नेता चोकमा झण्डा अनावरण

  • जेठ १७, २०८३ / नेपाल रेखा
alt

मोरङ । १८ औँ गणतन्त्र दिवसको अवसर पारेर ग्रामथान गाउँपालिकामा राष्ट्रिय झण्डा अनावरण कार्यक्रम सम्पन्न गरिएको छ ।
इटहरी लेडिज जेसिजले मातृत्व प्रदान गरेको नेपाल जेसिजको १८६ औं शाखामध्ये मोरङ जिल्लाको शाखा ग्रामथान जेसिजको आयोजनामा ग्रामथान गाउँपालिकाको नेता चोकमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा ग्रामथान जेसिजका अध्यक्ष करण भगतको अध्यक्षता रहेको थियो । कार्यक्रममा इटहरी लेडिज जेसिजकी पूर्व अध्यक्ष तथा एमटिएस फोम इन्डस्ट्रीज प्रा.लि.की प्रमुख कार्यकारी अधिकृत इन्दिरा काफ्ले प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि काफ्लेले गणतन्त्रले नागरिकलाई अधिकार, स्वतन्त्रता र सहभागितामूलक शासन व्यवस्था प्रदान गरेको बताउँदै राष्ट्रिय झण्डा देशको गौरव र पहिचानको प्रतिक भएकाले यसको सम्मान सबैले गर्नुपर्ने धारणा राखिन् ।
उनले युवापुस्तालाई राष्ट्रप्रेम, सामाजिक उत्तरदायित्व र नेतृत्व विकासतर्फ अग्रसर गराउन यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गरिन् ।
त्यस्तै कार्यक्रमका अध्यक्ष करण भगतले गणतन्त्र दिवस नेपाली जनताको ऐतिहासिक उपलब्धिको प्रतिक भएकोले राष्ट्रिय झण्डा अनावरण कार्यक्रमले युवापुस्तामा राष्ट्रप्रेम, जिम्मेवारीबोध र सामाजिक एकताको भावना विकास गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा स्थानीय प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख, विभिन्न संघ,संस्थाका प्रतिनिधि, ग्रामथान जेसिजका संस्थापक अध्यक्ष, सदस्य तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]