म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको बेल्फी लुरवाङ सिँचाइ योजनाको ३७ वर्षपछि पक्की नहर निर्माण भएको छ । विसं २०४५ मा निर्माण भएको कच्ची नहर पक्की भएपछि योजनाबाट लुरवाङमा रहेको १५० घरधुरी किसानको करिब ३०० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको उपभोक्ता समितिले जनाएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा उपभोक्ता समितिले योजना निर्माण गरेको हो । नहरमा पानी चलाएपछि लुरवाङ्को फाँटमा धान रोपाइका लागि यसपाली आकाशे पानी कुर्न नपरेको स्थानीय किसान वुद्धि जुग्जालीले बताउनुभयो । कच्चि नहरमा पानी सोसिने र भिरमा पाइप राख्दा डढे
राजन केडी इटहरी । कोशी प्रदेश सरकारले सुनसरीको धरान, इटहरी, बराहक्षेत्र र रामधुनीका विभिन्न वडाका सडकलाई कालोपत्रे गरी राष्ट्रिय राजमार्गसँग जोडेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१–०८२ मा १० लाखदेखि ६० लाख बजेट विनियोजनमार्फत वडाका सडकलाई राष्ट्रिय राजमार्गसँग जोडेको हो ।घरअगाडिको बाटो करोडभन्दा मुनिको बजेटमै मुख्य राजमार्गसँग जोडिएपछि स्थानीयवासीको यात्रा निकै सहज भएको छ । इटहरी–२ का लक्ष्मी भट्टराई घरअगाडिको बाटो कालोपत्रे भएपछि कता हो कता आनन्दको दिन फर्किएको बताउँछन् । उनलाई अब न उपमहानगरपालिका कार्यालय पुग्न गाह्रो छ, न त टोलभित्र नै यताउता जान–आउन सकस पर्छ । उनक
खोटाङ । कोशी प्रदेश सरकारले खोटाङ जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १५ शय्यामा सञ्चालन हुँदै आएको अस्पताललाई ५० श्ययामा स्तरोन्नति गर्ने निर्णय गरेको हो । विसं २०४९ वैशाख १ गते स्थापना भएर १५ शय्यामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न गत वैशाख १ गते स्वास्थ्यमन्त्री भूपेन्द्र राईले मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्नुभएको थियो । पचास शय्यामा स्तरोन्नति गर्नेगरी निर्माण सुरु गरिएको अस्पताल भवनको काम अन्तिम चरणमा पुगेपछि स्तरोन्नतिका लागि मन्त्रीस्तरीय बैठकबाट प
झापा । मनसुन सुरु हुनु अगावै पूर्वपश्चिम राजमार्गको पूर्वीखण्डमा निर्माणाधीन एसियन हाइवेको डाइभर्सनको काम सम्पन्न गरिसक्न काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) दमकले निर्देशन दिएको छ ।एशियाली विकास बैंकको सहयोगमा १० अर्बको लगानीमा एसियन हाइवेको स्तरोन्नति भइरहेको छ । निर्माण सम्बन्धी ठेक्का लिएको निर्माण कम्पनीलाई डाइभर्सनको काम चाँडो सक्न आज पत्राचारमार्फत निर्देशन दिइएको कार्यालयका आयोजना प्रमुख ई. सुनिलबाबु पन्तले बताउनुभयो । मनसुनी वर्षा सुरु भएपछि सडक निर्माणका क्रममा बनाइएका डाइभर्सन बाढीले बगाएर यातायात समेत अवरुद्ध हुनसक्ने जोखिम बढेकाले डाइभर्सनको काम छिटोभन्दा छिटो
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ मझौलेका स्थानीयको सामन्य स्वास्थ्य सेवा लिन घण्टौँ हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ । गाउँमा नै आधारभूत सामुदायिक स्वास्थ्य सेवा सञ्चालनमा आएपछि स्थानीयको समस्या हटेको हो । नागरिकलाई सहज सेवा प्रदान गर्न तत्कालीन साविक खावा गाउँ विकास समितिका–९, ८ र ७ का स्थानीयलाई लक्षित गरेर सामुदायिक स्वास्थ्य सेवामार्फत सेवा प्रवाह भइरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । नागरिकले पाएको सास्तीलाई समाधान गर्न आफूले जनप्रतिधि बन्दै गर्दा गरेको वाचा अनुसार नै स्वास्थ्य इकाई स्थापना गरेर सेवा प्रवाह गरेको उहाँले बताउनुभयो ।“यहाँका न
