राष्ट्रिय

    Showing 1-10 of 86 items.
  • कोशी प्रदेश सरकारले संविधान दिवस भव्यताका साथ मनाउने

    विराटनगर । २०८३ सालको संबिधान दिवस भब्यताका साथ मनाउन कोशी प्रदेश सरकारले तयारी तिब्र बनाएको छ । असोज २,३ र ४ गते संबिधान दिवस भब्यताका साथ मनाइने भएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा ५०१ सदस्यीय संबिधान दिवस,२०८३ मुल समारोह समिति गठन भइसकेको छ । कोशी प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाका अनुसार १० हजारको सहभागिता रहने गरी कार्यक्रमको तयारी गरिएको छ । संबिधान दिवसका दिन असोज ३ गते बिराटनगर स्थित शहीद रंगशालामा मूल समारोह हुने छ । असोज ३ गते बिहान साढे ६ बजे आदर्श माबि बिराटनगर अगाडी भेला भएर बिभिन्न जातजाती, समूदाय तथा भेषभुष

    • प्रकाशित मितिः भदौ २८, २०८३
    • 314 पटक पढिएको
    • नेपाल रेखा
  • प्रतिनिधिसभा–सांसदद्वारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका विषय उठान

    काठमाडौँ । सांसदहरुले हात्तीको आक्रमण, चिया निर्यातमा भएको अवरोध, साइबर सुरक्षालगायतका विषय उठान गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले सीमा विवाद, वैदेशिक रोजगारी, जलवायु परिवर्तन, यार्सागुम्बा संरक्षणलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।सांसद नरेन्द्रकुमार केरुङले पूर्वी नेपालबाट भारत निर्यात हुँदै आएको चियामा भारतीय पक्षले अवरोध गर्दा चिया उद्योगहरू सङ्कटमा परेको बताउनुभयो । “चिया उद्योग बन्द हुने अवस्था आउँदा श्रमिकले रोजगारी गुमाउनाका साथै उत्पादित चिया खेर जाने स्थिति सृजना भएको छ,” उहाँले भन्नुभयो, “चिया निर्यात समस्याको दीर्घकाल

    • प्रकाशित मितिः असार १, २०८३
    • 115 पटक पढिएको
    • नेपाल रेखा
  • नेता चोकमा झण्डा अनावरण

    मोरङ । १८ औँ गणतन्त्र दिवसको अवसर पारेर ग्रामथान गाउँपालिकामा राष्ट्रिय झण्डा अनावरण कार्यक्रम सम्पन्न गरिएको छ ।इटहरी लेडिज जेसिजले मातृत्व प्रदान गरेको नेपाल जेसिजको १८६ औं शाखामध्ये मोरङ जिल्लाको शाखा ग्रामथान जेसिजको आयोजनामा ग्रामथान गाउँपालिकाको नेता चोकमा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा ग्रामथान जेसिजका अध्यक्ष करण भगतको अध्यक्षता रहेको थियो । कार्यक्रममा इटहरी लेडिज जेसिजकी पूर्व अध्यक्ष तथा एमटिएस फोम इन्डस्ट्रीज प्रा.लि.की प्रमुख कार्यकारी अधिकृत इन्दिरा काफ्ले प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन् ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि काफ्लेले गणतन्त्रले नागरिकलाई अधिकार, स्वतन्त

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • 118 पटक पढिएको
    • नेपाल रेखा
  • महिलालाई सहभागी गराउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता छ- उपराष्ट्रपति

    काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिलालाई आफ्ना अधिकारबारे सचेत बनाउँदै नेतृत्व, शिक्षा, उद्यमशीलता र सामाजिक योगदानमा सहभागी गराउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । आठौँ राष्ट्रिय महिला अधिकार दिवस, २०८३ को अवसरमा आज देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा हार्दिक बधाइसहित सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै उहाँले सो आवशयकता औँल्याउनुभएको हो । उपराष्ट्रपति यादवले महिलामाथि हुने सबै प्रकारका हिंसा, विभेद र असमानताविरुद्ध सामूहिक आवाज उठाउने अवसरका रूपमा पनि यस दिवसलाई लिन सक्नुपर्ने उल्लेख गर्दै संविधानमा उल्लेखित

    • प्रकाशित मितिः जेठ १६, २०८३
    • 350 पटक पढिएको
    • नेपाल रेखा
  • मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता हो –राष्ट्रपति

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी मुलुकको समृद्धि तथा दिगो विकास हासिल गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ । ‘महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान’ आदर्श वाक्यका साथ आज मनाउन लागिएको आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले भन्नुभएको छ, “महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा तथा असमानताको अन्त्य गर्दै सम्मानजनक र सुरक्षित समाज निर्माण गर्नु हामी सबैको साझा दायित्व ह

