अबदेखि महानगरका वडा तहका सबै सिफारिसहरू अनलाइनबाटै

  • जेठ ४, २०८० / नेपाल रेखा
alt

विराटनगर । विराटनगर महानगरपालिकाले सेवाग्राहीलाई छिटोछरितो र सहज रुपमा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने भएको छ ।
महानगरका सबै सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै विद्युतीय सुशासनको उच्चतम प्रयोग गर्न ई–सिफारिस र ई–पेमेन्टलाई प्रभावकारी बनाउने भएको छ । महानगरका १९ वटै वडाबाट प्रदान हुने सबै सिफारिस र राजस्व संकलनलाई प्रविधिमैत्री बनाउन लागेको हो । त्यसका लागि १९ वटै वडाका सचिवका लागि महानगरले एकदिने अभिमुखीकरण तालिम सञ्चालन गरेको छ । मेयर नागेश कोइरालाले सेवाग्राहीहरु घरमै बसेर सिफारिस लिन सक्ने वातावरण बनाउन लागेको बताए । उनले जनतालाई सहज रुपमा सेवा प्रदान गर्ने सुशासन कायम गर्ने उद्देश्यले सबै सेवालाई प्रविधिमैत्री बनाउन लागिएको जानकारी दिए ।
“कुनै पनि काम लिएर भरिसक्यो वडा कार्यालय सेवाग्राहीहरु पुग्न नपरोस् भनेर हामीले सेवालाई प्रविधिमैत्री बनाउन लागेका छौं,”मेयर काइरालाले भने, “केही वडामा ई–सिफारिस कार्यान्वयनमा आइसकेको छ । अब सबै वडामा छिट्टै कार्यान्वयनमा ल्याउनेछौं ।” उनले जनताले महसुस गर्ने गरी सेवालाई प्रविधिमैत्री बनाउन पनि निर्देशन दिए । उपमेयर शिल्पा निराला कार्कीले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि विद्युतीय सुशासनलाई जोड दिएको स्मरण गरे । उनले चालु आर्थिक वर्षबाट विद्युतीय सुशासन कार्यान्वयन सुरु भएको र आगामी आर्थिक वर्षदेखि पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाए ।
प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले सेवालाई प्रविधिमैत्री बनाउन सकिए जनतालाई सास्ती नहुने र कार्यालयमा समेत भीडभाड नहुने बताए । महानगरले वडा तहका सिफारिस मात्रै नभएर महानगरका सबै शाखा र महाशाखाका सेवालाई प्रविधिमैत्री बनाउँदै लगिने जानकारी दिए ।
वडामा ई–सिफारिस र ई–पेमेन्ट पूर्ण रुपमा लागू भएपछि अनलाइन सेवा प्रणालीको पक्रियाका विषयमा सार्वजनिक सूचना जारी गरेर महानगरवासीलाई जानकारी गराइने सूचना प्रविधि शाखाकी इन्जिनियर अर्चना कर्णले बताइन्। “अनलाइनमार्फत कसरी सेवा लिने भनेर हामी महानगरवासीलाई विभिन्न माध्यमबाट जानकारी गराउनेछौं,”कर्णले भनिन् । अभिमुखीकरण तालिममा सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियालगायतले सेवालाई प्रविधिमैत्री बनाउँदा जनशक्तिसमेत कम लाग्ने बताए ।
पहिलो चरणमा वडासचिवहरुलाई अभिमुखीकरण तालिम दिएको महानगरले केहीमै वडाका अन्य कर्मचारीहरुलाई पनि तालिम दिने तयारी गरेको छ ।

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]