इटहरी वडा प्रहरी कार्यालय परिसरमा प्रतिक्षालय निर्माण, वडाध्यक्ष पोख्रेलद्वारा उद्घाटन

  • कार्तिक १७, २०८३ / नेपाल रेखा
alt

इटहरी । जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त भई खण्डहरमा परिणत भएको इलाका प्रहरी कार्यालय इटहरीको पुरानो भवन पुनर्निर्माण तथा व्यवस्थापनपछि वडा प्रहरी कार्यालयका रूपमा पुनःस्थापना भई सञ्चालनमा आएको परिसरमा प्रतिक्षालय निर्माण गरिएको छ । सेवाग्राही, स्थानीय नागरिक तथा प्रहरी कार्यालयमा आउने सर्वसाधारणलाई सहज हुने उद्देश्यले निर्माण गरिएको प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको हो ।
इटहरीको मुख्य बजार क्षेत्रको शान्ति सुरक्षा र नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यसहित सञ्चालनमा रहेको वडा प्रहरी कार्यालयमा प्रहरी नायव निरीक्षक होमप्रसाद खनालको कमान्डमा १० जनाको प्रहरी टोली परिचालित हुँदै आएको छ । विशेषगरी इटहरीको व्यस्त बजार क्षेत्रको सुरक्षा व्यवस्थापन, शान्ति सुव्यवस्था कायम तथा नागरिकका समस्या सम्बोधनमा कार्यालयले काम गर्दै आएको छ ।
प्रहरी कार्यालयको भौतिक संरचना निर्माण, पुनःस्थापना तथा व्यवस्थापनमा विभिन्न सामाजिक संघसंस्था, स्थानीय समाजसेवी र इटहरी उपमहानगरपालिका वडा नम्बर ६ को सक्रिय सहयोग रहँदै आएको छ । सोही सहकार्यलाई निरन्तरता दिँदै वडा प्रहरी कार्यालय परिसरमा प्रतिक्षालय निर्माण गरिएको हो ।
निर्मित प्रतिक्षालयको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोख्रेलले गरेका थिए । उद्घाटनपछि बोल्दै वडाध्यक्ष पोख्रेलले प्रहरी कार्यालयमा आउने सेवाग्राही तथा सर्वसाधारणका लागि प्रतिक्षालय आवश्यक रहेको बताए । प्रहरी र नागरिकबीचको सम्बन्धलाई अझ आत्मीय बनाउन यस्ता संरचनाले सहयोग पुग्ने उनको भनाइ थियो । उनले आगामी दिनमा इटहरीका समाजसेवी तथा स्थानीयवासीको सहयोग जुटाएर प्रहरी कार्यालय परिसरमा मन्दिर स्थापना गर्ने योजना रहेको समेत जानकारी दिए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक सुभाष हमालले प्रहरी कार्यालयको संरचना निर्माण र व्यवस्थापनमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै नागरिकको सहयोगले प्रहरी सेवालाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने बताए ।
वडा प्रहरी कार्यालयका इन्चार्ज होमप्रसाद खनालले प्रतिक्षालय निर्माणले सेवाग्राहीलाई सहज हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा धनकुटा इटहरी सम्पर्क समाजका अध्यक्ष देशबन्धु कार्की, नागरिक समाज इटहरीका अध्यक्ष द्रोण न्यौपाने, पूर्वअध्यक्ष सन्तबहादुर डुम्जन, राजु केसी, समाजसेवी प्रदीप सन्थलीया लगायत स्थानीय समाजसेवीहरुको सहभागिता रहेको थियो ।

उमेरसँगै किन फरक लाग ...

  उही टीका, उही जमरा, उही परिवारसँगको भेटघाट र उह ...

बालबालिकालाई भिटामिन ...

नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत दाङ ...

अपहरणमा परेको जेनजी ...

– सरोजकुमार मिश्रभ्रष्टाचारविरूद्धको सङ्घर्षले मु ...

भिमादमा सयपत्री फूलख ...

दमौली (तनहुँ)।तनहुँको भिमाद नगरपालिकामा सयपत्री फूलखेती ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]