बिदेशमा रामधुनीका एक युवाको मृत्यु, शव ल्याउन पहल गरिदिन परिवारको आग्रह

  • साउन ८, २०७९ / नेपाल रेखा
alt

धिरेन्द्रकुमार चौधरी
रामधुनी । वैदेशिक रोजगारमा साउदी अरबको एक कम्पनीमा कार्यरत रहेको सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ३ निबासी करिब ३६ बर्षीय मनोज चौधरीको मृत्यु भएको मृतकको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
मृतकका भाइ सरोज चौधरीले कोठामा सुतिरहेको अबस्थामा दाजुको मृत्यु भएको खबर प्राप्त भएको बताए । दाजुसंगै कोठामा बस्दै आएका रामधुनी–६ निवासी कृष्ण चौधरीले असार १७ गते फोन मार्फत मृत्यु भएको खबर सुनाएको उनले बताए । मृत्युको खबर आएपछि परिवार र गाउनै शोकमा डुबेको छ । मृतकको एक पत्नी, एक छोरी, बुबा, आमा, दुई दाजु भाइ रहेका छन् ।
दश महिना अगाडि काठमाडौमा एस.ओ.एस. मेन पावरको सुनसरीकै इटहरीमा रहेको शाखा कार्यालयमार्फत साउदीको दमारमा रहेकोे गुल्फ एशिया कन्ट्राक्टिङ कम्पनि पुगेर नाजिर अल हजिरा कम्पनिमा कार्यरत रहेको बताइएको छ । शोकाकुल परिवारले मृतकको शव ल्याउन पहल गरीदिनु हुन सम्बन्धित निकायहरुलाई आग्रह समेत गरेको छ ।

सामाजिक सञ्जाल नियमन ...

काठमाडौँ । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन ग ...

इटहरीमा ‘कोशी एक्सिल ...

इटहरी । इटहरीमा रहेको नयन एड्भरटाइजिङ मिडिया प्रालिद्वा ...

स्वास्थ्यप्रति सचेत ...

बलेवा । यहाँको निसीखोला गाउँपालिका–२ कान्लेचौरका ...

लमजुङमा मह बिक्रीबाट ...

लमजुङ । पहाडी जिल्ला लमजुङमा मह उत्पादन बढेको छ । गत वर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]