विधि–प्रविधि

    Showing १-१० of ३१ items.
  • नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक

    काठमाडौँ । नेपाललाई डिजिटल रूपमा जोड्नु हो व्यक्तिहरूदेखि व्यवसायसम्म–नवप्रवर्तन, सहकार्य र विश्वस्तरीय प्रतिस्पर्धात्मकता बढाउने उद्देश्यले नेपालकै पहिलो एआई प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ सार्वजनिक गरिएको छ । नेपालमै विकास गरिएको यस सामाजिक प्लेटफर्मले डिजिटल रूपान्तरण, व्यावसायिक सशक्तीकरण र समावेशी प्राविधिक विकासलाई एकैसाथ अघि बढाउने महत्वाकाङ्क्षासहित औपचारिक यात्रा सुरु गरेको हो । व्यवसाय, व्यक्तित्व र सरकारी निकायलाई सशक्त बनाउने उद्देश्यले तयार पारिएको यस प्लेटफर्ममा सम्पर्क, व्यापार र अवसरहरूलाई एउटै प्लेटफर्ममा समेटिएको छ । नेपाली आइ

    • प्रकाशित मितिः असोज १०, २०८२
    • २११ पटक पढिएको
    • नेपाल रेखा
  • जनता क्याम्पस इटहरीमा बिआइसिटीई कार्यक्रम

    इटहरी । पछिल्लो समय आम मानिसको दैनिकी नै प्रविधिमा निर्भर बन्दै गइरहेको छ । हरेक व्यक्तिले प्रविधिको अधिक सदुपयोग गरेर जीवन सहज बनाउन सक्रिय रुपमा जुट्ने गरेका छन् । प्रविधिको उपयोगले नेपाली युवालाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउँदै लगिरहेको छ । प्रतिस्पर्धात्मक विश्व बजारमा आफूलाई अग्रस्थानमा राख्न विद्यार्थीहरु आफ्नो भविष्यका लागि प्रविधिको उपयोग गरेर अघि बढ्ने होडबाजी नै चल्न थालेको छ । यही कुरालाई मध्यनजर राखेर विद्यार्थीको सिर्जनशीलता र प्रविधिको उपयोगले नेपाललाई समृद्धिको बाटोमा अघि बढाउन सकिने सोचले इटहरी वडा नं.५ मा सञ्चालित जनता बहुमुखी क्याम्प

    • प्रकाशित मितिः साउन २९, २०८२
    • १८९ पटक पढिएको
    • नेपाल रेखा
  • फेसबुकमा आएको आकर्षक विज्ञापनको लिङ्क खोल्दै हुनुहुन्छ भने होसियार !

    काठमाडौँ । तपाईं सामाजिक सञ्जालमा आउने अनेकन आकर्षक विज्ञान देख्नुभयो भने के गर्नुहुन्छ ? हतारिएर उक्त विज्ञापनका लिङ्क खोल्नुहुन्छ वा त्यसलाई वेवास्था गर्नुहुन्छ । सूचना प्रविधिको क्षेत्रमा भएको उल्लेखनीय विकास र विस्तारसँगै त्यसका सकारात्मक र नकारात्मक दुवै पाटा मुखर भएर आएको छ ।सामाजिक सञ्जाललाई सकारात्मक रुपमा प्रयोग गर्ने कि त्यसलाई नकारात्मक बनाउने भन्ने पनि तपाईं हाम्रै हातमा रहेको छ । पछिल्ला दिनमा सामाजिक सञ्जालको दुरुपयोग गर्ने प्रवृत्ति पनि उत्तिकै बढ्दै गएको छ । सामाजिक सञ्जालको दुरुपयोग गरेर ठगी गर्ने प्रवृत्ति मौलाइरहेको नेपाल प्रहरीले पछिल्लो पटक सार्वजनिक गरेको एउटा घटनाले देखा

