पूर्व विद्यार्थीद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान

  • मंसिर १, २०८३ / नेपाल रेखा
alt

–डि पी ढुंगेल
मोरङ । मोरङको रङ्गेली नगरपालिका–१ स्थित श्री त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडालाई विद्यालयका पूर्व विद्यार्थी सूर्यबहादुर खड्काले २४ सेट खेलकुद जर्सी भलिवल चार थान नि क्याप लगायतका विभिन्न खेलकुद सामाग्रीहरू सहयोग गरेका हुन् ।
मङ्गलबार विद्यालयका खेलकुद शिक्षक बिजय प्रभात खवासलाई विद्यालयका प्रधानाध्यापक केशरबहादुर बानियाँ र सहायक प्रधानाध्यापक टंकबहादुर खत्रीलाई हस्तान्तरण गरिएको हुन् । विद्यालयका पूर्व विद्यार्थी सूर्यबहादुर खड्का २०६९ सालको (तत्कालीन एस एल सी) माध्यमिक शिक्षा परीक्षामा प्रथम श्रेणीमा विद्यालय प्रथम भएका थिए । उनले कक्षा ११ र कक्षा १२ विराटनगर स्थित मेरिल्यान्ड कलेज व्यवस्थापन संकाय बाट प्रथम श्रेणीमा उत्तीर्ण हुँदै उच्च शिक्षा काठमाडौँबाट चार्टर एकाउन्ट अध्ययन पुरा गरी हाल खड्का रोजगारीको सिलसिलामा बिदेशमा बस्दै आएका छन् ।
विद्यालयको आर्थिक अवस्थालाई मध्यनजर गर्दै पूर्व विद्यार्थी खड्काले विद्यालयको चौतर्फी विकासको लागि आगामी दिनमा समेत सहयोग गर्ने बताए । उनले सम्पूर्ण पूर्व विद्यार्थीहरूलाई आफूहरूले अध्ययन गरेको विद्यालय विकासमा सहयोग गर्न समेत अनुरोध गरे । मङ्गलबार विद्यालयका शिक्षक कर्मचारी तथा विद्यार्थीहरूको उपस्थितिमा विद्यालय परिवारले पूर्व विद्यार्थी खड्कालाई धन्यवाद ज्ञापन समेत गरेका छन् ।

एनपिएलः फाइनल प्रवेश ...

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) ...

कार्तिक शुक्ल षष्ठीः ...

काठमाडौँ। छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यला ...

छठ पर्वको दोस्रो दिन ...

महोत्तरी। मधेसको प्राचीन मिथिला क्षेत्रमा अहिले छठ पर्व ...

पश्चिमी वायुको आंशिक ...

काठमाडौँ । हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]