पोखरा एभेन्जर्सको पहिलो जित, ६३ रनले कर्णाली पराजित

  • कार्तिक २३, २०८३ / नेपाल रेखा
alt

काठमाडौँ ।  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा पोखराले दिएको २१८ रनको लक्ष्य पछ्याएको कर्णाली १८.३ ओभर खेल्दै १५४ रनमा अलआउट भयो।

पोखराका लागि युवराज सम्राले १०२ रनको शतकीय पारी खेले। उनले ४८ बलमा १० चौका र छ छक्का प्रहार गरे। यस्तै, कप्तान कुशल भुर्तेलले ६२ तथा चमिका करुणारत्नेले अविजित ३५ रन बनाए।

एनपीएलको तेस्रो संस्करणमा यो पहिलो शतक हो। सम्राको शतक यस संस्करणको अहिलेसम्मकै उच्च व्यक्तिगत स्कोरसमेत बनेको छ।

बलिङतर्फ पोखराका मेहदी हसनले तीन विकेट लिए भने धनञ्जय लक्षण, विपिन खत्री र कुशल भुर्तेलले दुई-दुई विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१७ रन बनाएको थियो।

 

आजदेखि कोप–३१ सुरुः ...

काठमाडौँ। गत भदौ १० मा भोटेकोशी नदीमा आएको विनासकारी बा ...

तिहारको चौथो दिन गाई ...

काठमाडौँ। तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिका ...

नेपाली पोसाकमा विदे ...

विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दर ...

तिहार पर्व सुरु, मिथ ...

महोत्तरी। नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि सु ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]