रामेछाप । आफ्नो समुदायको भाषा, संस्कार र संस्कृति जोगाउन रामेछापका माझी युवा लागेका छन् । बुढापाकासँग आफूले सिकेर भाषा र संस्कारका विषयमा अन्तर पुस्ता हस्तान्तरण पनि गराइरहेका छन् । विशेषगरी नदीकिनारमा बसोवास गर्ने माझी समुदायका मानिसले आफ्नो भाषा र संस्कृति हराउने सम्भावना बढेपछि माझीको सामाजिक विषयवस्तुमा छलफल गर्ने एकीकृत गर्न ती समुदायका विभिन्न १० स्थानमा भाषा तथा संकृतिका बारेमा बालबालिकालाई प्रशिक्षण दिइरहेको छ । भाषा र संस्कृति जोगियो भने मात्र माझीको पहिचान जोगिने भएकाले आफ्नो पहिचान जोगाउन पनि यस्ता कार्यक्रम माझी समुदायको टोलटोलमा गरिएको मन्थली नगरपालिका–८ गाइखुराका वालकृष्ण म
इटहरी । इटहरी वडा नं. १ मा सञ्चालित श्री राष्ट्रिय माध्यमिक विद्यालयले विद्यार्थीका निम्ति शुक्रबार एक दिने उद्घोषण तथा माइन्यूट लेखन तालिम गरेको छ । विद्यालयले विद्यार्थीहरुको व्यक्तित्व र नेतृत्व क्षमता अभिवृद्धि गर्ने तथा व्यवहारिक अभ्यास लेखनका लागि तालिम आयोजना गरेको हो । तालिममा कक्षा ७ देखि १० सम्मका ३५ जना विद्यार्थीसहित विभिन्न विद्याका छ जना संयोजक शिक्षक–शिक्षिकाको सहभागिता रहेको थियो । तालिम समापन समारोह विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतको अध्यक्षमा भएको थियो । सो क्रममा उनले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा लुकेर रहेको प्रतिभा उजागर गर्न तालिमले सहयोग
इटहरी । नेपाल शिक्षक संघ सुनसरीको दोस्रो प्रतिनिधीसभा शनिबार इनरुवामा सम्पन्न भएको छ । कार्यक्रममा वर्षभरीका गतिविधी र भावी कार्ययोजना समेटिएको सांगठानिक प्रतिवेदन जिल्ला सचिव रोवनराज कार्कीले प्रस्तुत गरे । आर्थिक गतिविधी समेटिएको प्रतिवेदन अर्थ सचिव कासीराम चौधरीले पेस गरे । नेपाली काँग्रेस कोशी प्रदेश सदस्य दामोदर दाहाल प्रमुख अथिति रहेको कार्यक्रममा जिल्लाका ११ वटा स्थानीय तहको अधिवेसन सकिएपनि धरान नगर अधिवेसन हुन नसकेको अवस्थामा पुरानै समितिलाई काम गर्न दिने निर्णय भएको छ । आशबहादुर राईको नेतृत्वमा रहेको समितिलाई अर्को अधिवेसन नहुँदासम्म काम गर्न दिने निर्णय भएको प्रतिनिधीसभाबाट पास भएको
इटहरी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रदेश १ कार्यालयले प्रदेश स्तरीय बैठक तथा प्रशिक्षण आयोजना गरेकोछ ।आउदो फागुन ३ गते मोरङको विराटनगरमा प्रदेश परिषद प्रशिक्षण आयोजना गरिएको प्रदेश सचिव गणेश उप्रेती (शुशील) ले जिल्लाहरुका सहइन्चार्ज, संयोजकहरु र सचिवहरुलाई सर्कुलर पठाएका छन् । फागुन ४ गते भने प्रदेश कमिटिको बैठक बस्नेछ ।प्रदेश परिषद सदस्यलाई पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र महासचिव देवप्रसाद गुरुङ्गले प्रशिक्षणलाई दिने कार्यक्रम रहेको प्रदेश उपाध्यक्ष एवम् प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख विजय साङपाङ्गले जानकारी दिए ।प्रशिक्षणमा प्रदेश समिति
इटहरी । नेपाल बुद्धिजीवी संगठनको सुनसरी जिल्ला भेला शनिबार इटहरीमा सम्पन्न भएको छ । नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालयको सभाहलमा भएको भेलाले धरणीधर बराललाई सुनसरी जिल्ला संयोजक चयन गरेको छ । सहसंयोजकमा इटहरीका अग्रज पत्रकार अर्जुन शर्मा चयन भएका छन् । त्यसैगरि, रन्जनकुमार मेहता पनि सहसंयोजकमा चयन भएका छन् । शर्मा प्रेस सेन्टर नेपाल सुनसरी संयोजक हुदै केन्द्रीय सदस्यको जिम्मेवारीमासमेत छन् । संगठनको जिल्ला सचिवमा सेमन्त खनाल चयन भएका छन् । संगठनको सदस्यहरुमा लक्ष्मीप्रसाद घिमिरे, एकराज खत्री, शेषकुमारी घिमिरे, पवनकुमार साह, दिनेश यादव रहेका छन् । बुद्धिजीवी भेलालाई प्रशिक्षण दिदै नेकपा (