    • प्रकाशित मितिः साउन २८, २०८२
    • ११८ पटक पढिएको
    • नेपाल रेखा
  • ‘डिजिटल नेपाल सम्मेलन–२०२५’ आयोजना हुँदै

    काठमाडौँ । ‘डिजिटल नेपाल सम्मेलन’ चौथो संस्करण यही साउन ३० गते आयोजना हुने भएको छ । आइसिटी फाउण्डेशन नेपालले पत्रकार सम्मेलन गरी ‘इम्पावरिङ डिजिटल नेपाल दुगेदर’ भन्ने नारासहित ‘डिजिटल नेपाल सम्मेलन–२०२५’ आयोजना गर्न थालिएको जनाएको हो । यस वर्षको मुख्य थिम ‘डिजिटल सिनर्जीः ट्रान्सफर्मिंङ गभर्नेन्स, इकोनोमी एण्ड सोसाइटी’ रहेको छ ।पुल्चोकस्थित द प्लाजामा आयोजना हुने सम्मेलनमा आठ वटाभन्दा बढी सत्रमा राष्ट्रिय र अन्तरराष्ट्रिय विज्ञसहित ५० भन्दा बढी वक्ता रहनेछन् । गुगलको सहभागिता हुने सम्मेलनमा डिजिटल शासन, डिजिटल पूर्वाधार, डिजिटल स्वास्थ्य, ड

    • प्रकाशित मितिः साउन २१, २०८२
    • १२९ पटक पढिएको
    • नेपाल रेखा
  • प्राधिकरण विभाजनसम्बन्धी विधेयक एकसाथ अगाडि बढाइने

    काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजनसम्बन्धी विधेयकलाई समानान्तर छलफल गरेर अगाडि बढाउने भएको छ । समितिको सिंहदरबारमा आज बसेको बैठकमा दुवै विधेयक एकअर्काका परिपूरक भएकाले सँगै अगाडि बढाउने सहमति भएको हो । समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले एउटा मात्र विधेयकलाई अगाडि बढाउँदा अर्को विधेयकको समेत अध्ययन गर्नुपर्ने भएकाले दुवै विधेयक सँगै अगाडि बढाउन प्रस्ताव गर्नुभएको थियो । मन्त्रीको प्रस्तावमा समितिका सदस्यहरूले सहमति जनाएका थिए ।समितिका सभापति राजकिशोर यादवले दुवै विधेयकमाथि संशोधनकर्त

    • प्रकाशित मितिः साउन २०, २०८२
    • १३६ पटक पढिएको
    • नेपाल रेखा
  • दुई हजार बढी परिवारलाई निःशुल्क ‘मिटरबक्स’

    चितवन । पूर्वी चितवनका कालिका र राप्ती नगरपालिकाका पहाडी भेगमा बसोबास गर्ने विपन्न समुदायलाई निःशुल्क विद्युत्को ‘मिटरबक्स’ वितरण गर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरण टाँडी वितरण केन्द्रले दुई हजार ४९७ परिवारलाई निःशुल्क रूपमा मिटरबक्स वितरण गर्न लागेको हो । केन्द्रका प्रमुख राजेन्द्रकुमार चौधरीका अनुसार कालिका–९, १० र ११ का बासिन्दामध्येका विपन्न समुदायलाई मिटरबक्स बाँड्न थालिएको छ । यसैगरी राप्ती–१०, ११ र १२ का विपन्न समुदायलाई मिटरबक्स वितरण गर्न निवेदन आह्वान गरिएको छ । कालिका नगरपालिकामा १९५ परिवारलाई मिटरबक्स वितरण गरिएको उहाँले जानकारी दिनुभयो । अन्यलाई क्रम

    • प्रकाशित मितिः असार १७, २०८२
    • २०१ पटक पढिएको
    • नेपाल रेखा
  • मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा शल्यक्रिया सुरु

