परिक्षाको मापदण्ड छ तर पाठ्यक्रम छैन सवारी चालक अनुमति पत्र

  • श्रावण १७, २०७९ / नेपाल रेखा
alt

जनक पाण्डे
इटहरी÷‘पहिले यातायात नहुँदा ढाकरमा नुन बोक्नु पथ्र्यो, अहिले यातायातको सुविधाले यो अवस्था रहेन’ सुन्दरहरैचा, मोरङ्गको एक ड्राईभिङ्ग प्रशिक्षण केन्दका प्रोप्राईटर काजी कुमार तिमिल्सिनाले भने– ‘अहिले चालिस बर्ष कटेको अभिभावकलाई पनि ड्राईभिङ्ग सिक्न आवश्यकता बोध हुन थालिसकेको छ ।, यूवामाझ त यो अनिवार्य जस्तै छ, स्वदेश बिदेश सवैतिर आवश्यक भईसकेको छ, तर ड्राईभिङ्ग र ट्राफिक बारे औपचारिक शिक्षा छैन ।’


यातायात ब्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र इटहरीले मात्र चालक अनुमति पत्र (लाईसन्स)संग सम्बन्धित दैनिक सात सय देखि एक हजारसम्म सेवाग्राहिलाई सेवा प्रवाह गरिरहेको छ । साताको तीन दिन आइतबार, सोमबार र मंगलबार विशेष रुपले नयाँ चालक अनुमतिपत्र फारम वितरण गर्ने गरेको छ । साताको तीनदिन प्रत्येक दिन, २५० वटा फारम मोटर साइकलका लागि, १०० वटा फारम स्कुटीका लागि र ३० वटा फारम कारका लागि फारम बितरण हुने गरेको कार्यालयले जनाएको छ ।


सवारी चालक अनुमति पत्र आवेदकको देशैभरिको तथ्याँकलाई हेर्दा गत वर्ष मात्र सात लाख भन्दा बढी अनलाइन आवेदकहरु भएको यातायात ब्यवस्था विभागको तथ्याँकले देखाउँछ । यो तथ्याँकलाई मूल्याँकन गर्दा पनि सवारी चालक अनुपति पत्र लिन चाहनेको संख्या बढेको पाउन सकिन्छ । तर लाईसन्स लिनको लागि चाहिने सरकारी मापदण्ड सहितको आवश्यक पाठ्यक्रम बिद्यमान छैन । मोरङ्गको बाँसवारी ड्राईभिङ्ग स्कुलका प्रोप्राईटर काजीकुमार तिमिल्सिना भन्छन्–‘परीक्षाको मोडल छ तर तोकिएको पाठ्यक्रम छैन् ।’ पाठ्यक्रम नहुँदा विस्तृत अध्ययन हुँदैन, ट्रायल पास गर्ने उद्देश्यले गरिएको सिकाइले मात्र ड्राईभिङ्ग शिक्षा पूर्ण हुँदैन ।

297233200_600598061650439_7793833220834316660_n


लाईसन्स परीक्षाको ट्रायल परीक्षा प्रणालीमा असन्तुष्टि पोख्दै तिमिल्सिनाले भने–ट्रायल परीक्षामा देब्रे दाहिने घुम्तीमा घुम्ती संकेत बत्ति नबालेरै सवारी घुमाउँदा पनि ७० प्रतिशत अंक ल्याएमा त्यस्तो परीक्षार्थी उत्तिर्ण हुन्छन् । उनले भने–‘सडकमा संकेत बत्ति नबाली गाडी घुमाउँदा दुर्घटनाको जोखिम हुन्छ । यस्तो मूल्याँकन नहुनु पर्ने हो ।’


यद्यपी, लाईसन्स ट्रायल परीक्षा प्रणाली पहिलाको तुलनामा सुधार भएको बताउँदै अहिले यसमा अझै केही सुधार गर्न आवश्यक भएको यातायात ब्यवस्था कार्यालय,सवारी चालक अनुमतिपत्र इटहरीका निमित्त प्रमुख पाक्रम खाँले बताए । ट्रायल परीक्षा पास गरेर पनि परीक्षार्थीमा कन्फिडेन्स नपाइएको देखिएकोले भिडभाडमा पनि परीक्षार्थीलाई गाडी चलाउन सिकाउनु र सिकेर ट्रायल परीक्षा दिनुपर्ने कार्यालयका निमित्त प्रमुख खाँ ले सुझाएका छन् ।


