नेकपा सुनसरीद्वारा जिल्लावासीलाई सचेत रहन आग्रह

  • भदौ ४, २०७७ / "नेपाल रेखा"
alt

सुनसरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनसरीले जिल्लावासीलाई कोरोना भाईरस (कोविड–१९) को महामारीबाट सचेत रहन आग्रह गरेको छ ।
पार्टी जिल्ला अध्यक्ष योगेन्द्रप्रसाद मण्डल (पप्पु) सचिव रमेशकुमार बस्नेतले विहीवार एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्लावासीलाई सचेत र सतर्क रहदै स्वास्थ्य सुरक्षाका उपाय अपनाउन आग्रह गरेका हुन् ।
जिल्लावासीलाई सकेसम्म घर बाहिर ननिस्कन विज्ञप्तिमा भनिएको छ । अति आवश्यक भएर घर बाहिर निस्कनु परेमा स्वास्थ्य मापदण्ड अपनाउन भनिएको छ । माक्स, सेनिटाइजर प्रयोग गर्न पनि सो पार्टीले आग्रह गरेको छ । सावुन पानीले नियमित हात धुन पनि विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।
साथै आफ्नो घर, छिमेट, टोलमा कोही संक्रमित भइहालेमा दुव्र्यवहार र विभेद नगर्न विज्ञप्तिमा भनिएको छ । बरु त्यस्ता व्यक्तिलाई सकेको सहयोग गर्नु पर्ने अध्यक्ष मण्डलले बताएका छन् ।
साथै कोरोना भाइरस संक्रमणबाट बच्न स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालयले गरेका प्रयासलाई सहयोग र कार्यान्वयन गर्नसमेत सुनसरीवासी तप्पर रहनु पर्ने अध्यक्ष मण्डलको भनाइ छ ।
नेकपा सुनसरीले कोरोना भाइरसबाट वुधवार मृत्यु भएकी धरानकी महिलाप्रति श्रद्धान्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

पुरानो सत्ताको कथित ...

– सरोजकुमार मिश्राजनताको चेतना र जीवनस्तर माथि उठ ...

अर्नाको जिन संकटमा ...

सुनसरीस्थित कोसीटप्पु वन्यजन्तु आरक्षको सप्तकोसी नदी बग ...

सुन्तला ...

तनहुँको बन्दीपुर गाउँपालिका -४ , रिपका किसान ...

प्रविधिले किसानलाई स ...

सुनसरीको इनरुवा नगरपालिका-९ मा ठूलो कम् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]