वराहक्षेत्र वडा नम्बर ४ मा ६ करोडको विकास निर्माण

  • जेठ २७, २०७७ / "नेपाल रेखा"
alt

अच्युत भट्टराई
बराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर ४ मा आर्थिक बर्ष २०७६–०७७ मा पूर्वाघार तर्फ ५ करोड ९० लाखका कामहरु भएका छन् । वडा अध्यक्ष आशाराम चौधरीले यी योजना नगर र प्रदेश बाट परेका ठुला योजना भएको बताए । ५० हजार १ लाखका काम धेरै भएका छन् उनले थपे ।
उनका अनुसार पुलाहा खोला नियन्त्रणमा ४० लाख पिडारी ढल निर्माणमा २० लाख धनपुरी ढल निर्माणमा कल्भर्ट सहित २२ लाख ५० हजार, धनपुरी पिच १ करोड २५ लाखमा बोलपत्र आव्हान, पिडारी पिच, २ करोड ३८ लाखमा बोलपत्र आवहान, सर्दु खोला नियन्त्रणमा ३५ लाख, आन्द्रा मोठ ड्रेन निर्माणमा मन्दिर सहित १२ लाख, वडा कार्यालय घेराबारा १४ लाख, स्वास्थ्य चौकी भवन निर्माण ३४ लाख, दश बिगे खोला नियन्त्रण १० लाख, पुलाहा ढल निर्माण २० लाख र थप सर्दु खोला नियन्त्रण २० लाखका काम भएका हुन् ।
अध्यक्ष चौधरीले बिकासका हिसाबले पछि परेको यस वडामा अझै धेरै बाटा घाटा, ड्रेन, कल्भर्टहरुका काम, गर्न बाकी रहेको बताए । उनले भने–‘यहाँ खाने पानी पनि छैन त्यसको पनि प्रयास गरिरहेको छु ।’ अन्य धेरै क्षेत्रमा लागि परेर काम गर्नु पर्ने अवस्था रहेको उनको भनाइ छ ।
लामो समय प्रबासमा बसेर आएका बराहक्षेत्र–४ का राधेसिंह दनुवार भन्छन्–‘अहिले बिकासको चरण हेर्दा पुरै रुप बदलिएको छ, गाउ चिनिनसक्नु भएको रहेछ ।’ संघीयताले गाउँ घर राम्रो हुने रहेछ भन्ने दनुवारको अनुभव रहेको छ ।

मानसिक स्वास्थ्य-हाम ...

हाम्रो समाजमा हामी प्रायः मानिसलाई काम कस्तो चलिरहेको छ ...

नेता चोकमा झण्डा अना ...

मोरङ । १८ औँ गणतन्त्र दिवसको अवसर पारेर ग्रामथान गाउँपा ...

तालतलैया कला साहित्य ...

इटहरी । सुनसरीको इटहरीमा पनि साहित्यिक तथा सांस्कृतिक क ...

पत्रकार दीपक कार्की ...

इटहरी । ज्येष्ठ नागरिकहरूलाई एकै ठाउँमा भेला गराई आपसी ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]