कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसेमैदानमा रहेका बाह्रसिंगा । निकुञ्जको मझगाउँ मुख्य कार्यालयबाट करिब २४ किलोमिटर दक्षिणमा रहेको शुक्लाफाँटा घाँसे मैदान नेपालकै सबैभन्दा ठूलो घाँसे मैदान मानिन्छ । करिब ३४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस मैदानमा चर्दै गरेको अवस्थामा विश्वकै ठूलो झुण्डका रूपमा बाह्रसिंगा पाइन्छ भने यी पर्यटकको मुख्य आकर्षणका रुपमा रहने गर्छन् । विसं २०८१ मा गरिएको गणनामा दुई हजार १८२ बाह्रसिंगा यहाँ देखा परेका थिए । तस्बिर- राजेन्द्रप्रसाद पनेरु-रासस