प्रशिक्षण–मास्टरी

    Showing 1-10 of 21 items.
  • शिक्षकलाई मगर खाम भाषाको तालिम

    म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाका शिक्षकहरूलाई मगर खाम भाषासम्बन्धी तालिम प्रदान गरिएको छ । मगर समुदायको बाहुल्यता रहेका बस्तीका १५ विद्यालयमा यसै शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रमअन्तर्गत मगर खाम भाषामा पठनपाठन गराउन दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले सञ्चालन भएको तालिम शनिबार सकिएको हो ।बेनीमा सात दिनसम्म सञ्चालन भएको तालिममा मगर भाषाविज्ञ कर्णबहादुर बुढामगरले प्रशिक्षण दिनुभएको थियो । रघुगङ्गा गाउँपालिकाको आर्थिक सहयोगमा कक्षा १ को मगर खाम भाषा किताब तयार पारेको नेपाल पुन मगर समाज रघुगङ्गाका अध्यक्ष टीका पुर्जा पुनले बताउनुभयो । सयौँ वर्षदेखि हराएर जाने अवस्थामा पुगेको मगर खाम भा

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • 137 पटक पढिएको
    • नेपाल रेखा
  • मन्त्रीहरूलाई ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ का विषयमा जानकारी

    काठमाडौँ । परराष्ट्र मन्त्रालयले ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ का सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वको सरकारका सबै मन्त्रीहरूलाई प्रस्तुती दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा सबै मन्त्रीहरूलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रस्तुती दिनुभएको प्रधानमन्त्री शाहकी प्रेस विज्ञ दीपा दाहालले जानकारी दिनुभयो । सचिव राईले अन्तरराष्ट्रिय परिवेश, नेपालको अन्तरराष्ट्रिय सम्बन्ध, राष्ट्रिय हितको प्रवद्र्धन, नेपालको समग्र परराष्ट्र नीतिबारे विस्तृत प्रस्तुती दिनुभएको थियो । उहाँले परराष्ट्र नीति सञ्चालन गर्दा अपनाउ

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 204 पटक पढिएको
    • नेपाल रेखा
  • वैदेशिक रोजगारीमा ‘केयर तालिम’ लिएर जानेको संख्या बढ्दो

    इटहरी । पछिल्ला वर्षहरूमा आवश्यक सीप सिकेर तथा दक्षता हासिल गरेर वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै छोटो अवधिको ‘केयर तालिम’ प्रति आकर्षित हुन थालेका छन् । इटहरीमा सञ्चालित यलम्बर केयर गिभर टे«निङ् सेन्टरमा तीन वर्षको अवधिमा विदेश जानकै लागि ५०० भन्दा बढीले तालिम लिएका छन् ।तालिम लिनेमध्ये सवैभन्दा बढी इजरायल जाने तयारीमा रहेका छन् । जसमा अहिलेसम्म ६२ जनाले आवेदन पेस गरेका छन् । तीमध्ये १६ जनाको इजरायल जाने अन्तिम तयारीमा रहेको केयर गिभर तालिम सेन्टरका निर्देशक नरेन्द्र दंगालले बताए । उनका अनुसार इजरायल जादा जेष्ठ नागरिकहरुको हेरचाह गर्न जानेले आकर्षक तलब पाउने भएकाले गर

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 290 पटक पढिएको
    • नेपाल रेखा
  • माझी समुदायको भाषा जोगाउन प्रशिक्षण

    रामेछाप । आफ्नो समुदायको भाषा, संस्कार र संस्कृति जोगाउन रामेछापका माझी युवा लागेका छन् । बुढापाकासँग आफूले सिकेर भाषा र संस्कारका विषयमा अन्तर पुस्ता हस्तान्तरण पनि गराइरहेका छन् । विशेषगरी नदीकिनारमा बसोवास गर्ने माझी समुदायका मानिसले आफ्नो भाषा र संस्कृति हराउने सम्भावना बढेपछि माझीको सामाजिक विषयवस्तुमा छलफल गर्ने एकीकृत गर्न ती समुदायका विभिन्न १० स्थानमा भाषा तथा संकृतिका बारेमा बालबालिकालाई प्रशिक्षण दिइरहेको छ । भाषा र संस्कृति जोगियो भने मात्र माझीको पहिचान जोगिने भएकाले आफ्नो पहिचान जोगाउन पनि यस्ता कार्यक्रम माझी समुदायको टोलटोलमा गरिएको मन्थली नगरपालिका–८ गाइखुराका वालकृष्ण म

