कोशी राजमार्गः सडकसिमा मापदण्डले उब्जाएका प्रश्नहरु मोहनप्रसाद ढकाल

  • चैत्र २७, २०७९ / नेपाल रेखा
alt

स्मरण रहोस् धरानमा व्रिटिसले गोर्खा सैनिक भर्ना हेतु एउटा क्यम्प स्थापना गरेको थियो । त्यसलाई मलाया क्याम्प भन्ने गरिन्थ्यो । त्यस क्याम सम्म सिधै पहुँचका लागि मालसामान ओसार प्रसार गर्न विराटनगरदेखि धरान सम्म दुई लाईनको रोड निर्माण गरेको थियो । यस रोडलाई मलाया रोड भन्ने गरिन्थ्यो । जुन आज कोशी राजमार्ग भएको छ । यस रोडको सडक सिमा दाँयाबाँया १५/१५ मिटर रहेको छ । ठाउँठाउँमा एध्म् लेखिएका सडक सिमा स्तम्भरहरु ठाउँठाउँमा अहिले पनि देख्न सकिन्छ । नापि साखाको ट्रेसिङ नक्सामा यहि सिमा कायम छ ।

 

 

मोहनप्रसाद ढकाल ।

कोशी राजमार्ग इटहरी उपमहानगरपालिकाको औधोगिक व्यापारिक करिडोर क्षेत्र भित्र पर्दछ । इटहरी उपमहानगरपालिकाले २०७९ चैत्र मसान्तभित्र केही छुट समेतको प्रावधान राखी अभिलेखिकरण हुन आउने सूचना जारी गरेको छ । नगर भित्र बनेका संरचनाहरुको दायरामा सबै घर धनी आउनु पर्ने पनि हो ।


तथ्यांक अनुसारनै पूर्वाधार विकासका आयोजनाहरु अघी बढ्ने छन् । हुनत एकिकृतकरको नाममा जग्गा धनीहरुले भौतिक संरचनाको मुल्याङ्कन गरी सम्पती कर, जग्गाको भुमीकर, बहालकर, आदी बुझाउँदै आइरहेका छन् । यी करहरु तिरी रहँदा अभिलेखिकरण भएको मान्ने की नमान्ने ?


सडक सिमा क्षेत्र भित्र रहेका तमाम जग्गा धनीहरुले लालपुर्जा सहित विविध कर तिरेको ठेली हातमा लिएर बसीरहँदा आफ्नो हकभोगको जग्गा भित्र घर बनाई घर नक्सा पास गरी ढुक्क भई भोक चलन गर्न पाउने की नपाउने ?


सरकारको सडक सिमाको दोहोरो मापदण्डले एकातिर सडक सिमा क्षेत्र भित्रका नागरिक, नगरबासी, प्रताविड भएका छन् । भने अर्को तर्फ सिंगो उपमहानगरपालिका नगर सभासद बेखबर नाजवाफ भई बस्नु परेको तितो सत्य लुकेको छ । बरु दिर्घकालिन समाधानको खोजी भन्दा पनि बखेडा निकाली पार्टी पार्टी विच दम्भ देखाउने विषय बनेको बुझ्न सकिन्छ ।


चुरो कुरो २०३४/०३/२० मा तत्कालिन सरकारले सडकलाई बर्गिकरण गर्दा सडक सिमा दाँयाबाँया २५/२५ मिटर कायम गरी गोश्वरा सूचना राजपत्रमा प्रकाशित भएको हो । तोकिएको सिमा अनुसार नत सडक नक्सा नापि साखामा रहेको छ । नत अधिकरणको प्रक्रिया अघिबढेको छ । यता सडक विस्तार गर्नेकामको ठेक्का लागि झण्डै असि प्रतिसत काम सम्पन्न भएको छ ।

स्मरण रहोस् धरानमा व्रिटिसले गोर्खा सैनिक भर्ना हेतु एउटा क्यम्प स्थापना गरेको थियो । त्यसलाई मलाया क्याम्प भन्ने गरिन्थ्यो । त्यस क्याम सम्म सिधै पहुँचका लागि मालसामान ओसार प्रसार गर्न विराटनगरदेखि धरान सम्म दुई लाईनको रोड निर्माण गरेको थियो । यस रोडलाई मलाया रोड भन्ने गरिन्थ्यो । जुन आज कोशी राजमार्ग भएको छ । यस रोडको सडक सिमा दाँयाबाँया १५/१५ मिटर रहेको छ । ठाउँठाउँमा एध्म् लेखिएका सडक सिमा स्तम्भरहरु  ठाउँठाउँमा अहिले पनि देख्न सकिन्छ । नापि साखाको ट्रेसिङ नक्सामा यहि सिमा कायम छ । 

