चितवनमा ‘स्मार्ट स्वीच’ उत्पादन

  • भदौ २६, २०७९ / नेपाल रेखा
alt

भरतपुर । युवाहरूले चितवनमा विद्युत्को ‘डिजिटल स्मार्ट स्वीच’ प्रविधिको उत्पादन सुरुआत गरेका छन् । नवलपुरको गैँडाकोटमा अवस्थित अक्स्फोर्ड कलेजबाट बीई इलेक्ट्रिकल इञ्जीनियरिङ पढेका तीन युवाले विद्युत्को डिजिटल स्मार्ट स्वीच बोर्डको उत्पादन सुरु गरेका हुन् ।
स्वीचलाई विभिन्न तीनवटा माध्यमबाट नियन्त्रण गर्न सकिने गरी प्रविधि विकास गरिएको सञ्चालक जीवन दबाडीले बताउनुभयो । डिजिटल स्मार्ट स्वीचलाई औँलाले छोएर, रिमोर्टबाट तथा मोबाइल एप्समार्फत विद्युतीय उपकरणको सञ्चालन तथा बन्द गर्न सकिने उनको भनाइ छ । एडभान्सटेक इन्डस्ट्रिज प्रालिमार्फत ती युवाले डिजिटल स्मार्ट स्वीच बोर्डको ‘डिजाइन तथा सफ्टवेयर’को विकास गरेका हुन् ।
भरतपुर–१६ मोहनपुरमा जग्गा भाडामा लिएर २८ लगानीकर्ताको १० करोडभन्दा बढी लगानीमा डिजिटल स्मार्ट स्वीच बोर्डको उद्योग सञ्चालन गरिएको उद्योगका अध्यक्ष सुनीलकुमार यादवले बताए । अहिले उद्योगले घरायसी प्रयोजनका लागि डिजिटल स्मार्ट स्वीच बोर्डको उत्पादन गरेको भए पनि चाँडै नै उद्योग तथा व्यवसायसहित सम्पूर्ण स्थानमा प्रयोग हुने गरी उत्पादन थालिने उनको भनाइ छ । उद्योगको अहिले दैनिक दुई हजार पाँच सय डिजिटल स्मार्ट स्वीच बोर्डको उत्पादन गर्ने क्षमता रहेको जनाउँदै उनले जनशक्ति थप गरेर उत्पादनसमेत वृद्धि गरिने जानकारी दिए ।
उद्योगले पहिलो चरणमा नौ थरिका स्वीच बोर्ड बजारमा ल्याएको छ । अध्यक्ष यादवले फरक दुई आकारका आकर्षक स्वीच बोर्ड उत्पादन भएको जानकारी दिए । करिब पाँच वर्ष परीक्षण तथा अनुसन्धानपछि उत्पादनलाई बजारमा लैजान लागिएको जनाइएको छ ।
विसं २०७४ मा कलेजको बीई अन्तिम वर्षको ‘प्रोजेक्ट वर्क’ गर्दा माडीका जीवन दबाडी, सप्तरी राजविराजका सुनिलकुमार यादव र बारा निजगढका सागर तिमिल्सिनाको समूहले स्वीच बोर्डको अवधारणाबारे ‘प्रोजेक्ट’ बनाए । अध्ययनकै सिलसिलामा सिकेका कुरालाई व्यवहारमा उतार्न उद्योगको रूप दिइएको उहाँहरूको भनाइ छ । उद्योगका उत्पादन प्रमुख दबाडीले फाइभ जी टेक्नोलोजीमा आधरित स्वीच बोर्डले विस्तारै उपभोक्ताको मन जित्ने बताए ।
बत्ती, पङ्खा, फ्रिज, टिभीलगायतका सम्पूर्ण विद्युतीय उपकरणलाई मोबाइल एप प्रयोग गरी फोनको सहायताले चलाउन वा बन्द गर्न मिल्ने सुविधासमेत स्मार्ट स्वीचमा रहेको उनको भनाइ छ । आकर्षक डिजाइनमा तयार रहेका स्मार्ट स्वीच बोर्डको बजारीकरण कार्य शनिबारदेखि नै सुरु भएको जनाइएको छ ।
उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले विद्युतीय बजारमा नयाँ प्रविधि भित्रिएको बताए । आर्थिक केन्द्रका रूपमा विकास भइरहेको चितवनबाटै पहिलोपटक स्मार्ट स्वीच बोर्डको व्यावसायिक उत्पादन सुरु हुनु खुसीको कुरा भएको उनको भनाइ छ । चितवन उद्योग सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले घरायसी तथा उद्योग, व्यवसायमा नयाँ प्रविधिको आवश्यकता भएको बताए । स्मार्ट स्वीचले सहजता ल्याउने उनको भनाइ छ ।
नेपाल विद्युत् व्यवसायी महासङ्घ नेपालका निर्वतमान अध्यक्ष तेजनारायण खरेलले आंशिकरूपमा नेपालमा स्मार्ट स्वीच बोर्ड प्रयोगमा आए पनि पहिलोपटक उत्पादन सुरु भएकामा खुसी व्यक्त गरे । समयसापेक्ष डिजिटल स्वीच बोर्ड उत्पादन चितवनबाट हुनु गौरवको विषय भएको उनले बताए । बजारीकरणमा विद्युत् व्यवसायीले सघाउने प्रतिबद्धता जनाए । उत्पादित डिजिटल स्मार्ट स्वीच बोर्डको चार हजारदेखि आठ हजार पाँच सयसम्म रहेको छ ।

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]