भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यराति ऐतिहासिक थिमि भैल नाच प्रदर्शन गर्दै स्थानीय । नाचमा भैरव दुई, दायगी दुई र ज्यागचा एक गरी पाँँच देवगण रहन्छ । नाच चपाचो, हात्तिमहाकाल, दिगुटोल, दुईपोखरी बालकुमारीलगायतका क्षेत्रमा रातभरि नचाइन्छ । तस्बिर-रत्न श्रेष्ठ-रासस
इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्तीका अवसरमा बुधबार दाङको तुलसीपुरमा सुन्नी कादरिया जामा मस्जिद समिति तुलसीपुरले निकालिएको र्याली । तस्बिर- दीपक बोहरा-रासस
बाजुराको सरकारी टोली लगायत भक्तजन पूजाको सामग्री लिएर सोमबार बडीमालिका प्रस्थान गर्दै । तस्बिर- टेकबहादुर बुढा-रासस
भक्तपुर नगरपालिका वडा न १० बस्ने ९२ वर्षीया कृष्णलक्ष्मी अवाल नागपञ्चमीका अवसरमा आज सोही वडामा रहेको थालाछेँस्थित नागपोखरीमा आउनु भई नागको प्रतिमामा पूजा आराधना तथा दर्शन गर्नुहुँदै । तस्बिर- रेणु त्वानाबासु-रासस
भक्तपुरमा अवस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर परिसरमा रहेको नन्दीको पूजा गर्दै भक्तजन। तस्बिर- रत्न श्रेष्ठ-रासस
बागलुङको ढोरपाटन नगरपालिका-९ मा अवस्थित उत्तरगङ्गा ढोरबराह मन्दिर परिसरमा रहेको बाइसधारा । यस मन्दिरमा जनैपूर्णिमा पर्वमा मेला लाग्ने गर्छ । तस्बिर- राम थापा-रासस
माला पालुङ्वाताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा आर्थिक वर्ष २०८२–०८३ मा ४ करोड ८२ लाख रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ ।पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त आर्थिक वर्षमा कुल ४ करोड ८२ लाख ३ हजार ५५ रुपैयाँ भेटी संकलन भएको हो । यस्तै, सोही अवधिमा २ लाख ५२ हजार ८ सय जना भक्तजनले पाथीभराको दर्शन गरेका छन ्।पाथीभरा मन्दिरमा सबै भन्दा बढी वैशाख महिनामा एक करोड ६ लाख २८ हजार भेटी संकलन भएको छ भने सबै भन्दा कम भदौ महिनामा नौ लाख ९७ हजार रुपैंया भेटी संकलन भएको छ पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी अधिकृत प्रजिन हाङबाङले जानकारी दिए ।
ललितपुर महानगरपालिका-१२ स्थित विश्वसम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्र । तस्बिर- शशीधर अधिकारी-रासस
काठमाडौँको इन्द्रचोकमा पोते पसले बिक्रीका लागि पोते उन्दै मुस्लिम समुदायका व्यवसायी । तस्बिर- हरिराम भेटुवाल-रासस
सुनसरीको रामधुनी नगरपालिका-४ स्थित धार्मिक तथा पर्यटकीयस्थल रामधुनी मन्दिर परिसरमा हालै निर्माण सम्पन्न भएको १०८ धारा । धारा सञ्चालनमा आएपछि तीर्थालुले पवित्र स्नान गर्न सक्ने र यसले धार्मिक पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने रामधुनी बाबा बनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्की बताउँछन् । तस्बिर - नवीन गड्तौला