बिश्वजगत

    Showing १-१० of १६ items.
  • नेपाली जनप्रगतिशील मञ्च स्पेनको केन्द्रीय समिति विस्तार

    स्पेन । स्पेनस्थित नेपाली जनप्रगतिशील मञ्चको केन्द्रीय समिति हालै बसेको बैठकबाट विस्तार गरिएको छ । बैठकले संगठनको कार्यदिशा अझ प्रभावकारी बनाउन ११ जना नयाँ सदस्यहरूलाई मनोनयन गर्दै केन्द्रीय समिति विस्तार गरेको हो ।नयाँ मनोनीत सदस्यहरूमा सचिन नेपाल, सूर्यबहादुर श्रेष्ठ, तेजेन्द्र मैनाली, ताराप्रसाद पराजुली, सूर्यप्रसाद पौडेल, शिव विश्वकर्मा, कृष्ण पुन, प्रेम किसन, रामप्रसाद ढकाल, अनन्त तिखत्री र उत्तम गुरुङ्ग रहेका छन् ।समितिमा समावेश गरिएका सदस्यहरूले प्रवासमा रहेका नेपाली समुदायको हितका लागि सक्रियरूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । नवनियुक्त सदस्य सचिन नेपालले स्पेनमा विभिन्न पेशा तथा

    • प्रकाशित मितिः साउन ६, २०८२
    • ४०७ पटक पढिएको
    • नेपाल रेखा
  • पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा छौ – परराष्ट्र मन्त्रालय

    काठमाडौँ । परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ ।मन्त्रालयले एक विज्ञप्तिमार्फत हालै विकसित घटनाक्रमका सन्दर्भमा नेपालीको सुरक्षा र हित सुनिश्चित गर्न सरकार पूर्णरुपमा सचेत रहेको जनाएको छ । पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेको विद्यार्थी र नेपालीसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको उल्लेख गरेको छ ।मन्त्रालयले तत्कालै कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा अभिभावकले इस्लामावादस्थित नेपाली दूतावासमा सम्पर्क गर्न भनेको छ । त्यस्तै, भारतमा अवस्थित नेपाली दूतावासले नेपालीलाई सचेत र सुरक्षित रहन आग्रह गरेको छ । दूतावासले एक

    • प्रकाशित मितिः वैशाख २७, २०८२
    • १९४ पटक पढिएको
    • नेपाल रेखा
  • श्रीलङ्काली वायुसेनाको हेलिकप्टर दुर्घटना छ जनाको मृत्यु, छ सख्त घाइते

    श्रीलङ्का । श्रीलङ्काली वायु सेनाको हेलिकप्टर शुक्रबार देशको उत्तरी मध्य प्रान्तको मादुरु ओया जलाशयमा दुर्घटनाग्रस्त हुदाँ छ जना सैन्य कर्मचारीको मृत्यु भएको एक प्रवक्ताले बताउनुभएको छ । वायु सेनाका प्रवक्ता एरान्डा गीगानागेले दुर्घटनाको समयमा हेलिकप्टरमा दुई पाइलट सहित १२ जना सवार रहेको र तीमध्ये छ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताउनुभएको छ । अन्य छ जना घाइतेहरुको अझै अस्पतालमा उपचार भइरहेको गीगानागेले बताउनुभएको छ । यसअघि, गीगानागेले जहाजमा रहेका सबै १२ जना सुरक्षित रहेको र उपचारका लागि अस्पताल पठाइएको बताउनुभएको थियो । श्रीलङ्काली वायु सेनामा उत्तीर्णहरूको स्वागत समारोहमा आयोजि

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • २३१ पटक पढिएको
    • नेपाल रेखा
  • युक्रेनमा ‘आपतकालीन विद्युत कटौती’ को घोषणा

    युक्रेन । युक्रेनले किएभ क्षेत्र र पूर्वका अन्य दुई स्थानमा ‘आकस्मिक विद्युत् कटौती’ को घोषणा गरेको छ। रूसले ऊर्जा ग्रिडमा ‘व्यापक’ हवाई आक्रमण गरेका बताउँदै आइतबार युक्रेनको ऊर्जा अपरेटर डीटीईकेले किएभ र पूर्वी क्षेत्रका दुई स्थानमा ‘आकस्मिक विद्युत् कटौती’ हुने जानकारी गराएको हो । डीटीईकेद्वारा सामाजिक सञ्जाल टेलिग्राममा जारी एक विज्ञप्तिमा भनिएको छ, “किएभ, किएभको बाहिरी क्षेत्र, डोनेट्स्क र डेनिप्रोपेट्रोभ्स्क क्षेत्रमा आपतकालीन विद्युत कटौती गरिएको छ । यसअघि युक्रेनका ऊर्जामन्त्री जर्मन गालुश्चेन्कोले टेलिग्राममा भन्नुभएको थियो, “रूसी सेना

    • प्रकाशित मितिः मंसिर २, २०८१
    • २०४ पटक पढिएको
    • नेपाल रेखा
  • ह्यारिसद्वारा राष्ट्रपतिको उम्मेदवारका लागि मनोनयन दर्ता

    अमेरिका । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले बिहीबार राति शिकागोको युनाइटेड सेन्टरमा आयोजित डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनमा राष्ट्रपतिको उम्मेदवारका लागि मनोनयन दर्ता गर्नुभएको छ । यो उहाँको उम्मेदवारीका लागि पार्टीमा औपचारिक स्वीकृति हो । अमेरिकाको राष्ट्रपति पदका लागि उम्मेदवारी मनोनयन स्वीकार गर्दै डेमोक्र्याट्सको तर्फबाट अमेरिकाको नेतृत्व गर्ने पहिलो अश्वेत महिला उम्मेदवार ह्यारिसले सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो । चुनावसँगै राष्ट्रसँग विगतको वैमन्सयता तथा विभाजनकारी लडाइँहरू पार गर्ने बहुमूल्य, अवसर रहेको भन्दै उहाँले आफ्नो उम्मेदवारी कुनै एउटा पार्टी वा समूहको रूपमा मात्र

