विद्यार्थीका निम्ति उद्घोषण तथा माइन्यूट लेखन तालिम

  • असार ६, २०८२ / नेपाल रेखा
alt

इटहरी । इटहरी वडा नं. १ मा सञ्चालित श्री राष्ट्रिय माध्यमिक विद्यालयले विद्यार्थीका निम्ति शुक्रबार एक दिने उद्घोषण तथा माइन्यूट लेखन तालिम गरेको छ । 
विद्यालयले विद्यार्थीहरुको व्यक्तित्व र नेतृत्व क्षमता अभिवृद्धि गर्ने तथा व्यवहारिक अभ्यास लेखनका लागि तालिम आयोजना गरेको हो । तालिममा कक्षा ७ देखि १० सम्मका ३५ जना विद्यार्थीसहित विभिन्न विद्याका छ जना संयोजक शिक्षक–शिक्षिकाको सहभागिता रहेको थियो । 
तालिम समापन समारोह विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतको अध्यक्षमा भएको थियो । सो क्रममा उनले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा लुकेर रहेको प्रतिभा उजागर गर्न तालिमले सहयोग गर्ने उनले बताए । विद्यार्थीहरुलाई सबै क्षेत्रमा अब्बल बनाउन विभिन्न खालका तालिम दिने सन्दर्भमा वार्षिक कार्यक्रम अनुसार उद्घोषण कला र माइन्यूट लेखन गरिएको बस्नेतले बताए ।सो क्रममा विद्यालयका सहायक प्रधानाध्यापक द्दय लक्ष्मी सुवेदी र यमुना बस्नेत शिक्षक रोवनराज कार्की  तथा सुशीला काफ्लेले बोलेकी थिइन् । कार्यक्रमका वक्ताले विद्यार्थीहरुले सिकेको सिपलाई व्यवहारमा प्रयोग गर्न आग्रह गरे । तालिममा पत्रकार अमर खड्का, स्मारिका राई तथा राष्ट्रिय माध्यमिक विद्यालय अतिरिक्त क्रियाकलाप समिति संयोजक शिक्षक युवराज काफ्लेले सहजीकरण गरेका थिए ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]