ताप्लेजुङ । मैवाखोला गाउँपालिका–६ च्यानडाँडा क्षेत्रमा गएको पहिरोले स्थानीय लाक्पा खाङ्डु शेर्पा (चेप्टे शेर्पा)को घर पुरेको छ । गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार घरमा रहेका शेर्पाका तीन नातिनातिनी भने भेटिएका छन् । तीन जनामध्ये एक जना घाइते भएका छन् भने लाक्पा खाङ्डु शेर्पा भने बेपत्ता हुनुभएको छ । अविरल वर्षाका कारण बिहान पहिरो गएको थियो । गाउँपालिकाले स्थानीयलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । उक्त ठाउँको थप अवस्था बुझ्ने र उद्धारका लागि पहल भइरहेको अध्यक्ष वनेमले बताउनुभयो ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मौसम तथा बाढीसम्मन्धी भ्राकम तथा अपुष्ट सूचना सार्वजनिक भइरहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।्विभागकी प्रवक्ता विभूति पोखरेलले त्यस्ता सूचनाको विश्वास नगर्न अनुरोध गर्दै विभागको आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमा प्रेषित सूचनाहरू प्रयोग गर्न अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘हाल विभिन्न व्यक्ति तथा निकायले सामाजिक सञ्जाललगायतका माध्यममार्फत मौसम तथा बाढीसम्बन्धी भ्रामक तथा अपुष्ट पूर्वसूचना सम्प्रेषण गर्ने कार्य भइरहेका कारण सर्वसाधारणमा अन्योल सृजना भई जनगुनासाहरू प्राप्त भएकाले यस विभागको ध्यानाकर्षण भएको छ ।’उहाँले मौसम तथा बाढ
पर्सा । पर्साको ठोरी गाउँपालिका–४ मालीबस्तीनजिकै भारततर्फ जाने बाटोमा मृत अवस्थामा पाटेबाघ भेटिएको छ । पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालले आज विहान ७ः३० बजे आसपासमा ठोरीको मालीवस्तीस्थित हुलाकी सडकभन्दा अन्दाजी ५०० मिटर दक्षिणतर्फ पाटेबाघ मृत अवस्थामा भेटिएको जानकारी दिनुभयो । “ठोरीका स्थानीयले पाटेबाघ मृत अवस्थामा भेटिएको सूचना दिएपछि प्रहरी चौकी विजयबस्तीबाट प्रहरी सहायक निरीक्षक धर्मेन्द्र साहको कमाण्डमा टोली खटिएर छ, अहिले अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो, “पर्सा राष्ट्रिय निकुञ्ज आधारभार र नेपाली सबुज गणको टोली पनि आवश्यक अनुसन्धानका लागि गएको जानकारी
बैतडी । जङ्गली जनावरले मकैबालीलगायतका बालीनाली र तरकारी सखाप पार्न थालेपछि यहाँका किसानहरुको बास खेतबारीमै हुन थालेको छ । बँदेल, दुम्सी, बाँदर, भालुले अन्नबाली नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका हुन् । जिल्लाका १० वटै स्थानीय तहमा जङ्गली बँदेलले मकैबालीमा क्षति पुर्याउने गरेको छ । दोगडाकेदार गाउँपालिकामा जङ्गली बँदेलले मकैबाली नष्ट गरेर हैरान बनाएको स्थानीय चन्द्रसिंह विष्टले बताउनुभयो । मकैबाली जोगाउन रातदिन बारीमै बास बस्दै आएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “रातदिन जाग्राम बस्दासमेत मकैबाली जोगाउन मुस्किल भएको छ । खेतबारीमा टहरा बनाएर पहरा दिँदा मकैबाली जोगाउन सकिएको छैन ।&rd
सिरहा । लहान–१० स्थित ग्रामीण चोकबाट उत्तरतर्फ खुट्टी नदीसम्म सहरी क्षेत्रमा फैलिएको खुट्टी सिँचाइ नहरको अवस्था अत्यन्तै दयनीय बनेको छ । प्रदेश सरकारको आठ करोड ७२ लाख लगानीमा २०७८ सालमा निर्माण भएको नहर हाल अलपत्र अवस्थामा पुगेको छ ।सिँचाइका लागि निर्माण गरिएको नहर अहिले ठाउँठाउँमा जमेको फोहर, झारपात र ढल मिसिएको पानीले दुर्गन्ध फैलाउने अवस्थामा पुगेको छ । स्थानीयवासी तथा खुट्टी नहर सिँचाइ सङ्घर्ष समितिले पटकपटक आवाज उठाउँदा पनि सम्बन्धित निकायले बेवास्ता गर्दै आएको जनाइएको छ । सङ्घर्ष समितिका संयोजक धर्मराज चौधरी, सदस्य हेमन्त यादव, अजय चौधरीलगायतले मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा क