    • प्रकाशित मितिः जेठ १६, २०८३
    • 225 पटक पढिएको
    • नेपाल रेखा
  • पर्वले भाइचाराका साथ एकापसमा मिलेर बस्न प्रेरित गर्दछ-उपराष्ट्रपति

    काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पर्वले समाजमा सहानुभूति, सहयोग, भाइचारा र मेलमिलापलाई अझ सबल बनाउँदै सबैलाई एकापसमा मिलेर बस्न प्रेरित गर्ने उल्लेख गर्नुभएको छ ।इस्लाम धर्मावलम्बीहरूले मनाउने महान् पर्व ‘इद र्वा –उल–अज्हा’(बकर इद) अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले त्याग, समर्पण र बलिदानको प्रतीकका रूपमा मनाइने यो पर्वले समाजमा सहानुभूति, सहयोग, भाइचारा एकापसमा मिलेर बस्न प्रेरित गर्ने बताउनुभएको छ ।उपराष्ट्रपति यादवले यस पर्वले विशेषतः विपन्न तथा सहयोगको आवश्यकता भएकाहरूलाई सहयोग गर्ने संस्कारलाई प्रोत्साहन गर्दै सामाजिक न्याय र समानताको भावनालाई सुदृढ बन

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • 174 पटक पढिएको
    • नेपाल रेखा
  • विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँछ-राष्ट्रपति

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्दछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ ।मुस्लिम समुदायको महान् पर्व इद–उल–अज्हा (बकर इद) को अवसरमा सबैमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले यस पर्वले मातृभूमिसँगको आत्मिय सम्बन्ध अझ प्रगाढ बनाउँदै राष्ट्रिय समृद्धि र विकासमा योगदान पुर्याउने उल्लेख गर्नुभएको छ ।मुस्लिम समुदायबाट यस पर्वको अवसरमा आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गर्ने तथा खुलास्थान, इदगाह वा

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • 186 पटक पढिएको
    • नेपाल रेखा
  • सुकुम्बासीका लागि स्पष्ट र ठोस कार्ययोजना ल्याउन सांसदहरूको माग

    काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले सुकुम्बासी समस्या समाधानका लागि स्पष्ट र ठोस कार्ययोजनासहित प्रक्रिया अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद मनरुपा शर्माले काठमाडौँका नदीकिनारबाट हटाइएका सुकुम्बासीको बालबच्चा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिक राखिएको स्थानमा प्रभावकारी मनोपरामर्श सेवा उपलब्ध गराउन माग गर्नुभयो ।सांसद रेणु चन्दले सुकुम्बासीको मानवअधिकार र मौलिक अधिकारको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सुकुम्बासी राखिएका होल्डिङ सेन्टरमा शुद्ध खानपानको प्रबन्ध गर्न माग गर्नुभयो । सांसद पदमबहादुर परियारले राष्ट्रियसभाको सदस्यहरू

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • 291 पटक पढिएको
    • नेपाल रेखा
  • स्थानीय सरकारको महत्व व्यापक – राष्ट्रपति पौडेल

    इनरुवा । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइसकेपछि स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक र गहन भएको बताएका छन् । सुनसरीको कोशी गाउँपालिकामा निर्माण भएको लौकही सिटी हल समुदघाटन समारोहलाई वुधवार सम्बोधन गर्दै उनले जनताका न्यूनतम आधारभूत आवश्यकता, तथा जनचाहना अनुरूप विकासका कार्यलाई तिव्रता दिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यता र आदर्श अनुरूपका कार्यहरू सवल बनाउनुपर्नेमा जोड दिए । राष्ट्रपति पौडेलले भने, “शान्ति, विकास र सुशासनको माध्यमबाट नै जनताको हित र चाहनासँगै संविधान र शासनप्रणालीले राखेको उद्देश्य पूरा हुन्छ । यसतर्फ तपाईँहरूले विशेष ध्य

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 211 पटक पढिएको
    • नेपाल रेखा
  • राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश २०८३ जारी गर्नु भएको छ ।यसअघि राष्ट्रपतिले फिर्ता गरेको सोही अध्यादेश सोमबार बसेको मन्त्रीपरिषद बैठकले केही परिवर्तन नगरी पुनः दोस्रोपटक सिफारिस गरी राष्ट्रपतिसमक्ष पठाएको थियो ।सोही सिफारिसका आधारमा राष्ट्रपतिले आज अध्यादेश जारी गर्नु भएको हो ।

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 187 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]