बिदेशमा रामधुनीका एक युवाको मृत्यु, शव ल्याउन पहल गरिदिन परिवारको आग्रह

  • साउन ८, २०७९ / नेपाल रेखा
alt

धिरेन्द्रकुमार चौधरी
रामधुनी । वैदेशिक रोजगारमा साउदी अरबको एक कम्पनीमा कार्यरत रहेको सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ३ निबासी करिब ३६ बर्षीय मनोज चौधरीको मृत्यु भएको मृतकको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
मृतकका भाइ सरोज चौधरीले कोठामा सुतिरहेको अबस्थामा दाजुको मृत्यु भएको खबर प्राप्त भएको बताए । दाजुसंगै कोठामा बस्दै आएका रामधुनी–६ निवासी कृष्ण चौधरीले असार १७ गते फोन मार्फत मृत्यु भएको खबर सुनाएको उनले बताए । मृत्युको खबर आएपछि परिवार र गाउनै शोकमा डुबेको छ । मृतकको एक पत्नी, एक छोरी, बुबा, आमा, दुई दाजु भाइ रहेका छन् ।
दश महिना अगाडि काठमाडौमा एस.ओ.एस. मेन पावरको सुनसरीकै इटहरीमा रहेको शाखा कार्यालयमार्फत साउदीको दमारमा रहेकोे गुल्फ एशिया कन्ट्राक्टिङ कम्पनि पुगेर नाजिर अल हजिरा कम्पनिमा कार्यरत रहेको बताइएको छ । शोकाकुल परिवारले मृतकको शव ल्याउन पहल गरीदिनु हुन सम्बन्धित निकायहरुलाई आग्रह समेत गरेको छ ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]