सवारी चालक अनुमतिपत्र स्मार्ट लाइसन्स दिनलाई विराटनगरबाट पनि प्रक्रिया थालियो

  • श्रावण १८, २०७९ / नेपाल रेखा
alt

  • कुमोद अधिकारी
    विराटनगर । सबै प्रक्रिया पूरा गरेर लिखित तथा मौखिक परीक्षा पास गर्ने सवारी चालकहरुले अब विराटनगरबाट पनि सवारी चालक अनुमतिपत्र स्मार्ट लाइसन्स पाउने भएका छन् ।
    सुनसरीको इटहरी स्थित यातयात कार्यालयमा लाइसेन्स बनाउनेहरुको चाप अत्याधिक बढेपछि यातायात व्यवस्था तथा संचारमन्त्रालय प्रदेस नम्बर १ ले विराटनगर–४ स्थित यातायात व्यवस्था सेवा कार्यालयलयमार्फत स्मार्ट लाइसन्स दिनेगरि व्यवस्था मिलाएको हो ।
    स्मार्ट लाइसन्सकालागि सो कार्यालयले लाइसन्स अनुमतिपत्रकालागि अनलाइनमार्फत आवेदन फारम खुल्ला गरिसकेको छ । कार्यालयले सवारी चालक अनुमतिपत्रकालागि ट्रायल परीक्षा लिन विराटनगरमा भाडामा लिएर ट्रायलसेन्टर समेत संचालनमा ल्याएको छ ।
    विराटनगर आसपासमा सेन्टरकालागि सरकारी खाली जग्गाका लागि पहल गर्दापनि कहिकतैबाट त्यस्तो जग्गा नपाएपछि कार्यालयले पत्रिकामा सूचना प्रकाशित गर्दै सवारी ट्रायलकालागि प्रतिस्पर्धाको आधारमा सबै मापदण्ड पुरा गरि पाथिभरा ड्राइभिङ सेन्टरलाई छनौट गरेको यातायात व्यवस्था सेवा कार्यालय विराटनगरका प्रमुख अनमोलमणी भट्टराईले बताए ।
    पहिलो चरणमा शुरु हुन लागेको परीक्षामा ट्रक वस तथा ठुला सवारी साधन वाहेक मोटरसाइकल, स्कुटर, कार जिप, भेन, टयाक्टर तथा सिटि रिक्सागरि लिखित तथा मौखिक परीक्षा पास गर्ने २ सय १५ वटा सवारी धनीले नयाँ सवारी चालक अनुमतिपत्र पाउने व्यवस्था मिलाइको कार्यालय प्रमुख भट्टराईले बताए । प्रत्येक हप्ता लाइसन्सकालागि परीक्षा लिइने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।
    सो कार्यालयमा अहिले १२ जना कर्मचारी मात्र कार्यरत छन् । लाइसेन्स दिन शुरु गरेसंगै कर्मचारी अपुग हुने निश्चित छ । यस्तो अवस्थामा दिनरात खटेर भएपनि आफुहरु सेवा दिन तत्पर रहेको कार्यालय प्रमुखको भनाई छ ।
    लामो सयमपछि विराटनगरबाट परीक्षा दिएर लाइसन्स पाउने भएपछि ठुलो राहत भएको सवारी चालकहरु बताउछन् । कार्यालय प्रमुख भट्टराइले पनि आफनो कार्यकालमा कार्यालयबाट लाइसेन्स सेवा संचालन गर्न पाउदा खुशि लागेको र यसलाई थप व्यवस्थित र सहज बनाउदै जाने बताए ।

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]