इटहरी । शिक्षकहरुलाई उदघोषण कलामा दक्षतामा प्रदान गर्ने उद्देश्यले नेपाल शिक्षक संघ इटहरी उपमहानगर समितिले उद्घोषण तालिमको आयोजना गरेको छ ।नेपाल शिक्षक संघको ३४ औं स्थापना दिवसको अवसर पारेर संघको इटहरी समितिले जिल्लाका विभिन्न पालिका क्षेत्रमा अध्यापन गर्दै आएका ६० जना शिक्षक शिक्षिकाको सहभागितामा तालिमको आयोजना गरेको हो ।तालिममा नेपाली काँग्रेस सुनसरीका सचिव समेत रहेका प्रशिक्षक विरेन्द्रकुमार शाहले सहजिकरण गरेका थिए । नेपाल शिक्षक संघ इटहरीका अध्यक्ष बासुदेव कर्णको अध्यक्षता तथा जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगर समितिको दोस्रो अधिवेशन सफल ब
इटहरी । कम्पास एभिएसन इन्टरनेशनल कलेज इटहरी शाखाले आफ्ना प्रशिक्षार्थीहरुलाई होटल भिजिट गराई अन्तरक्रिया गरेको छ । सुनसरी इटहरीको होटल सगरमाथामा वुधवार अन्तरक्रिया कार्यक्रम गरिएको हो । अन्तरक्रियामा संचारकर्मी, विभिन्न कलेजका शिक्षकहरु, सरकारी कर्मचारीहरु, सामाजिक क्षेत्रका व्यक्तित्वहरु सहभागि थिए । गत मंसिरदेखि संचालित कम्पास एभिएसन इन्टरनेशनल कलेज इटहरीमा ३२ जना प्रशिक्षार्थी रहेको कम्पास एभिएसनका कोसी प्रदेश कोअर्डिनेटर नवीन खवास (नवीन विकल्प) ले बताए । कलेजमा एयर होस्टेज, ग्राउण्ड ह्याण्डलिङ्ग, क्याविन कृयू विषयमा तालिम प्रदान गरिन्छ । कोअर्डिनेटर नवीनकाअनुसार यो कोर्स ९ महिने हुन्छ र ६०
धिरेन्द्रकुमार चौधरी रामधुनी । सिपमुलक तालिम संचालनकालागि सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ९ को आयोजनामा अभिमुखिकरण कार्यक्रम डुम्राहामा बुधबार सम्पन्न भएको छ ।नेपाल युथ फाउन्डेसनको प्राबिधिक सहयोगमा संचालन हुने प्लम्बिङ र इलेक्ट्रोनिक तालिम सम्बन्धी कार्यक्रम भएको हो ।कार्यक्रमको प्रमुख अतिथि रामधुनी नगरप्रमुख शंकरलाल चौधरीले सिपमुलक तालिम आय आर्जनकालागि रोजगारमुलक हुनु पर्ने धारणा राख्दै परिणाममुखी हुनु पर्नेमा जोड दिए । उनले तालिम फलदायी हुने बताउदै बिभिन्न संस्थाको साझेदारीमा सिपमुलक कार्यक्रम नगर क्षेत्रमा संचालन रहेको पनि जानकारी दिए । रामधुनीका पूर्व नगरप्रमुख जयप्रकाश चौधरीले रोज
जनक पाण्डेइटहरी÷‘पहिले यातायात नहुँदा ढाकरमा नुन बोक्नु पथ्र्यो, अहिले यातायातको सुविधाले यो अवस्था रहेन’ सुन्दरहरैचा, मोरङ्गको एक ड्राईभिङ्ग प्रशिक्षण केन्दका प्रोप्राईटर काजी कुमार तिमिल्सिनाले भने– ‘अहिले चालिस बर्ष कटेको अभिभावकलाई पनि ड्राईभिङ्ग सिक्न आवश्यकता बोध हुन थालिसकेको छ ।, यूवामाझ त यो अनिवार्य जस्तै छ, स्वदेश बिदेश सवैतिर आवश्यक भईसकेको छ, तर ड्राईभिङ्ग र ट्राफिक बारे औपचारिक शिक्षा छैन ।’ यातायात ब्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र इटहरीले मात्र चालक अनुमति पत्र (लाईसन्स)संग सम्बन्धित दैनिक सात सय देखि एक हजारसम्म सेव
विराटचोक । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत सुन्दरहरैंचाका बालबालिकालाई नेतृत्व विकाससम्बन्धी तालिम दिइएको छ । समावेशी बाल क्लब सञ्जालका लागि आयोजित तालीममा बाल सञ्जालका प्रतिनिधि तथा अपाङ्गता भएका बालबालिका गरी ४० जनाभन्दा बढी सहभागी थिए । तालीम समापन समारोहलाई सम्बोधन गर्दै सुन्दरहरैंचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईँले बालबालिकाको क्षमता अभिवृद्धि गराई उनीहरुलाई हरेक क्षेत्रमा अघि बढाउने कार्यमा नगरपालिका सधैँ लाग्ने बताए । बाल सञ्जालको माध्यमबाट बालबालिकामा बढिरहेको आत्मविश्वासको आफूले मूल्याङ्कन गरेको बताउँदै उनले बालबालिकाले माग गरेका कार्यक्रम सञ्चालनमा नगरपालिका