पर्वले भाइचाराका साथ एकापसमा मिलेर बस्न प्रेरित गर्दछ-उपराष्ट्रपति

  • जेठ १४, २०८३ / नेपाल रेखा
alt

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पर्वले समाजमा सहानुभूति, सहयोग, भाइचारा र मेलमिलापलाई अझ सबल बनाउँदै सबैलाई एकापसमा मिलेर बस्न प्रेरित गर्ने उल्लेख गर्नुभएको छ ।
इस्लाम धर्मावलम्बीहरूले मनाउने महान् पर्व ‘इद र्वा –उल–अज्हा’(बकर इद) अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले त्याग, समर्पण र बलिदानको प्रतीकका रूपमा मनाइने यो पर्वले समाजमा सहानुभूति, सहयोग, भाइचारा एकापसमा मिलेर बस्न प्रेरित गर्ने बताउनुभएको छ ।
उपराष्ट्रपति यादवले यस पर्वले विशेषतः विपन्न तथा सहयोगको आवश्यकता भएकाहरूलाई सहयोग गर्ने संस्कारलाई प्रोत्साहन गर्दै सामाजिक न्याय र समानताको भावनालाई सुदृढ बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
“धार्मिक महत्वसँगै सामाजिक र सांस्कृतिक दृष्टिले पनि यो पर्वले सामूहिकता, सहकार्य र मानवताको उच्च मूल्यलाई उजागर गर्दछ । यसले हामीलाई सुख–दुःख साझा गर्न, अभावमा रहेकाहरूसँग हातेमालो गर्न र समाजमा सहिष्णुता तथा सद्भावलाई बढावा दिन सिकाउँछ”, उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक हो । विविधतामा एकता हाम्रो मौलिक पहिचान हो । यहाँ मनाइने पर्वहरूले समुदायबीच आपसी समझदारी, अपनत्वभाव र एकताको संस्कारलाई बलियो बनाउँदै राष्ट्रिय अखण्डता र सांस्कृतिक ऐक्यबद्धताको संरक्षणमा योगदान पुर्याउँछन् भन्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।
उपराष्ट्रपति यादवले ‘इद–उल–अज्हा’ पर्वले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय अखण्डता र राष्ट्रियतालाई अझ सबल बनाउँदै सभ्य, शान्त, समुन्नत र समृद्ध मुलुक तथा समाज निर्माणमा प्रेरणा प्रदान गर्ने विश्वासका साथ शुभकामना व्यक्त गर्नुभएको छ ।

आज पनि घट्यो सुनचाँद ...

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यमा घटे ...

सांसद शेर्पाद्वारा स ...

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रति ...

विविधताबीचको एकताले ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एक ...

पत्रकार आचरणविपरीतका ...

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पेसागत आचरणविपरीतका क ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]