एनपिएलः काठमाण्डु गोर्खाजलाई ६१ रनले हराउँदै चितवन राइनोज क्वालिफायर–२ मा प्रवेश

  • मंसिर ३, २०८३ / नेपाल रेखा
alt

काठमाडौँ । चितवन राइनोजले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको क्वालिफायर–२ मा स्थान बनाएको छ । आज भएको भएको ‘एलिमिनेटर’ खेलमा काठमाण्डु गोर्खाजलाई ६१ रनले हराउँदै चितवनले क्वालिफायर–२ मा स्थान बनाएको हो ।

चितवनले अब फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । आजको हारपछि काठमाण्डु भने उपाधि दौडबाट बाहिरिएको छ । ‘एलिमिनेटर’ खेलमा चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याएको काठमाण्डुले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । उसका लागि विलियम बोसिस्टोले ३७, भीम सार्कीले अविजित ३०, सहान अराच्चिगेले २४, रशिद खानले १२ र सन्तोष यादवले १० रन जोडे ।

बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन बनाउन सकेनन् । चितवनका लागि बलिङतर्फ रिजन ढकालले चार, उसामा मिरले तीन तथा कुशल मल्ल र सलाहुद्दीन खानले एक–एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०४ रन बनायो ।

उसका लागि ओपनिङ ब्याटर कामिल मिशाराले शतकीय पारी खेले । उनले ५९ बलमा १० छक्का र पाँच चौकासहित अविजित १२० रनको पारी खेलेका हुन् ।

योसँगै मिशारा जारी एनपिएलमा शतकीय पारी खेल्ने दोस्रो ब्याटर बनेका छन् । यस्तै, आज कप्तान रवि बोपाराले अर्धशतकीय पारी खेले ।

उनले ४२ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ५३ रनको पारी खेलेका हुन् । देव खनालले १५ बलमा दुई चौका र एक छक्कासहित १७ रन जोडे ।

काठमाण्डुका लागि बलिङतर्फ कप्तान करण केसी र रशिद खानले समान २/२ विकेट लिए ।

भारतबाट ३५० मेगावाट ...

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँद य ...

विपद्पछि होइन, नीतिम ...

टर्कीए । नेपालले जलवायु परिवर्तनबाट उत्पन्न जोखिमको प्र ...

पूर्व विद्यार्थीद्वा ...

–डि पी ढुंगेलमोरङ । मोरङको रङ्गेली नगरपालिका&ndas ...

एनपिएलः फाइनल प्रवेश ...

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]