तनहुँ । भानु मार्गको काम पछिल्लो समय तीव्र रुपमा अगाडि बढेको छ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको पहिचानलाई जीवन्त राख्ने उद्देश्यले नामकरण गरिएको सो मार्गको निर्माण कम्पनीलाई भुक्तानी नभएको जनाउँदै पछिल्लो समय काम रोकिएको थियो । भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले खेत धितोमा राखेर ठेकेदारलाई भुक्तानी दिएपछि कामले गति लिएको हो । नगरवासीले भोग्नुपरेको सास्तीलाई सहज बनाउन रकम अभावले सडक निर्माणमा विलम्ब भएपछि उहाँले खेत धितो राखेर भुक्तानी दिने र जमानी बसेर निर्माणको सामग्री उपलब्ध गराएपछि कामले तीव्रता पाएको छ । “वर्षायाम लाग्ने बेला हुँदासमेत सडक अलपत्र भएपछि यस्तो निर्म
धिरेन्द्र कुमार चौधरी केराबारी-९ मोरङका ५८ बर्षिय भिम प्रसाद ढकाल आठ बर्ष देखि टेम्पो चलाउदै आउनुभएको छ । केहि बर्ष अघि सम्म बिराटचौक देखि बिराटनगर सम्म टेम्पोमा पुग्न डेढ घण्टा लाग्थ्यो । ढकाल भन्नुहुन्छ “साघुरो बाटो त्यहि माथि खाल्डाखुल्डी कम्ता कष्ट थिएन बिराटनगर पुग्न । अहिले त चार लेनको कालोपत्रे सडक सरर्रर बिराटनगर पुग्न ४५ मिनेट पनि लाग्दैन ।” कोशी प्रदेश सरकारले नमूना गौरवका बहुबर्षेयोजना अन्र्तगत बिराटचौक घिनाघाट सडकको स्तरोन्नती गरि चारलेनको बनाएपछि बिराटचौक र बिराटचौकदेखि पूर्वका बासिन्दालाई बिराटनगर आउजाउ गर्न सहज भएको छ ।तत्कालिन मुख्यमन्त्री शेरधन राईले २०७६ साल भदौ
धिरेन्द्रकुमार चौधरी रामधुनी । सुनसरीको रामधुनी नगरपालिका कार्यालय झुम्का सुनसरीको ९ वटै वडाको भित्रीवस्तीसम्म कालोपत्र सडक निर्माण भैरहेको छ । पहिले राजमार्ग र शहर बजारमा मात्र देखिने कालोपत्र बाटो अहिले भित्रीवस्तीसम्म बन्न थालेको देखिन्छ ।नगरपालिकामा ९ वटा वडा कार्यालय छन् । नपाको सबै वडाको विभिन्न ठाउमा ग्रामीण बाटोमा गत बर्ष बनेको थियो र चालु आ.ब.पनि ठाउठाउमा कालोपत्र बाटो निर्माणाधिन अबस्थामा रहेको छ । रामधुनी नपा वडा न. ४ को भित्रको पिडारी गाउमा पहिलोपटक कालोपत्र बाटो निर्माण भएको छ । वडामा रहेको पिडारी, पथरदेवा र रामपुरा गाउको योजना अन्तर्गत ५० लाख रुपैयाको बजे
बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर ५ वडा कार्यालयले सिमेन्टका २० थान कुर्सी वितरण गरेको छ । सिमेन्टका कुर्सी तेतरिया बजार चौक देखि तेतरियाको बाङे चौक सम्ममा फरक–फरक ठाउँमा राखिएको छ । सडकका दुवै छेऊमा स्थानीय र यात्रुहरूलाई सहजताका लागि राखिएको वडा नं ५ का वडा अध्यक्ष भेषनारायण चौधरीले बताए । त्यतै वडाले २ सय ४० थान प्लाष्टिक कुर्सी पनि वितरण गरेको थियो । प्लाष्टिकका कुर्सीहरू सामुदायिक भवन, चर्च, मठमन्दिर, गाउँ घर क्लिनिकलाई वितरण गरिएको वडा अध्यक्ष चौधरीले जानकारी गराएका छन् । वडाले वडा नं ५ का सामुदायिक विद्यालयका मन्टेश्वरी शिक्षिकाहरू र स्थानीय गरी २०
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थिर सरकार बिना मुलुकको आर्थिक विकासले फड्को नमार्ने बताएका छन् । मोरङका बूढीगंगा गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभाका सांसदसमेत रहेका नेता कोइरालाले स्थिर सरकार र सुशासनका लागि अहिलेको निर्वाचन प्रणालीलाई संशोधन गर्नुपर्नेमा जोड दिए । उनले स्थिर सरकार नभएकै कारण सोचजस्तो मुलुकको विकास हुन नसकेको उनको तर्क थियो । अहिलेको निर्वाचन प्रणाली रहेसम्म स्थिर सरकार बन्न नसक्ने कोइरालाले बताए । “अहिलेको निर्वाचन प्रणाली रहेसम्म कुनै पनि दलले बहुमत ल्याउने अवस्था छैन । बहुमत न