
हाम्रो समाजमा हामी प्रायः मानिसलाई काम कस्तो चलिरहेको छ, पढाइ कस्तो छ, बिहे कहिले गर्ने, भविष्यको योजना के छ भन्ने प्रश्नहरू सोध्छौं । तर एउटा अत्यन्तै महत्त्वपूर्ण प्रश्न भने अझै पनि हाम्रो दैनिक संवादबाट हराइरहेको छ “तपाईं वास्तवमै मनदेखि कस्तो हुनुहुन्छ ?” मानसिक स्वास्थ्य आजको समयमा सबैभन्दा आवश्यक तर अझै पनि कम बुझिएको विषयमध्ये एक हो। धेरै मानिसहरू मानसिक स्वास्थ्यलाई केवल “पागलपन” वा गम्भीर मानसिक रोगसँग मात्र जोडेर हेर्छन् । तर मानसिक स्वास्थ्य भनेको हाम्रो सोच, भावना, तनावसँग जुध्ने क्षमता, सम्बन्धहरू सम्हाल्ने तरिका, दुःख सहने शक्ति, र जीवनका उतारचढावसँग अघि
कृष्ण अधिकारीविषयमा प्रवेश गर्नुभन्दापहिले एउटा प्रशंग उल्लेख गरौं । आजभन्दा एक महिना पहिले भक्तपुरको सानोठिमी स्थित शिक्षासंग सम्बन्धित एउटा कार्यालयमा पुगेको थिएँ । मेरो काम वापत लाग्ने राजश्व तिरेर भौचर पनि बुझएको थिएँ । मेरो सरोकारका कर्मचारी थिए एकजना वरिष्ठ अधिकृत । उनी विद्यावारिधिका विद्यार्थी पनि रहेछन् । उनी काठको कुर्सीमा बसेका थिए । मैले सोधें हाकिम त मान्छे नै छोपिने ठूलो विदेशी कुर्सीमा बस्छन् त ? ती अधिकृत मुसुक्क हाँसे र सहज भावमा भने “यसमा ढाड दुख्तैन, स्वदेशी उत्पादन हो सस्तो पनि पर्छ र उता फिरेर कम्प्युटर चलाउन तल चक्का पनि छ ।”म पुगेपछि उनले मेरै काम गर्न थाल,े
– सरोजकुमार मिश्रमधेसी समुदाय र युवापुस्ता प्रस्ट हुनुपर्छ– मधेसकेन्द्रित दलालहरूले राजनीतिक आस्थालाई मन्त्री पदसँग साट्दै आलोपालो देश लुटेरमात्र खाएनन्, मधेसको मुद्दालाई कोमा (मृतप्रायः अवस्था)मा पु¥याए । दलालहरूले जनताको अधिकार कुन्ठित गर्दै तानाशाही तरिकाले विश्वको एकमात्र हिन्दू राष्ट्रको धर्म बेचेर खाए । विदेशीको पैसा र इसारामा गैरसरकारी संस्था (एनजिओ) चलाएर जनताको आशा र आस्थालाई कुल्चिए । अहिले, चुनावका मुखमा भने बिचौलिया, दलालहरूलाई मधेसको मुद्दाहरू सम्झना आउन थालेको छ । कतै जनतासँग क्षमायाचना त कतै पुनः विश्वासको भिख माग्दै गाउँघर डुलिरहेका छन् ।आस्थाका दलालहरू उपल्लो द
– सरोजकुमार मिश्राजनताको चेतना र जीवनस्तर माथि उठाउनुभन्दा ठूलो विकास केही हुँदैन । नेपालमा नेताहरूले भन्ने गरेको विकास र समृद्धि सबैले देखेकै छन् । २०४७ साल उताको कुरा छाडिदिउँ, यताका कुनै पनि सरकारले दिगो विकास र स्थायी समृद्धिका लागि ठोस काम गरेको पाइँदैन । जबसम्म जनताको जीवनस्तर माथि उठ्दैन, तबसम्म मुलुक स्वाभिमानी र आत्मनिर्भर बन्न सक्दैन । विकास र समृद्धिका कुरा दिवा सपनाजस्तै हुन्छ ।मुलुकको यो दुरावस्था हुनुको प्रमुख कारण २००७ सालको क्रान्तिपछि हालसम्मका शासक वर्गले देखाएको आर्थिक तथा राजनीतिक अपारदर्शी व्यवहार नै हो । नेतृत्वकै मूर्खतापूर्ण व्यवहारले मुलुक कहालीलाग्दो सङ्कटमा फसे
प्रा.डा. बद्रीविशाल पोखरेल जननेता मदन भण्डारीले एमाले पार्टीलाई प्रतिभाको फूलबारी बनाउन प्रयत्न गरेका थिए । त्यसैले त उनले जनताको मन जितेर राजनीति राजकीय क्षेत्रको नेतृत्व हासिल गर्नु पर्छ भनेका हुन् । मदन त देशलाई नै प्रतिभाको फूलबारी निर्माण गर्न लागिपरेका थिए । यस्तो काम मदनको अवशानसँगै सेलाउन थाल्यो । अब बिलाउने हो कि भनेझैँ देखिन्छ । कम्युनिस्टहरुको प्रतिस्पर्धा आफू मात्र ठूलो र महान् ठान्ने हुने सामन्तवादी र पुँजिवादी खालको होइन । तिनको प्रतिस्पर्धा समाजवादी हो । यसको अर्थ आफू एक्लो मात्र होइन सिङ्गो आफ्नो वर्ग, समूह, समुदाय र समाजलाई नै सक्षम बनाउनु हो । तर अहिले पार्टीमा पुँजिवादी भन्द
– सरोजकुमार मिश्रा प्रथमतः भ्रष्टाचारविरुद्ध देश बचाउ आन्दोलनमा सहभागी सम्पूर्ण महान् सहिदहरूलाई विनम्र श्रद्धाञ्जली, घाइते जिउँदा सहिदहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना छ । साथै जनआन्दोलन २०८२ मा सहभागी युवापुस्ता र आन्दोलनलाई उत्कर्षमा पुर्याउन सहयोग गर्ने सबैमा हार्दिक आभार ! आन्दोलनको लक्ष्य प्राप्ति होस्, यही शुभकामना ! भ्रष्टाचार कोरोना भाइरसभन्दा पनि खतरनाक रोग हो । केही देशले भुइँ तहसम्म फैलिएको भ्रष्टाचार नियन्त्रण गर्न कठोर संवैधानिक व्यवस्था र प्रहरी–प्रशासन संयन्त्र चुस्त–दुरुस्त बनाएका छन् । हाम्रो देशमा भने न कठोर संवैधानिक व्यवस्था छ, न यसलाई नियन्त्रण ग