युक्रेनमा ‘आपतकालीन विद्युत कटौती’ को घोषणा

  • मंसिर २, २०८१ / नेपाल रेखा
alt

युक्रेन । युक्रेनले किएभ क्षेत्र र पूर्वका अन्य दुई स्थानमा ‘आकस्मिक विद्युत् कटौती’ को घोषणा गरेको छ।

रूसले ऊर्जा ग्रिडमा ‘व्यापक’ हवाई आक्रमण गरेका बताउँदै आइतबार युक्रेनको ऊर्जा अपरेटर डीटीईकेले किएभ र पूर्वी क्षेत्रका दुई स्थानमा ‘आकस्मिक विद्युत् कटौती’ हुने जानकारी गराएको हो ।

डीटीईकेद्वारा सामाजिक सञ्जाल टेलिग्राममा जारी एक विज्ञप्तिमा भनिएको छ, “किएभ, किएभको बाहिरी क्षेत्र, डोनेट्स्क र डेनिप्रोपेट्रोभ्स्क क्षेत्रमा आपतकालीन विद्युत कटौती गरिएको छ ।

यसअघि युक्रेनका ऊर्जामन्त्री जर्मन गालुश्चेन्कोले टेलिग्राममा भन्नुभएको थियो, “रूसी सेनाले युक्रेनभरिका विद्युत् उत्पादन र प्रसारण सुविधाहरूमा आक्रमण गरिरहेको छ । हाम्रो ऊर्जा प्रणालीमा ठूला आक्रमण जारी छन् ।”

एएफपीका पत्रकारहरूले डोनेट्स्क क्षेत्रको स्लोभियान्स्क नजिकै किएभमा बिहानै विस्फोटको आवाज सुनेका बताएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले क्षेप्यास्त्र र ड्रोनबाट गरेको हवाई आक्रमणले युक्रेनको ऊर्जा उत्पादन क्षमताको आधा नष्ट भएको बताउनुभएको छ ।

किएभले आफ्नो ऊर्जा ग्रिडको पुनर्निर्माणमा सहयोग गर्न र आफ्ना सेनालाई थप हवाई प्रतिरक्षा हतियार आपूर्ति गर्न आफ्ना पश्चिमी सहयोगीहरूलाई आग्रह गरेको छ।

युक्रेनमा कठोर जाडो आउँदै गर्दा ऊर्जाको व्यापक कमी हुनुले युक्रेनीहरूलाई जाडोको समयमा थप कठिनाई हुने देखिएको छ । यूक्रेनका अधिकांश स्थानमा जाडो हुने र हिटर र अन्य न्यानो पार्ने उपकरण र कपडाको प्रयोग आवश्यक हुने गर्छ ।

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]