    • प्रकाशित मितिः असार २१, २०८२
    • 251 पटक पढिएको
    • नेपाल रेखा
  • विद्यार्थीका निम्ति उद्घोषण तथा माइन्यूट लेखन तालिम

    इटहरी । इटहरी वडा नं. १ मा सञ्चालित श्री राष्ट्रिय माध्यमिक विद्यालयले विद्यार्थीका निम्ति शुक्रबार एक दिने उद्घोषण तथा माइन्यूट लेखन तालिम गरेको छ ।  विद्यालयले विद्यार्थीहरुको व्यक्तित्व र नेतृत्व क्षमता अभिवृद्धि गर्ने तथा व्यवहारिक अभ्यास लेखनका लागि तालिम आयोजना गरेको हो । तालिममा कक्षा ७ देखि १० सम्मका ३५ जना विद्यार्थीसहित विभिन्न विद्याका छ जना संयोजक शिक्षक–शिक्षिकाको सहभागिता रहेको थियो ।  तालिम समापन समारोह विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतको अध्यक्षमा भएको थियो । सो क्रममा उनले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा लुकेर रहेको प्रतिभा उजागर गर्न तालिमले सहयोग

    • प्रकाशित मितिः असार ६, २०८२
    • 422 पटक पढिएको
    • नेपाल रेखा
  • शिक्षक संघको दोस्रो प्रतिनिधीसभा सम्पन्न

    इटहरी । नेपाल शिक्षक संघ सुनसरीको दोस्रो प्रतिनिधीसभा शनिबार इनरुवामा सम्पन्न भएको छ । कार्यक्रममा वर्षभरीका गतिविधी र भावी कार्ययोजना समेटिएको सांगठानिक प्रतिवेदन जिल्ला सचिव रोवनराज कार्कीले प्रस्तुत गरे । आर्थिक गतिविधी समेटिएको प्रतिवेदन अर्थ सचिव कासीराम चौधरीले पेस गरे । नेपाली काँग्रेस कोशी प्रदेश सदस्य दामोदर दाहाल प्रमुख अथिति रहेको कार्यक्रममा जिल्लाका ११ वटा स्थानीय तहको अधिवेसन सकिएपनि धरान नगर अधिवेसन हुन नसकेको अवस्थामा पुरानै समितिलाई काम गर्न दिने निर्णय भएको छ । आशबहादुर राईको नेतृत्वमा रहेको समितिलाई अर्को अधिवेसन नहुँदासम्म काम गर्न दिने निर्णय भएको प्रतिनिधीसभाबाट पास भएको

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • 353 पटक पढिएको
    • नेपाल रेखा
  • नेकपा (माओवादी केन्द्र) प्रदेश १ को आयोजनामा प्रदेश परिषद सदस्यका लागि प्रशिक्षण हुदै

    इटहरी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रदेश १ कार्यालयले प्रदेश स्तरीय बैठक तथा प्रशिक्षण आयोजना गरेकोछ ।आउदो फागुन ३ गते मोरङको विराटनगरमा प्रदेश परिषद प्रशिक्षण आयोजना गरिएको प्रदेश सचिव गणेश उप्रेती (शुशील) ले जिल्लाहरुका सहइन्चार्ज, संयोजकहरु र सचिवहरुलाई सर्कुलर पठाएका छन् । फागुन ४ गते भने प्रदेश कमिटिको बैठक बस्नेछ ।प्रदेश परिषद सदस्यलाई पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र महासचिव देवप्रसाद गुरुङ्गले प्रशिक्षणलाई दिने कार्यक्रम रहेको प्रदेश उपाध्यक्ष एवम् प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख विजय साङपाङ्गले जानकारी दिए ।प्रशिक्षणमा प्रदेश समिति