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • २२४ पटक पढिएको
    • नेपाल रेखा
  • हमासका वरिष्ठ नेता हानियाको इजरायली हमलामा मृत्यु

    तेहरान । हमासले बुधबार नवनिर्वाचित प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी भएको केही क्षणपछि हमासका राजनीतिक विभाग प्रमुख इानियाको इजरायली आक्रमणमा मृत्यु भएको छ । “हाम्रो अभियानको प्रमुख मुजाहिद इस्माइल हानिया नयाँ इरानी राष्ट्रपतिको शपथग्रहण समारोहमा भाग लिएपछि तेहरानस्थित उहाँको मुख्यालयमा भएको यहुदी समूहको आक्रमणमा मारिनुभएको छ”, हमासले एक विज्ञप्ति जारी नेता हानियाको मृत्युको पुष्टि गरेको छ । इरानको रिभोलुसनरी सुरक्षा गार्डले पनि तेहरानस्थित हानियाको निवासमा आक्रमण हुँदा उहाँसहित एक अङ्गरक्षक मारिएको पुष्टि गरेको छ । “तेहरानमा हमास प्रमुख इस्माइल हानियाहको निवासमा आक्रम

    • प्रकाशित मितिः साउन १६, २०८१
    • ३७२ पटक पढिएको
    • नेपाल रेखा
  • परराष्ट्रमन्त्री श्रेष्ठसँग भारतीय राजदूतको भेट

    काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो ।सो अवसरमा उहाँहरुबीच दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने, भारतको सहयोगमा नेपालमा सञ्चालित विकास निर्माणका परियोजना समयमै सम्पन्न गर्नेलगायत विषयमा छलफल भएको प्रवक्ता राईले बताउनुभयो । भेटमा राजदूत श्रीवास्तवले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

    • प्रकाशित मितिः फागुन २४, २०८०
    • १७३ पटक पढिएको
    • नेपाल रेखा
  • इरानी जेलमा रहेका नोबेल पुरस्कार विजेता महम्मदीद्वारा अनसन तोडेको घोषणा

    पेरिस । जेलमा रहेका इरानी नोबेल शान्ति पुरस्कार विजेता नार्गिस मोहम्मदीले अनसन तोड्नुभएको छ । तेहरानको इभिन जेलमा रहेकी ५१ वर्षीया वरिष्ठ अधिकारकर्मी मोहम्मदीलाई ‘इरानमा महिला माथि भइरहेको उत्पीडनविरुद्धको लडाइँका लागि’ अक्टोबरमा नोबेल पुरस्कार प्रदान गरिएको थियो ।इरानमा अनिवार्य गरिएको तर अधिकारकर्मीद्वारा विरोध गरिएको हिजाब लगाउने शर्तलाई नमानिकन उहाँलाई उपचारका लागि अस्पतालमा भर्ना गराएपछि मोहम्मदीले अनशन तोडेको उहाँको पारिवारिक श्रोतले जनाएको छ ।बिहीबार उहाँको इन्स्टाग्राम अकाउन्टमा पोस्ट गरिएको एक सन्देशमा अधिकारकर्मीको परिवारले उहाँलाई बुधबार परीक्षाका लागि अस्पतालमा स्थानान्

    • प्रकाशित मितिः कार्तिक २४, २०८०
    • ८९ पटक पढिएको
    • नेपाल रेखा
  • संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस कात्तिक १२ गते नेपाल आउने

    काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यही कात्तिक १२ देखि १५ गते (अक्टोबर २९ देखि १ नोभेम्बर) सम्म नेपालको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा उहाँ यहाँ आउन लाग्नुभएको हो । जनवरी २०१७ मा उहाँले पदभार ग्रहण गरेपछि महासचिव गुटेरेसको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा महासचिव गुटेरेसले ३ अक्टोबर २०२३ मा सङ्घीय संसद्को संयुक्त अधिवेशनलाई सम्बोधन गर्नुहुनेछ ।उहाँले हिमालयमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्नुका साथै प्रभावित समुदायसँग सङ्क्षिप्त कुराकानी गर्नुहुने कार्यक्रम पनि रहेको छ । उहाँले भगवान गौतम

    • प्रकाशित मितिः कार्तिक १०, २०८०
    • ९४ पटक पढिएको
    • नेपाल रेखा
  • नेपाल संयुक्त राष्ट्रसङ्घको आर्थिक सामाजिक परिषद् सदस्यमा निर्वाचित

    वाशिङ्टन डिसी । नेपाल संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा निर्वाचित भएको छ । नेपाल सन् २०२४ देखि २०२६ सम्मका लागि सदस्यमा निर्वाचित भएको हो । बिहीबार राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा भएको मतदानमा नेपाल एक सय ४५ मतसहित एसिया प्रशान्त क्षेत्रका देशहरूको समूहमा सर्वाधिक मतका साथ विजयी भएको हो । राष्ट्रसङ्घको वडापत्र १९४५ अनुसार छ मुख्य परिषद्मा आर्थिक तथा सामाजिक परिषद् एक हो, यसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उचो बनाएको छ । नेपाल निर्वाचित भएपछि राससलाई प्रतिक्रिया दिनुहुँदै राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख राजदूत अमृत राईले भन्नुभयो, “नेपालले मानवअधिकार

    • प्रकाशित मितिः जेठ २६, २०८०
    • ७७ पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]