शिक्षकलाई उद्घोषण तालिम

  • जेठ ६, २०८० / नेपाल रेखा
alt

इटहरी । शिक्षकहरुलाई उदघोषण कलामा दक्षतामा प्रदान गर्ने उद्देश्यले नेपाल शिक्षक संघ इटहरी उपमहानगर समितिले उद्घोषण तालिमको आयोजना गरेको छ ।
नेपाल शिक्षक संघको ३४ औं स्थापना दिवसको अवसर पारेर संघको इटहरी समितिले जिल्लाका विभिन्न पालिका क्षेत्रमा अध्यापन गर्दै आएका ६० जना शिक्षक शिक्षिकाको सहभागितामा तालिमको आयोजना गरेको हो ।
तालिममा नेपाली काँग्रेस सुनसरीका सचिव समेत रहेका प्रशिक्षक विरेन्द्रकुमार शाहले सहजिकरण गरेका थिए । नेपाल शिक्षक संघ इटहरीका अध्यक्ष बासुदेव कर्णको अध्यक्षता तथा जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगर समितिको दोस्रो अधिवेशन सफल बनाउन महत्वपूर्ण योगदान गरेको भन्दै मिनु न्यौपाने र गोपाल पराजुलीलाई सम्मान गरियो । त्यसै गरी शिक्षक सेवा आयोगबाट विभिन्न तहमा उत्तिर्ण गरेर जिल्लाका विभिन्न ठाँउमा नियुक्ती पाएका स्थायी शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय उपमहासचिव ज्योति कोइराला, नेपाल शिक्षक संघ सुनसरीका अध्यक्ष वेणु सिग्देल लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

गोधुली साँझमा माछा म ...

सुनसरीको कोसी गाउँपालिकास्थित नेपाल-भारत सीमामा पर्ने म ...

तीव्र गतिको हावाहुरी ...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था ...

वागेश्वरी मन्दिर ...

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित घरबा ...

एस.ई.ई. स्पिकर प्रति ...

धरान । र्याडिकल लाईट नेपाल प्रा.लि. धरानको आयोजनामा सञ् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]