बाढीका पीडितलाई डब्ल्युएचओ आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउने

  • भदौ १०, २०८३ / नेपाल रेखा
alt

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीका पीडितलाई आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउन लागेको छ ।
संगठनले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग कुराकानीपछि एक हजार जनालाई पुग्ने आधारभूत औषधि र स्वास्थ्य उपकरण पठाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै २४ स्क्वायर मिटरको १५ वटा आपतकालीन टेन्ट पनि प्रभावित क्षेत्रमा पठाउन लागेको जनाइएको छ ।
मन्त्रालयले बाढी प्रभावितका लागि काठमाडौँस्थित वीर अस्पताल र ट्रमा सेन्टरमा १०० वटा आपतकालीन शय्या छुट्याइएको जनाएको छ । साथै हालसम्म तीन जना घाइतेहरुलाई उद्धार गरी काठमाडौँ ल्याइसकिएको पनि मन्त्रालयको भनाइ छ ।
साथै काठमाडौँस्थित संघीय अस्पताल, रक्तसञ्चार केन्द्र, बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस, लायन्स, नेपाल स्काउटसँग पनि आपतकालीन स्वास्थ्य सेवाका लागि समन्वय भइरहेको जनाइएको छ ।

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

अस्पतालको गेटमै शिशु ...

इनरुवा । सुनसरीमा अस्पतालमा समयमा उपचार नपाएको आरोपपछि ...

हुलाकलाई ‘सरकारी कुर ...

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना ...

कांग्रेस महाधिवेशन प ...

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्र्तगत शुक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]