तिहार पर्व सुरु, मिथिलामा धनतेरस

  • कार्तिक २०, २०८३ / नेपाल रेखा
alt

महोत्तरी। नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि सुरु हुँदैछ । मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा यस पर्वको पहिलो दिन सन्ध्याकालमा दीपमालिका गर्दै धनतेरस मनाउने परम्परा छ । चन्द्रमासको कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने यो पर्व यसपटक तिथिको घटबढले छ दिनको भएको छ ।

मिथिला परम्परामा कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिका दिन साँझपख दीपमालिका गर्दै घरमा धातुका नयाँ भाँडा वा गरगहना किनेर पूजा गरिने चलन छ । आज सूर्योदय हुँदा द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी लाग्ने भएकाले धनतेरस मनाइने मैथिल कर्मकाण्डका ज्ञाता महेशकुमार झाले जानकारी दिनुभयो ।

मिथिला क्षेत्रमा दिन, नक्षत्र, तिथिको निक्र्योल, चाडबाड, तिथिश्राद्ध र शुभकार्य मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा गरिने प्रचलन छ ।

मिथिला क्षेत्रमा बोलीचालीमा दिवाली भनिने दीपावली पर्वको पहिलो दिन धनधान्यकी देवी लक्ष्मीलाई प्रशन्न गराउन धातुका गहना र भाँडा किनेर घरमा लक्ष्मी स्थापना गरी धनतेरस मनाइने मैथिल परम्परा छ । घरघरमा दीपमालिका गरेर पर्व प्रारम्भ गरिन्छ । धातुका सामान (भाँडाकुँडा र गहना), खरेटो, धनियाँसहितका सामग्री धनतेरसका दिन नयाँ किन्ने प्रचलन छ ।

आज बिहान ११ बजेर १० मिनेटपछि त्रयोदशी तिथि सुरु भएर भोलि शनिबार बिहान १० बजेर ४७ मिनटसम्म रहने पञ्चाङ्गलाई उद्धृत गर्दै पण्डित झाले स्पष्ट पार्नुभयो । त्रयोदशीकै दिन गरिने कागपूजा र धन्वन्तरी जयन्ती भने शनिबार परेको छ ।

दीपावली पर्व आगामी बुधबार मैथिल परम्पराअनुसार भैयादूज मनाइएर सम्पन्न गरिने छ । पञ्चाङ्ग आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा र त्यसै दिन साँझ लक्ष्मीपूजा गरिने छ ।

कुचो किन्न आएका सर्व ...

काठमाडौँ इन्द्रचोकमा यम पञ्चकअन्तर्गत लक्ष्मी ...

‘पीपीपी मोडलबाट विका ...

अन्जनीकुमार अधिकारी उदयपुर । कोशी प्रदेश सरकारले सार्व ...

नेकपाको राष्ट्रिय जा ...

इनरुवा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सुनसरीमा रा ...

पूर्व प्रधानमन्त्री ...

काठमाडौँ- पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र पूर्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]