सडक विभाग सडक विस्तार आयोजनाले भने सडक सिमा मापदण्ड तलको चित्र अनुसार रहेको देखाउँछ ।

unnamed


यस्तो मापदण्ड बमोजिम बनेको सडक कति बैज्ञानिक छ र जनताको घरबास समाप्त पारी सुकुम्बासी बनाई बनेका अबैज्ञानिक, अदुरदर्शी संरचनाले विकासको खिल्ली त उडाएको छ नै आ-आफ्नो क्षेत्रको राजनीतिक शक्ती पहँुच र चुनावी एजेन्डाको आधार बनाएर राजनीतिक बैमानि भएको हुन सक्ने स्थानीयहरु बताउँछन् ।

 

जे होस् सुनसरी नापि साखाले अहिले पनि सडक सिमा दाँया बाँया १५/१५ मिटर जम्मा १ सय ४ फिट रहेको देखाउँछ र मालपोतले पनि त्यही अनुसार जग्गा रजिष्ट्रेशन पास गर्दै आएको छ । यहि सिमा क्षेत्र अवधि भित्र रही सडक विस्तार आयोजनाले सडक विस्तार गर्दै लगेको देखिन्छ ।


यसरी सडक विस्तार हुँदै जानुमा सडक सिमा क्षेत्रका पीडितहरुको पुनरावेदन र सर्वोच्चमा परेको रिट र पाएको सफाईले हुन सक्ने सिमा क्षेत्रका नागरिकहरु बताउँछन् ।


सर्वोच्चको नजिर भन्छ मिति २०३४/०३/२० को राजपत्रको सुचनाले सडकको बर्गीकरण सम्म गरिएको अतः प्रचलित जग्गा प्राप्ती सम्बन्धी कानुन प्रक्रिया पुरा नगरी सार्वजनिक सडक ऐन २०३१ बमोजिम घर भत्काउने समेतको सूचना प्रकाशित गर्दा नागरिक अधिकार ऐन २०१२ को दफा ६(६) र ९ द्वारा प्रदत्त सम्पती सम्बन्धी अधिकार हनन हुनसक्ने आशंकाको स्थिती विधमान हुन सक्ने हुँदा निवेदको माग बमोजिम कानुनको प्रक्रिया पुरा नगरी निवेदकहरुको घर जग्गा कब्जा नगर्नु र नभत्काउनु, भत्काउन नलगाउनु भनी विपक्षीहरुको नाममा निषेधाज्ञा आदेश जारी हुने ठहर्छ भनी पुनरावेदन अदालतको मिति २०६०/४/२८ को फैसलालाई सर्वोच्चले पनि २०६६ भदौ २९ मा सदर गरेको देखिन्छ ।

अतः सडक सिमा तोकिएको ४५ बर्ष वितिसक्दा पनि राज्यले अधिग्रहणको नाममा एक इन्च काम अघि बढाउन नसक्नु स्थानीय सरकारले एकिकृत करको नाममा सबै कर बर्षेनी नागरिकले तिरिनै रहनु, घरनक्सा पासमा बन्देज लगाउनु, सुशासन र अमनचयनको नाममा यो दासता किन ?

 

विज्ञान र विकाशले यसरी फड्को मारिरहँदा हाम्रो नगर इटहरी भने कछुवा तालमै रहेको देखिन्छ । क्षेत्रगत हिसाबले राम्रो भुगोल परेकै कारण जबरजस्ती सहर बन्न पुगेको राजनीतिक भुगोलले भने जस्तो विकास दिनुपर्ने हो त्यो दिन र लिन नसकिरहेको नमुना सहरको रुपमा यसलाई हेर्ने गरिन्छ ।

 

एउटा कुरा अझै भन्नु पर्ने देखिन्छ । यो विज्ञानको युग हो समयानुकुल सडक विस्तारका नयाँ नयाँ विकल्पहरु देखा परेका छन् । छिमेकी राष्ट्र भारतको नयाँ दिल्लीमा सडक माथी सडक मेट्रो दौडिएको, कलकत्तामा सडक मुनी अण्डरग्राउण्ड सडक बनेको देखेकै होला भन्दै गर्दा विज्ञानले अबको युग यति अगाडि बढीसकेको छ । पृथ्वीमा मानिस नआँटेर उपल्लो ग्रह चन्द्र र वृह्सपतिमा मानव बस्ती बसाल्ने होडबाजी नै चलेको छ ।



नगरलाई चुस्त र दुरुस्त आर्थिक रुपले चलायमान र संवृद्ध बनाउने हो भने औधोगिक र व्यवासयिक संरचना सडक सिमा क्षेत्रमा बढ्न दिनुपर्दछ । व्यक्तिको क्रय शक्ति र नगरको कर शक्तिको दायरा फराकिलो पार्नु पर्दछ । यो प्रष्ट हुन जरुरी छ की नागरिकले सडक मिचेको होइन सडकले पनि नागरिकको घर जग्गा सम्पत्ती मिचिगएको छैन । यो परिस्थिमा नगरले आफ्ना नगरबासी जनताका लागि नगरको विकासको लागि खेल्नुपर्ने भुमिका महत्वपूणर् हुन्छ ।

 

 

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]