बाबुराम मुडियारी मोरङ । ‘हरियाली बढाऔँ, वातावरण स्वच्छ राखौँ’ भन्ने नाराका साथ आज विभिन्न कार्यक्रमहरू गरी राष्ट्रिय बृक्षरोपण दिवसको अवसरमा अवसरमा मोरङको लेटाङमा जन चाहना सामुदायिक वन क्षेत्रमा सोही सामुदायिक वन उपभोक्ता समूहले साल, कर्मा, जामुन, निम लगायतका ४ हजार विरुवा रोपेको छ । वृक्षरोपण कार्यक्रममा सहयोगी संस्थाहरु पर्यटन वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश, डिभिजन वन कार्यालय मोरङ र लेटाङ नगरपालिका–२ नम्बर वडा कार्यालय रहेका थिए । सो वृक्षरोपण कार्यक्रममा प्रमुख अतिथि वन तथा वातावरण कोशी प्रदेशका मन्त्री सदानन्द मण्डल, कोशी प्रदेश सांसद खडग बस्नेत, लेटाङ नगर प्रमुख
धरान। माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर फुर्सदमा रहेका विद्यार्थीहरूलाई सिर्जनशील, अभिव्यक्तिमूलक र व्यक्तित्व विकासतर्फ उन्मुख गराउने उद्देश्यले आयोजना गरिएको ‘एस.ई.ई. स्पिकर–२०८१’ सिजन–५ अन्तर्गत पब्लिक चोइस अवार्ड उपशीर्षक प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।कार्यक्रम र्याडिकल लाइट नेपाल प्रा.लि. धरानको आयोजना र धरान उप–महानगरपालिका वडा नं. १४ को संयोजनमा धरान–१४, बिजयपुरस्थित बुढासुब्बा मन्दिर परिसरको चौतारीमा सम्पन्न भएको हो ।प्रतिस्पर्धामा फाइनलमा पुगेका वक्ताहरूलाई ‘नशा होइन, सीप र सृजनामा युवा’ र ‘बिजयपुर–ऐतिहासिक र पर्य
झापा । डिभिजन वन कार्यालय झापाले यहाँका हात्तीपीडितलाई एक करोड ९० लाखभन्दा बढी राहत उपलब्ध गराएको छ ।चालु आर्थिक वर्ष २०८१–८२ को हालसम्म डिभिजन वन कार्यालय झापा र निर्देशनालयबाट रु एक करोड ९० लाख एक हजार ९९३ राहत उपलब्ध गराइएको डिभिजन वन कार्यालयका पशु चिकित्सक डा सोनाम भलले जानकारी दिनुभयो ।कार्यालयले ५१० हात्तीपीडित घरपरिवारलाई ६९ लाख ९३ हजार ५६५ र निर्देशनालयले ७३ हात्तीपीडित घरपरिवारलाई एक करोड २० लाख आठ हजार ४२८ राहत उपलब्ध गराएको उहाँले बताउनुभयो । निर्देशनालयले हात्तीको आक्रमणबाट ज्यान गुमाएका १० जना मृतकको परिवारलाई प्रतिपरिवार १० लाखका दरले एक करोड, हात्तीको आक्रमणमा परी घाइते भ
बाबुराम मुडियारी विराटनगर । विश्व वातावरण दिवसको अवसरमा मोरङ जिल्लामा विभिन्न स्थानहरूमा वृक्षरोपण कार्यक्रम गरी दिवस मनाइएको छ । डिभिजन वन कार्यालय मोरङ, विभिन्न वन उपभोक्ता समिति, वन समूह तथा संघ–संस्थाहरूको सहकार्यमा वृक्षारोपण कार्यक्रमहरू आयोजना गरिएका हुन् ।बेलबारीस्थित सिंहदेवी सामुदायिक वन उपभोक्ता समूह र डिभिजन वन कार्यालय मोरङको संयुक्त आयोजनामा बेलबारीको नदी उकास क्षेत्रमा वृक्षारोपण गरिएको हो । कार्यक्रममा बासका ३०० वटा र खयरका ५०० वटा बिरुवा रोपिएको छ ।कार्यक्रममा बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राई प्रमुख अतिथिको रूपमा सहभागी हुनु भएको थियो । विशिष्ट अतिथिका रूपमा प्रदे
विराटनगर। विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । विराटनगरस्थित श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले पनि सडक सौन्दर्यकरणका लागि पहिलो चरणमा ५० हजार रुपैयाँ हस्तान्तरण गरेको छ । महानगरको सौन्दर्यकरणका लागि ‘ख’ वर्गका वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत १ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएअनुरुप इन्भेष्टमेन्ट एण्ड फाइनान्सले पहिलो चरणमा ५० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । मंगलबार महानगरका मेयर नागेश कोइरालालाई इन्भेष्टमेन्ट एण्ड