चितवनद्वारा सुदूरपश्चिमसामु १३४ रनको लक्ष्य प्रस्तुत

  • मंसिर ३, २०८३ / नेपाल रेखा
alt

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्ससामु १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रनको योगफल बनाएको हो ।

चितवनका लागि डेविड मलानले सर्वाधिक ७१ रन बनाए । उनले ५१ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै अविजित ७१ रन बनाए । 

उसका लागि सलाहुद्दिन खानले १६ बलमा १८ रन तथा कमल ऐरीले ८ बलमा १० रन बनाए। त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । त्यस्तै देव खनालले ६ रन बनाए भने क्यामिल मिश्राले ४ रन बनाए ।

बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलाइनले उत्कृष्ट  ३ विकेट लिए भने थारिन्दु रत्नायकेले २ विकेट हात पारे ।

त्यस्तै हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेले समान १/१ विकेट लिए । सुदूरपश्चिम अहिले जवाफी ब्याटिङमा उत्रेको छ । 

 

चालु आवको तीन महिना: ...

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाम ...

एनपिएलः काठमाण्डु गो ...

काठमाडौँ । चितवन राइनोजले तेस्रो संस्करणको नेपाल प्रिमि ...

भारतबाट ३५० मेगावाट ...

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँद य ...

विपद्पछि होइन, नीतिम ...

टर्कीए । नेपालले जलवायु परिवर्तनबाट उत्पन्न जोखिमको प्र ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]