देउसामा हिल ट्याङ्की वितरण

  • असार २५, २०८० / नेपाल रेखा
alt

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाको ८ नम्बर वडा देउसामा हिल ट्याङ्की वितरण गरिएको छ ।

खानेपानीको समस्या रहेको क्षेत्र देउसाको चोलीमा उक्त ट्याङ्की वितरण गरिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए। अध्यक्ष राईका अनुसार एक लाख ६८ हजार लागतमा १५ वटा हिल ट्याङकी वितरणका साथै मुहान समेत मर्मत गरिएको छ । थुलुङ दुधकोशी गाउँपालिका खानेपानी व्यवस्थापन बोर्डको सिफारिसमा उक्त काम गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले हरेक नागरिकको घरमा स्वच्छ पिउने पानी पुर्याउने अभियान जारी राखेको जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष असिम राईले नागरिकको सहजताका लागि विभिन्न नीति निर्माण संगै आवश्यक संरचनामा जोड दिएर काम गरिरहेको बताउँनुभयो । खानेपानी व्यवस्थापनका लागि आवश्यकताको आधारमा सबै क्षेत्रमा काम गरिने पनि उनले बताउँनुभयो ।
वडा अध्यक्ष राजेश बाबु किराँतीले नागरिकको समस्यालाई पहिचान गरि समाधानमा लागिरहेको बताउँदै वडाको विकासमा एकजुट भएर लाग्न अनुरोध गरे ।

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]