पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटारमा अवस्थित भेडेटार पार्क । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं ६ भेडेटारमा करिब एक दशकअघि रु नौ लाख ७४ हजारको लागतमा १८ फिट अग्लो नेपालकै ठूलो शङ्खको प्रतिमा निर्माण गरिएको छ भने केही वर्षपछि पर्यटकलाई थप आकर्षित गर्न पार्कमा शङ्खको स्तम्भसँगै भेडा र सिंहको स्तम्भ थपिएको छ । बिदाको दिन तराईका तथा भारतको बिहार उत्तर प्रदेशका पर्यटकहरु पनि यहाँ घुम्न आउने गर्छन् । तस्बिर-ईश्वर थापा-रासस