नेकपा (माओवादी केन्द्र) प्रदेश १ को आयोजनामा प्रदेश परिषद सदस्यका लागि प्रशिक्षण हुदै

  • माघ २६, २०८१ / नेपाल रेखा
alt

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रदेश १ कार्यालयले प्रदेश स्तरीय बैठक तथा प्रशिक्षण आयोजना गरेकोछ ।
आउदो फागुन ३ गते मोरङको विराटनगरमा प्रदेश परिषद प्रशिक्षण आयोजना गरिएको प्रदेश सचिव गणेश उप्रेती (शुशील) ले जिल्लाहरुका सहइन्चार्ज, संयोजकहरु र सचिवहरुलाई सर्कुलर पठाएका छन् । फागुन ४ गते भने प्रदेश कमिटिको बैठक बस्नेछ ।
प्रदेश परिषद सदस्यलाई पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र महासचिव देवप्रसाद गुरुङ्गले प्रशिक्षणलाई दिने कार्यक्रम रहेको प्रदेश उपाध्यक्ष एवम् प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख विजय साङपाङ्गले जानकारी दिए ।
प्रशिक्षणमा प्रदेश समिति सदस्य, प्रदेश सल्लाहकार, प्रदेश जेष्ठ कम्युनिष्ट मन्चका सदस्य सहभागि हुनेछन् । त्यसैगरि जवस मोर्चाका केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला अध्यक्षहरु, प्रदेश विभागका प्रमुख, उपप्रमुख र सचिव सहभागि हुने प्रचार विभाग प्रमुख साङपाङ्गले बताए ।
साथै पालिका समिति अध्यक्ष (सम्मेलन भइसकेका पालिकाको हकमा हाल निर्वाचित र पूर्व अध्यक्षसमेत र मनोनित प्रदेश परिषद सदस्यसमेत प्रशिक्षणमा सहभागि हुन पाउने व्यवस्था गरिएकोछ ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]