सडकमा ट्राफिक नियम र यसको पालनाले दुर्घटनाको जोखिम न्यूनिकरण गर्न सकिन्छ यस्तो ज्ञान सबै सर्वसाधारणको जानकारीमा हुँदा राम्रो हुने निमित्त प्रमुख खाँ बताउछन् । औपचारिक रुपमै ड्राईभिङ्ग र ट्राफिक शिक्षा उच्च माध्यमिक तहको पाठ्यक्रममा समावेस गर्न सके सुरक्षाको दृष्टिकोणबाट यो प्रभावकारी हुन सक्ने प्रमुख खाँले बताए ।


नेपालमा अहिले सम्म सरकारी नियमन निकायबाट तोकिएको ढाँचामा ड्राईभिङ्ग र ट्राफिक नियम बारेको ज्ञान प्राबिधिक या शैक्षिक रुपमा निर्देशित पाठ्यक्रम निर्धारण गरिएको छैन । तर परीक्षा प्रणाली मात्र बनाइएको छ । यसका लागि परीक्षार्थीले कोर्षमा के कति सिक्ने भन्ने कुराको मापदण्ड बनाइएको छैन । कोर्ष १० दिन, १५ दिन या १ महिनाको भनेर ड्राईभिङ्ग स्कुलहरु आफैले सिलेवस (पाठ्यक्रम) तयार गरेर ड्राईभिङ्ग सिकाई रहेको बिराटनगरको जे.के ड्राईभिङ्ग सेन्टरका प्रोप्राइटर गोकुल थापाले बताए । पाठ्यक्रम बिनाको सिकाईमा एकरुपता नहुने र कहिले काँहि परीक्षामा पद्धतिसंग पनि मेल नखान सक्ने पनि जे.के ड्राईभिङ्ग सेन्टरका प्रोप्राइटर थापाले बताए।


सडक दुर्घटनाका बिभिन्न कारणहरुमध्ये मुख्यतयाः मानबीय कारणबाट नै दुर्घटना हुने गरेको १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका निरिक्षक राकेश रेग्मी बताउछन् । तिब्र गतिमा गाडी चलाउने, ट्राफिक चिन्हको ख्याल नगरी ओभर टेक गर्ने, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने, त्यसैगरेर पैदल यात्रीले जथाभावि बाटो काटिदिँदा पनि सवारी दुर्घटना जोखिम बढ्न सक्छ । त्यस्तै चालकको लापर्वाहि र ट्राफिक नियमको पालना नगर्नुले दुर्घटना जोखिम बढाउँछ । निरिक्षक रेग्मी भन्छन्–अन्य कारणहरुमा सडकको अवस्था, खराव मौसम र यान्त्रिक गडवडी जस्तोः टायर पड्किने, आगलागि हुने जसले सवारी अनियन्त्रित हुने र दुर्घना जोखिम हुनजान्छ । तर यी सवै मध्ये सवै भन्दा बढी मानबीय कारणबाटै सवारी दुर्घटना हुने निरिक्षक रेग्मी बताउछन् ।


दुर्घटनाबाट जोगिन र सुरक्षित यात्राका लागि सर्वसाधारण सवैले ट्राफिक नियम जान्न र ट्राफिक अनुशासनको पालना गर्न अत्यावश्यक भएको जानकारी गराउँदै निरिक्षक रेग्मीले पनि यस्तो ज्ञानलाई सकेसम्म शैक्षिक पाठ्यक्रममा समावेश गर्नसके प्रभावकारी हुने बताए । बिदेशका कतिपय मुलुकमा ट्राफिक र सवारीसम्बन्धि बिषय सरकारको निर्धारित पाठ्यक्र अनुसार सिक्नुपर्ने प्रावधान हुनेगरेको पनि निरिक्षक रेग्मीले जानकारी दिए ।


सडक दुर्घटना जोखिमको अर्को कारण शडक र यसको निर्माण प्रकृया र मापदण्ड नै सहि नहुनु पनि हो । सडकमा खाल्डा खुल्डी हुनु, आवश्यकीय स्थानमा आकाशे पुल नहुनु सडकमा प्रष्ट लेन र लेन अनुशासनको पालना नहुनु र सडकसंग बानि र आदत नपरेका नयाँ चालकहरुका लागि त यो अवस्था झनै दुर्घटना जोखिमपूर्ण हुनसक्ने इलाका प्रहरी कार्यालय इहरीका प्रहरी निरिक्षक बिष्णु खड्का बताउछन् ।

 

 

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]