राष्ट्रपति पौडेलद्वारा भाइटीका ग्रहण

  • कार्तिक २५, २०८३ / नेपाल रेखा
alt

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गर्नुभएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले बहिनी शारदा पण्डितबाट आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा विधिपूर्वक भाइटीका लगाउनुभएको हो । 

सो अवसरमा राष्ट्रपति पौडेललाई बहिनी शारदाले ओखर, बदामसहितका फलफूल र सौगात प्रदान गर्नुभयो । राष्ट्रपतिले पनि बहिनीलाई टीका लगाएर उपहार र दक्षिणा प्रदान गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । 

नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले आज भाइटीकाको उत्तम साइत ११ बजेर ७ मिनेटमा रहेको जनाएको थियो  । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ । राससबाट

जलवायुजन्य विपद्पछि ...

टर्की । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विपद्पछिको पुन ...

नेपाल संवत् ११४७ सुर ...

काठमाडौँ। नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आ ...

पोखरा एभेन्जर्सको पह ...

काठमाडौँ ।  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा ...

आजदेखि कोप–३१ सुरुः ...

काठमाडौँ। गत भदौ १० मा भोटेकोशी नदीमा आएको विनासकारी बा ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]