इटहरी । कम्पास एभिएसन इन्टरनेशनल कलेज इटहरी शाखाले आफ्ना प्रशिक्षार्थीहरुलाई होटल भिजिट गराई अन्तरक्रिया गरेको छ ।
सुनसरी इटहरीको होटल सगरमाथामा वुधवार अन्तरक्रिया कार्यक्रम गरिएको हो । अन्तरक्रियामा संचारकर्मी, विभिन्न कलेजका शिक्षकहरु, सरकारी कर्मचारीहरु, सामाजिक क्षेत्रका व्यक्तित्वहरु सहभागि थिए ।
गत मंसिरदेखि संचालित कम्पास एभिएसन इन्टरनेशनल कलेज इटहरीमा ३२ जना प्रशिक्षार्थी रहेको कम्पास एभिएसनका कोसी प्रदेश कोअर्डिनेटर नवीन खवास (नवीन विकल्प) ले बताए । कलेजमा एयर होस्टेज, ग्राउण्ड ह्याण्डलिङ्ग, क्याविन कृयू विषयमा तालिम प्रदान गरिन्छ । कोअर्डिनेटर नवीनकाअनुसार यो कोर्स ९ महिने हुन्छ र ६० हजारमा कोर्ष पूरा हुन्छ । कोसी प्रदेशको दमकमा पनि यस किसिमको तालिम भइरहेको र त्यहाँ १४ जनाले तालिम लिइरहेको उनले जानकारी दिए । चितवन भरतपुरमा केन्द्रीय कार्यालय रहेको कम्पास एभिएसनको काठमाडौंको चक्रपथ र बाग बजारमा पनि तालिम केन्द्रहरु रहेका छन् ।
यी केन्द्रमा तालिम लिइएकाहरु अहिले इण्डीयन, कुवेत, बुद्ध, यतिलगायतका एयरलाइन्समा काम गरिरहेका छन् ।