    काठमाडौँ । चन्द्रागिरि नगरपालिका–८ स्थित मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालमा शल्यक्रिया सेवा सुरुआत भएको छ । स्थानीय तहमा सञ्चालित उक्त अस्पतालमा निःशुल्क रूपमा शल्यक्रिया सेवाको सुरुआत भएको हो । चन्द्रागिरि नगरपालिकाद्वारा सञ्चालित सो अस्पतालले पञ्चकर्म र क्षारसुत्र सेवालाई अझ गुणस्तरीय बनाउन शल्यक्रिया सेवा सञ्चालनमा ल्याइएको जनाएको छ । यो अस्पताल निःशुल्क शल्यक्रिया सेवा थालनी गर्ने पहिलो भएको बताइएको छ । नगरपालिकाको आन्तरिक स्रोेतबाट करिब दश लाखमा अस्पतालको शल्यक्रिया कक्ष र शल्यक्रिया पछि बिरामी राख्ने श्यया निर्माण गरिएको अस्पतालका प्रमुख डा नारायण आचार्यले जानकारी द

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • २९३ पटक पढिएको
    • नेपाल रेखा
  • विकास निर्माणको गुणस्तरमा ईन्जिनीयरको भूमिका

        ई. विष्णु बुढाथोकी हाम्रो देश नेपालमा विकास निर्माणका काम अघि बढाइरहदा ठेकेदार र सिभिल इन्जिनियरबीचको तालमेलमा मुख्य चुनौती गुणस्तर र समय व्यवस्थापनमा देखिन्छ । ठेकेदारहरूमा प्रायः कम लागतमा काम सम्पन्न गर्न गुणस्तरमा सम्झौता गर्ने प्रवृत्ति बढ्दोछ । यस्तो प्रवृत्तिले इन्जिनियरहरूको योजना अनुसार प्राविधिक मापदण्ड पूरा गर्न कठिन हुन जान्छ । अनेक झै झमेलाले समयमै काम सम्पन्न गर्न सकिंदैन । साथै, ठेकेदार र इन्जिनियरबीच पारदर्शिता र विश्वासको अभावका कारण निर्णय प्रक्रियामा असमझदारी उत्पन्न हुन्छ । बजेट कटौती, समयमा भुक्तानी नपाउने र ठेकेदारको अनुभवको कमीले पनि तालमेलमा समस्या आउने

    • प्रकाशित मितिः माघ १२, २०८१
    • ६०९ पटक पढिएको
    • नेपाल रेखा
  • चितवनमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न

    चितवन । भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजनाले समग्रमा ७० प्रतिशत काम सम्पन्न भएको जनाएको हो । आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार अहिले केवल (तार) बिच्छ्याउने कार्य र घरघरमा जडान कार्य (सर्भिस कनेक्सन)को काम बाँकी रहेको छ । अहिले शहीदचोक र पुलचोक क्षेत्रमा काम भइरहेको उनले बताए । निर्माण कार्य तिव्र पारिएकाले सन् २०२५ को जुलाईसम्म काम सक्ने गरी कार्ययोजना निर्माण गरेर काम गरिएको छ । जमिनको सतहभन्दा माथि देखिने काम र

    • प्रकाशित मितिः मंसिर २१, २०८१
    • १९५ पटक पढिएको
    • नेपाल रेखा
  • नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ

    काठमाडौँ । नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख बढी ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ आँबुखैरेनी गाउँपालिका–५ घर भई हाल काठमाडौँ चन्द्रागिरी नगरपालिका–७ बस्ने रुद्रबहादुर गुरुङलाई रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । आचार्यले भन्नुभयो, “पक्राउ परेका रुद्रले फेसबुकलगायत सामाजिक सञ्जालमा नक्कली एकाउन्ट निर्माण गरी करिब  २७ लाख ८३ हजार दुई सय ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।” सूचना अधिकारी आचार्यका अनुसार निजले सोही आइडिको दु

    • प्रकाशित मितिः मंसिर ३, २०८१
    • २१९ पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]