भोजपुर विकासका लागि गुरुयोजना बनाइने – सांसद परशुराम तामाङ

  • वैशाख ४, २०८३ / नेपाल रेखा
alt

इटहरी । प्रतिनिधिसभाका सांसद परशुराम तामाङले भोजपुर जिल्लाको समग्र विकासका लागि दीर्घकालीन गुरुयोजना तयार गरिने बताएका छन् । प्रतिनिधिसभामा निर्वाचित भएपछि शुक्रबार सुनसरीको इटहरीमा आयोजित पार्टीका अगुवा नेता तथा कार्यकर्तासँगको संक्षिप्त भेटघाटमा उनले यस्तो जानकारी दिएका हुन् ।
तामाङले भोजपुरमा जन्मिएर प्रतिनिधिसभामा पुगेका ६ जना सांसदसँग समन्वय गरी जिल्लाको समग्र विकासका लागि साझा खाका तयार पारिने बताए । साथै, भोजपुरबाट काठमाडौं पुगेर विभिन्न पेशा तथा व्यवसायमा संलग्न प्रबुद्ध व्यक्तित्वहरूसँग समेत सहकार्य गर्दै विकासको गुरुयोजना निर्माण गरिने उनको भनाइ छ ।
भेटघाटका क्रममा पार्टीका नेताहरू परशुराम बस्नेत, पदम अधिकारी, शिवकुमार डाँगी, राजेश खतिवडा, दिलकुमार राई, सन्तोष मुक्मिन राई र दिनेश राईलगायतले जिल्लाको विकास निर्माणका विषयमा सांसद तामाङलाई विभिन्न सुझाव दिएका थिए ।
२०३३ सालदेखि वामपन्थी राजनीतिमा सक्रिय तामाङ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनेका हुन् । उनी नेकपा आयोजक समिति तथा पूर्व माओवादी केन्द्रको स्थायी समिति सदस्यसमेत भइसकेका छन् ।
फागुन २००८ मा भोजपुरमा जन्मिएका तामाङ अर्थराजनीति, संघीयता, मानव अधिकार, जैविक विविधता, पर्यावरण तथा राज्य पुनःसंरचनालगायत विषयमा कलम चलाउने लेखकका रूपमा पनि परिचित छन् । तामाङ जातिसम्बन्धी विषयमा केन्द्रित गरी उनले दुई दर्जनभन्दा बढी पुस्तक प्रकाशन गरिसकेका छन् ।

कोसी र चतरा क्षेत्र ...

उदयपुरको बेलका नगरपालिका-८, बोप्ताङस्थित पाराग्लाइडिङ स ...

डोकोमा बोकेर बिरामील ...

कैलालीको मोहन्याल गाउँपालिका–३ स्थित मु ...

आर्थिक अपराध नियन्त् ...

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले एक महिना (चैत ...

सरकारी छाप दुरुपयोग ...

दाङ । सरकारी छाप दुरुपयोग गर्नुका साथै कीर्ते हस्ताक्षर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]