रानी नाकालाई व्यवस्थित बनाउन महानगर र सुरक्षा निकायको संयुक्त अनुगमन अव्यवस्थित पार्किङ, सरसफाइ र चोरीतस्करी नियन्त्रणलाई प्राथमिकता

  • मंसिर १२, २०८३ / नेपाल रेखा
alt

विराटनगर / नेपाल–भारतको प्रमुख प्रवेशद्वारका रूपमा रहेको विराटनगरको रानी नाकालाई व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउने उद्देश्यले महानगरपालिका र सुरक्षा निकायको संयुक्त टोलीले स्थलगत निरीक्षण गरेको छ । सीमा क्षेत्रमा बढ्दै गएको अव्यवस्थित पार्किङ, सरसफाइको समस्या, शौचालय व्यवस्थापन तथा चोरीतस्करी नियन्त्रणका विषयलाई केन्द्रमा राखेर टोलीले अनुगमन गरेको हो ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको नेतृत्वमा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मा, मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवाल, सशस्त्र प्रहरी उपरीक्षक गेहेन्द्र भण्डारी र राष्ट्रिय अनुसन्धान विभाग मोरङका प्रमुख राजन सापकोटासहितको टोलीले सीमा नाकाको अवस्थाबारे स्थलगत जानकारी लिएको थियो ।
अनुगमनका क्रममा सीमा क्षेत्रको फोहोर व्यवस्थापन, सार्वजनिक शौचालयको अवस्था, सवारीसाधनको पार्किङ, आवागमनमा देखिएका समस्या तथा सुरक्षा व्यवस्थाबारे छलफल भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिए । महानगरपालिका र जिल्ला प्रशासनसहितका सुरक्षा निकायबीच समन्वय गरेर सीमा क्षेत्रका समस्या समाधान गर्ने विषयमा समेत छलफल भएको उनले बताए ।
विशेषगरी नेपालतर्फको ढाट र त्यस आसपास क्षेत्रमा देखिएको अव्यवस्थित पार्किङलाई तत्काल व्यवस्थित गर्नुपर्ने विषयमा टोलीले चासो देखाएको छ । सवारीसाधन जथाभावी पार्किङ हुँदा नेपाल र भारतबीच आवतजावत गर्ने यात्रु तथा सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । यसलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउन महानगर प्रमुख कोइरालाले निर्देशन दिएका छन् ।
महानगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार सीमा क्षेत्रमा सवारी आवागमन सहज बनाउन पार्किङ व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ । सडक तथा नाकाको आसपासमा जथाभावी सवारी रोक्ने प्रवृत्तिले पैदलयात्रु र सवारीसाधन दुवैलाई समस्या पार्दै आएको छ । त्यसैले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने र सम्बन्धित निकायबीच नियमित समन्वय गर्ने विषयमा समेत छलफल भएको छ ।
अनुगमन टोलीले भारततर्फ यात्रा गर्ने नेपाली नागरिकलाई सम्भावित समस्या र जोखिमबाट जोगाउन राखिएको सचेतनामूलक सूचना पाटीको समेत अवलोकन गरेको थियो । महानगरपालिका र जिल्ला प्रहरी कार्यालय मोरङको पहलमा सीमा क्षेत्रमा राखिएको उक्त सूचना पाटीमा नेपाली, अंग्रेजी र हिन्दी भाषामा यात्रुले ध्यान दिनुपर्ने विषय समेटिएका छन् ।
भारत प्रवेश गर्दा आवश्यक सावधानी, यात्राका क्रममा अपनाउनुपर्ने सुरक्षा उपाय तथा सम्भावित ठगी र अन्य समस्याबाट बच्ने उपायबारे जानकारी दिने उद्देश्यले सूचना पाटी राखिएको हो । सूचना पाटीमा राखिएको सङ्केत चिह्न स्क्यान गरेर यात्रुले मोबाइलबाटै विस्तृत जानकारी लिन सक्ने व्यवस्था पनि मिलाइएको छ ।
सीमा नाकामा हुने आवागमनलाई सहज बनाउनुका साथै यात्रुको सुरक्षा र सुविधालाई प्राथमिकता दिन यस्ता सचेतनामूलक अभियान प्रभावकारी हुने मेयर कोइरालाको दाबी छ ।
नेपाल–भारतबीच दैनिक ठूलो संख्यामा मानिसको आवतजावत हुने रानी नाकामा व्यवस्थित पार्किङ, सफा वातावरण, पर्याप्त सार्वजनिक शौचालय र प्रभावकारी सुरक्षा व्यवस्थापन लामो समयदेखि चुनौतीका रूपमा रहँदै आएका छन् । 

सुरक्षण मुद्रण केन्द ...

काभ्रेपलाञ्चोक। यहाँको पनौती नगरपालिका–५ धनेश्वरस ...

इटहरीमा वर्षमान पुनक ...

इटहरी । नेपाली कम्युनिस्ट पार्टीले दुईमहिने राष्ट्रिय ज ...

प्रधानमन्त्री शाह र ...

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वत ...

वातावरणीय पक्ष र स्थ ...

काभ्रेपलाञ्चोक । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमि ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]