खेलकुद

    Showing 1-10 of 127 items.
  • विश्वकप फुटबल – पाराग्वेसँग टर्की पराजित

    काठमाडौँ । फिफा विश्वकप फुटबल, २०२६ अन्तर्गत भएको खेलमा पाराग्वेले टर्कीलाई पराजित गरेको छ ।अमेरिकाको सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा पाराग्वेले टर्कीलाई १–० गोलअन्तरले पराजित गरेको हो । हारसँगै टर्की प्रतियोगिताबाट बाहिरिएको छ । पाराग्वेको जितमा माटियास गालार्जा नायक बने । उनले खेल सुरुआत दोस्रो मिनेटमा गरेको एक गोल नै पाराग्वेको लागि निर्णायक गोल सावित भयो ।खेलको पहिलो हाफको अतिरिक्त समयमा मिगुएल अल्मिरोन रातो कार्ड पाएर मैदान बाहिरिएसँगै पाराग्वे १० खेलाडीमा सीमित भएको थियो । त्यसपछि टर्कीले निरन्तर दबाबमा राखे पनि गोल गर्न सकेन । यस जितसँगै समूह ‘डि’ मा रह

    • प्रकाशित मितिः असार ६, २०८३
    • 290 पटक पढिएको
    • नेपाल रेखा
  • विश्वकप फुटबल – कालेब यिरेनकीको गोलमा घाना विजयी

    काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को खेलमा घाना विजयी भएको छ ।क्यानडाको टोरन्टो स्टेडियममा सम्पन्न खेलमा घानाले पानामालाई १–० गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो । कालेब यिरेनकीले गरेको एक गोल नै घानाको लागि निर्णायक गोल सावित भयो । उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गोल गरे । यस जितसँगै घानाले शीर्ष तीन अङ्क जोडेको छ ।समूह ‘एल’ मा तीन अङ्क जोडेको इङ्ग्यान्ड शीर्ष स्थानमा छ । समान तीन अङ्क नै बटुलेको घाना दोस्रो स्थानमा छ । अङ्कविहीन रहेका पानामा र क्रोएसिया तेस्रो र चौथो स्थानमा छन् ।

    • प्रकाशित मितिः असार ४, २०८३
    • 174 पटक पढिएको
    • नेपाल रेखा
  • विश्वकप फुटबल – ट्युनिसियामाथि स्वीडेनको जित

    काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘एफ’को खेलमा स्वीडेनले ट्युनिसियामाथि जित निकालेको छ ।मेक्सिकोको मोन्टेरे रङ्गशालामा आज भएको खेलमा स्वीडेनले ट्युनिसियामाथि ५–१ गोलको जित निकालेको हो । स्वीडेनका लागि यासिन अयारीले दुई गोल गर्दा अलेज्यान्डर इसाक, भिक्टोर ग्योकेरेस र माथिएस स्भानवर्गले समान एकरएक गोल गरे । ट्युनिसियाका लागि ओमार रेकिकले एक गोल फर्काए ।खेल सुरुआती सातौँ मिनेटमा यासिन अयारीले गोल गर्दै स्वीडेनलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ३०औँ मिनेटमा अलेज्यान्डरले गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारे । खेलको पहिलो हाफको ४३ औँ मिनेटमा ट्युनिसियाका

    • प्रकाशित मितिः असार १, २०८३
    • 150 पटक पढिएको
    • नेपाल रेखा
  • विश्वकप आयोजक अमेरिकाको उत्कृष्ट जित

    काठमाडौँ । तीन राष्ट्रमा आयोजना भइरहेको विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत अमेरिकामा आजदेखि सुरुआत भएको समूह डी को खेलमा घरेलु टोली अमेरिकाले पाराग्वेलाई पराजित गर्दै प्रतियोतिामा सुखद सुरुआत गरेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज भएको खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ गोल अन्तरले पराजित गर्दै आफ्नो उद्घाटन खेलमा सुखद सुरुआत गरेको हो । अमेरिकाको जितमा डेमियन बोबाडिल्लाले खेलको सात मिनेटमै आत्मघाती गोलमार्फत अमेरिकालाई पहिलो अग्रता दिलाए । स्टन म्याकेनीले गरेको प्रहार रोक्न खोज्दा पाराग्वेका खेलाडी बोबाडिल्लाले प्रहार गरेको बल आफ्नो गोलपोष्टमा प्रवेश गरेपछि अमेरिकाले पहिलो अग्रता लिएको

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • 149 पटक पढिएको
    • नेपाल रेखा
  • फिफा विश्वकप फुटबल–क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

    काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरीमा सकिएको छ । क्यानडाको टोरन्टो स्टेडियममा भएको विश्वकपको तेस्रो तथा समूह बी को पहिलो खेलमा क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले एक–एकको बराबरी खेलेका हुन् । यससँगै दुवै टोलीले समान एक–एक अङ्क बाडेका छन् । खेलमा पहिलो अग्रता भने बोस्निया एन्ड हर्जगोभिनाले लिएको थियो । खेलको २१ औँ मिनेटमा जोभो लुकिचले हेडरमार्फत गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका हुन् । बोस्निया एन्ड हर्जगोभिनाले खेलको पहिलो हाफमा लिएको एक शून्य गोलको अग्रता दोस्रो हाफमा पुगेपछि जोगाउन सकेन । खेल

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • 191 पटक पढिएको
    • नेपाल रेखा
  • विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

    काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६ को उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ । मेक्सिकोको सिटी रङ्गशालामा बिहीवार राति भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो ।मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले समान एक–एक गोल गरे । खेल सुरुआतको नवौँ मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई सुरुआती अग्रता दिलाए । इरिक लिराले दिएको पासलाई सदुपयोग गर्दै जुलियनले गोल गरेका हुन् । खेलको ४९औँ मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • 132 पटक पढिएको
    • नेपाल रेखा
  • महिला साफ च्याम्पियनसिप फुटबलः नेपालद्वारा भुटान पराजित

    काठमाडौँ । भारतमा भएको साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले भुटानलाई पराजित गरेको छ ।भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा सोमबार भएको उक्त खेलमा नेपालले भुटानलाई १–० गोलले हराएको हो ।खेलको २३ औँ मिनेटमा नेपालका खेलाडी गीता रानाले हानेको प्रहार भुटानी खेलाडीको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो । नेपालले अब दोस्रो खेल यही जेठ १७ गते श्रीलङ्कासँग खेल्नेछ ।

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • 202 पटक पढिएको
    • नेपाल रेखा
  • मेची रङ्गशालामा ‘फ्लडलाइट’ जडानका लागि त्रिपक्षीय सम्झौता

    झापा । भद्रपुरस्थित ऐतिहासिक मेची रङ्गशालामा रात्रिकालीन खेलकुद गतिविधि सञ्चालन गर्न फ्लडलाइट (उच्च क्षमताको प्रकाश प्रणाली) जडान कार्य अघि बढाइएको छ । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२–८३ मा तीन करोड ५० लाख बजेट विनियोजन गरेसँगै यो प्रक्रियाले गति लिएको हो । झापाकै सबैभन्दा पुरानो खेलकुद मैदानका रूपमा परिचित मेची रङ्गशालामा २०७९ सालयता दुईवटा अन्तरराष्ट्रिय टोलीसहितका फुटबल प्रतियोगिता र वार्षिक रूपमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुँदै आएका छन् ।फ्लडलाइट जडान परियोजनालाई मूर्तरूप दिन कोशी प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, भद्रपुर नगरपा

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • 126 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीमा अन्तरपालिका स्तरीय क्रिकेट हुने

    इटहरी । सुनसरीको इटहरीमा यही वैशाख १५ गतेदेखि २१ गतेसम्म ‘तेस्रो इटहरी मेयरकप अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिता’ आयोजना हुने भएको छ । प्रतियोगिता आइडिएल स्पोर्टस एकेडेमीको आयोजनामा तथा इटहरी उपमहानगरपालिका कार्यालयको संयोजनमा हुन लागेको हो । प्रतियोगिता इटहरी–९ स्थित जनता क्रिकेट पार्क (डिभिएम) मा सञ्चालन हुने संयोजक सिपी पौडेलले जानकारी दिए ।बिहीबार इटहरीस्थित होटल उत्सवमा आयोजित पत्रकार सम्मेलनमा इटहरी उपमहानगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले प्रतियोगिताले स्थानीय तहबीच खेलकुदमैत्री वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरे ।प्रतियोगितामा इटहरीका

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 242 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरी गोल्डकप – प्लानिङ ब्वाइज फाइनलमा

    इटहरी । प्लानिङ ब्वाइज काठमाडौँ १६ औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।गत चैत ३० गतेदेखि आयोजक राष्ट्रिय जागृति क्लबद्वारा इटहरीस्थित रङ्गशालामा रात्रिकालीन रूपमा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न खेलमा प्लानिङ ब्वाइजले सातदोबाटो युथ क्लब ललितपुरलाई ६–१ गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।खेलको पाँचौँ मिनेटमा प्लानिङ ब्वाइजका खेलाडी रोमन भुजेलले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि खेलाडी फागुराम थारूले २९औँ, ३३ औँ, ६४ औँ र ६८ औँ मिनेटमा लगातार चार गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे भने प्रत

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • 234 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]