बुद्धिजीवी संगठनको सुनसरी संयोजकमा धरणीधर बराल

  • असार १, २०८१ / नेपाल रेखा
alt

इटहरी । नेपाल बुद्धिजीवी संगठनको सुनसरी जिल्ला भेला शनिबार इटहरीमा सम्पन्न भएको छ ।
नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालयको सभाहलमा भएको भेलाले धरणीधर बराललाई सुनसरी जिल्ला संयोजक चयन गरेको छ ।
सहसंयोजकमा इटहरीका अग्रज पत्रकार अर्जुन शर्मा चयन भएका छन् । त्यसैगरि, रन्जनकुमार मेहता पनि सहसंयोजकमा चयन भएका छन् । शर्मा प्रेस सेन्टर नेपाल सुनसरी संयोजक हुदै केन्द्रीय सदस्यको जिम्मेवारीमासमेत छन् ।
संगठनको जिल्ला सचिवमा सेमन्त खनाल चयन भएका छन् । संगठनको सदस्यहरुमा लक्ष्मीप्रसाद घिमिरे, एकराज खत्री, शेषकुमारी घिमिरे, पवनकुमार साह, दिनेश यादव रहेका छन् ।
बुद्धिजीवी भेलालाई प्रशिक्षण दिदै नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् सुनसरी इन्चार्ज निर्मल वराल, सोही पार्टीका प्रदेश १ उपाध्यक्ष शिवकुमार डाँगी, बुद्धिजीवी संगठनका केन्द्रीय नेता जंगराज गिरीले पार्टीलाई बुद्धिजीवी क्षेत्रमा व्यापक विस्तार गर्न सुझाव दिएका थिए ।

गर्मी छल्न पौडी ...

सुनसरीको इनरुवा नगरपालिका-६ स्थित सुनसरी मोरङ सिचाइँ आय ...

गृहमन्त्रीलाई ज्ञाप ...

बाराको निजगढमा मङ्गलबार गृहमन्त्री सुधन गुरुङ ...

भानुजयन्ती प्रभातफेर ...

आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका ...

मादी माध्यमिक विद्या ...

इटहरी । संखुवासभाको मादी माध्यमिक विद्यालय पूर्व विद्या ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]