फोटोफिचर

    Showing १-१० of ५० items.
  • धानमा झार मार्ने विषादी छर्दै किसान

    धानमा झार मार्ने विषादी छर्दै किसान–सुनसरीको इनरुवा नगरपालिका–९ मा शनिबार हरियो फिरेको धानमा झार मार्ने विषादी छर्दै किसान । धान रोपाइँ गरेको २२ दिनपछि झार मार्ने औषधि छर्दा प्रभावकारी हुने किसान बताउँछन् । तस्बिर - नवीन गड्तौला

    • प्रकाशित मितिः असार २५, २०८२
    • ४९ पटक पढिएको
    • नेपाल रेखा
  • विद्युतीय स्कुटीमा विद्यार्थी

    सुनसरीको गढी गाउँपालिका–५ मा विद्युतीय स्कुटीमा विद्यालयबाट घर फर्कँदै गरेका विद्यार्थी । तस्बिर – नवीन गड्तौला

    • प्रकाशित मितिः असार २२, २०८२
    • ७० पटक पढिएको
    • नेपाल रेखा
  • सडक निर्माण गर्दै श्रमिक

    हुम्लाको खार्पुनाथ गाउँपालिका–१ मा पर्ने बोक्चेगौडा भिरको सडक स्तरोन्नतिका क्रममा चट्टान फोड्दै गरेका श्रमिक । तस्बिर - दाने बोहरा / रासस

    • प्रकाशित मितिः असार २०, २०८२
    • ५८ पटक पढिएको
    • नेपाल रेखा
  • बिउ उखेल्दै किसान

    सुनसरीको इनरुवा नगरपालिका-२ मा बुधबार ब्याडमा धानको बिउ उखेल्दै किसान । यहाँ आज दिउँसो परेको भारी वर्षाले किसानलाई धान रोप्न राहत भएको छ । तस्बिर - नवीन गड्तौला

    • प्रकाशित मितिः असार १९, २०८२
    • ४९ पटक पढिएको
    • नेपाल रेखा
  • नीलतुथो अर्जुनक

    ताप्लेजुङको मैवाखोला गाउँपालिका–३, साँघुमा भेटिएको नीलतुथो अर्जुनक चरा । यो हिमालयदेखि दक्षिणपूर्व एशिया हुँदै सुमात्रासम्म पाइन्छ । तस्बिर - नवीन गड्तौला

    • प्रकाशित मितिः असार १८, २०८२
    • ६६ पटक पढिएको
    • नेपाल रेखा
  • मझौला सेतोबकुल्ला

    सुनसरीले इनरुवा नगरपालिका-९ मा आहाराकाे खाेजीमा रहेको मझौला सेतोबकुल्ला (मिडियम इग्रेट) । याे बकुल्लाले साना माछा, चेपाकाँडा, भ्यागुता र किरा खाने गर्छ । यस प्रजातिको पोथीले पाँचवटा अण्डा पार्ने गर्छ । तस्बिर - नवीन गड्ताैला

    • प्रकाशित मितिः असार १४, २०८२
    • ६८ पटक पढिएको
    • नेपाल रेखा
  • ड्रमसिडर रोपाइँ प्रविधि

    सुनसरीको इनरुवा नगरपालिका-२ मा ड्रमसिडर मेसिनबाट धान रोपाइँ गर्दै किसान । यो प्रविधिअनुसार भिजाएको बिउ धान राखिएको प्लास्टिकको ड्रम मानिसले गुडाएर रोपाइँ गर्ने गरिन्छ । यसरी रोपाइँ गर्दा लागत कम लाग्ने र उत्पादनसमेत वृद्धि हुने किसान बताउँछन् । तस्बिर - नवीन गड्तौला  

    • प्रकाशित मितिः असार १३, २०८२
    • ५६ पटक पढिएको
    • नेपाल रेखा
  • आादिवासी उराँव नृत्य 

    अन्तर्राष्ट्रिय लागुपदार्थ ओसारपसारविरुद्धको दिवसका अवसरमा सुनसरीको इनरुवामा बिहीबार आयाेजित कार्यक्रममा आफ्नो जातीय नृत्य प्रस्तुत गर्दै आदिवासी उराँव समुदाय । तस्बिर - नवीन गड्ताैला

    • प्रकाशित मितिः असार १२, २०८२
    • १६० पटक पढिएको
    • नेपाल रेखा
  • दुःखले सीमा सुरक्षा

    दुःखले सीमा सुरक्षा– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित नेपाल–भारत सीमा क्षेत्र देशगजा नजिकै सशस्त्र प्रहरीको फरवार्ड बेस क्याम्पमा सीमा सुरक्षा गर्न बसेका सुरक्षाकर्मी । सानो टिनको छानो भएको कच्ची भवनमा बसेर प्रहरी सहायक निरीक्षक (असई)को नेतृत्वमा सात जना सुरक्षाकर्मीले सीमा सुरक्षा गरिरहेका छन् । तस्बिर - नवीन गड्तौला

    • प्रकाशित मितिः असार ११, २०८२
    • ६१ पटक पढिएको
    • नेपाल रेखा
  • ड्रमसिडर राेपाइँ प्रविधि

    सुनसरीको इनरुवा नगरपालिका-९ मा ड्रमसिडर मेसिनबाट धान रोपाइँ गर्दै किसान । याे प्रविधिअनुसार पानीमा भिजाएकाे बिउ धान राखिएको प्लास्टिकको ड्रम मानिसले गुडाएर राेपाइँ गर्ने गरिन्छ । यसरी राेपाइँ गर्दा लागत कम लाग्ने र उत्पादनसमेत वृद्धि हुने किसान बताउँछन् । तस्बिर - नवीन गड्तौला    

    • प्रकाशित मितिः असार ४, २०८२
    • १२२ पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]