नेकपाको राष्ट्रिय जागरण अभियान सुनसरीबाट पनि सुरु

  • कार्तिक १८, २०८३ / नेपाल रेखा
alt

इनरुवा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सुनसरीमा राष्ट्रिय जागरण अभियानको उद्घाटन गरेको छ ।
बुधबार इनरुवास्थित जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रिय जागरण अभियान उद्घाटनसँगै विभिन्न चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान पनि गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा कोशी प्रदेशका सह–इन्चार्ज पर्शुराम बस्नेतले अभियानको उद्घाटन गरेका थिए । कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमको अध्यक्षता नेकपा सुनसरी जिल्ला संयोजक गोविन्द निरौलाले गरेका थिए । कार्यक्रममा पूर्व राज्यमन्त्री रामकुमारी चौधरी, नेकपा जिल्ला इन्चार्ज तथा कोशी प्रदेशकी पूर्व उपसभामुख शारदा पोखरेललगायत नेताहरूको उपस्थिति थियो ।
त्यसैगरी पार्टीका केन्द्रीय नेताहरू शिव डाँगी, उमिता विकसहित १६ जना केन्द्रीय सदस्यहरूको सहभागिता रहेको थियो । कार्यक्रममा केन्द्रीय सदस्य कुमार राई याख्खाले सर्कुलर वाचन गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय जागरण अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने, पार्टी संगठनलाई थप सुदृढ बनाउने तथा जनतामाझ पार्टीका विचार र एजेन्डा पुर्याउने विषयमा छलफल भएको आयोजकले जनाएको छ । विभिन्न चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी नेताहरूले आपसी एकता, सद्भाव र सहकार्यलाई बलियो बनाउनुपर्नेमा जोड दिएका थिए ।

कुचो किन्न आएका सर्व ...

काठमाडौँ इन्द्रचोकमा यम पञ्चकअन्तर्गत लक्ष्मी ...

‘पीपीपी मोडलबाट विका ...

अन्जनीकुमार अधिकारी उदयपुर । कोशी प्रदेश सरकारले सार्व ...

पूर्व प्रधानमन्त्री ...

काठमाडौँ- पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र पूर्व ...

एनपिएलः लुम्बिनी लाय ...

काठमाडौँ । गत संस्करणको विजेता लुम्बिनी लायन्सले नेपाल ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]