    • प्रकाशित मितिः माघ २६, २०८१
    • 291 पटक पढिएको
    • नेपाल रेखा
  • बुद्धिजीवी संगठनको सुनसरी संयोजकमा धरणीधर बराल

    इटहरी । नेपाल बुद्धिजीवी संगठनको सुनसरी जिल्ला भेला शनिबार इटहरीमा सम्पन्न भएको छ । नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालयको सभाहलमा भएको भेलाले धरणीधर बराललाई सुनसरी जिल्ला संयोजक चयन गरेको छ । सहसंयोजकमा इटहरीका अग्रज पत्रकार अर्जुन शर्मा चयन भएका छन् । त्यसैगरि, रन्जनकुमार मेहता पनि सहसंयोजकमा चयन भएका छन् । शर्मा प्रेस सेन्टर नेपाल सुनसरी संयोजक हुदै केन्द्रीय सदस्यको जिम्मेवारीमासमेत छन् । संगठनको जिल्ला सचिवमा सेमन्त खनाल चयन भएका छन् । संगठनको सदस्यहरुमा लक्ष्मीप्रसाद घिमिरे, एकराज खत्री, शेषकुमारी घिमिरे, पवनकुमार साह, दिनेश यादव रहेका छन् । बुद्धिजीवी भेलालाई प्रशिक्षण दिदै नेकपा (

    • प्रकाशित मितिः असार १, २०८१
    • 440 पटक पढिएको
    • नेपाल रेखा
  • शिक्षकलाई उद्घोषण तालिम

    इटहरी । शिक्षकहरुलाई उदघोषण कलामा दक्षतामा प्रदान गर्ने उद्देश्यले नेपाल शिक्षक संघ इटहरी उपमहानगर समितिले उद्घोषण तालिमको आयोजना गरेको छ ।नेपाल शिक्षक संघको ३४ औं स्थापना दिवसको अवसर पारेर संघको इटहरी समितिले जिल्लाका विभिन्न पालिका क्षेत्रमा अध्यापन गर्दै आएका ६० जना शिक्षक शिक्षिकाको सहभागितामा तालिमको आयोजना गरेको हो ।तालिममा नेपाली काँग्रेस सुनसरीका सचिव समेत रहेका प्रशिक्षक विरेन्द्रकुमार शाहले सहजिकरण गरेका थिए । नेपाल शिक्षक संघ इटहरीका अध्यक्ष बासुदेव कर्णको अध्यक्षता तथा जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगर समितिको दोस्रो अधिवेशन सफल ब

    • प्रकाशित मितिः जेठ ६, २०८०
    • 167 पटक पढिएको
    • नेपाल रेखा
  • कम्पास एभिएसन इन्टरनेशनल कलेज इटहरीद्वारा प्रशिक्षार्थीहरुसंग अन्तरक्रिया

    इटहरी । कम्पास एभिएसन इन्टरनेशनल कलेज इटहरी शाखाले आफ्ना प्रशिक्षार्थीहरुलाई होटल भिजिट गराई अन्तरक्रिया गरेको छ । सुनसरी इटहरीको होटल सगरमाथामा वुधवार अन्तरक्रिया कार्यक्रम गरिएको हो । अन्तरक्रियामा संचारकर्मी, विभिन्न कलेजका शिक्षकहरु, सरकारी कर्मचारीहरु, सामाजिक क्षेत्रका व्यक्तित्वहरु सहभागि थिए । गत मंसिरदेखि संचालित कम्पास एभिएसन इन्टरनेशनल कलेज इटहरीमा ३२ जना प्रशिक्षार्थी रहेको कम्पास एभिएसनका कोसी प्रदेश कोअर्डिनेटर नवीन खवास (नवीन विकल्प) ले बताए । कलेजमा एयर होस्टेज, ग्राउण्ड ह्याण्डलिङ्ग, क्याविन कृयू विषयमा तालिम प्रदान गरिन्छ । कोअर्डिनेटर नवीनकाअनुसार यो कोर्स ९ महिने हुन्छ र ६०

    • प्रकाशित मितिः चैत ३०, २०७९
    • 654 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]