पूर्व प्रधानमन्त्री नेपाल र पूर्व मन्त्री रिजाललगायत ९७ जना बिरुद्ध विशेष अदालतमा मुद्दा दायर

  • कार्तिक १८, २०८३ / नेपाल रेखा
alt

काठमाडौँ- पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र पूर्व मन्त्री डा. मिनेन्द्र रिजाललगायत ९७ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

२०६६ सालमा रिजाल क्यानिङ एन्ड कम्पनी प्रालिको नाममा विराटनगरमा रहेको सरकारी सार्वजनिक सम्पत्ति सट्टापट्टा गरी बिक्री गर्न दिने निर्णय मन्त्रीपरिषदबाट गराएको आरोप आयोगले लगाएको हो । आयोगले नेपाल र रिजालसहित ९७ जना विरुद्ध मुद्दा दायर गर्नुकासाथै प्रतिवादीहरुबाट ७३ करोड ४९ लाख रुपैयाँ मागदावी समेत गरेको छ ।

कम्पनीले २०३२ सालमा फलफूल उद्योगकालागि सुनसरी र मोरंग जिल्लामा राख्न पाएको हदबन्दीभन्दा बढी जमीन शर्त विपरित प्रयोग गरेको भन्दै सरकारले २०४८ सालमा जफत गरेको थियो ।

मोरङ्गमा रहेको जमिन बदनियतपूर्ण तरिकाले सट्टापट्टा गरी बिक्री गर्न दिने निर्णय गरी सरकारलाई ठूलो आर्थिक हानी नोक्सानी पुर्‍याएको आयोगले जनाएको छ । मुद्दा दायर गरिएकाहरुमा तत्कालीन सचिव, सहसचिव, उपसचिव तथा अन्य कर्मचारीसमेत रहेका छन् ।

एनपिएलः लुम्बिनी लाय ...

काठमाडौँ । गत संस्करणको विजेता लुम्बिनी लायन्सले नेपाल ...

उमेरसँगै किन फरक लाग ...

  उही टीका, उही जमरा, उही परिवारसँगको भेटघाट र उह ...

बालबालिकालाई भिटामिन ...

नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत दाङ ...

इटहरी वडा प्रहरी कार ...

इटहरी । जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त भई खण्डहरमा ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]