सार्वजनिक माविमा अत्याधुनिक कम्प्युटर ल्याब

  • जेठ २९, २०८० / नेपाल रेखा
alt

विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर–१९ स्थित सार्वजनिक माध्यमिक विद्यालयमा अत्याधुनिक कम्प्युटर ल्याब स्थापना गरेको छ ।
आइतबार विद्यालयमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले ल्याबको उद्घाटन गरे महानगरको ४५ प्रतिशत र डिजिटल ब्रिजेज फोर नेपाल तथा विल्ट बेटर विराटनगरको ५५ प्रतिशत संयुक्त लगानीमा ल्याब स्थापना गरिएको हो । अत्याधुनिक उपकरणसहित ल्याबमा १६ वटा कम्प्युटर जडान गरिएको छ । सो ल्याबबाट प्रविधिमा आधारित शिक्षण सिकाई, विभिन्न गोष्ठी, सेमिनार, प्रशिक्षणलगायतका कार्य गर्न सकिनेछ । ल्याब स्थापना भएसँगै वडा नम्बर–१९ का सार्वजनिक विद्यालय तथा सो वडामा रहेका अन्य विद्यालयसमेत लाभान्वित हुने मेयर नागेश कोइरालाले बताए । उनले आफू महानगरको नेतृत्वमा आएदेखि नै शिक्षालाई उच्च प्राथमिकता राखेर काम गरिरहेको दाबी गरे । वडा नम्बर–१९ विकासमा पछाडि परेकासमेत उनको भनाइ थियो । अबको शिक्षालाई प्रविधिसित जोड्न नसके पछाडि परिने भन्दै मेयर कोइरालाले भने, “अहिलेको सूचना प्रविधिसँग जो व्यक्ति जोडिन्छ उसले विश्व बुझ्छ । अबको समय भनेको कम्प्युटरको समय हो । प्रविधिमार्फत घरमै बसेर पनि रोजगारी पाउने अवस्था छ ।” उनले विद्यालयस्तरदेखि नै सूचना र प्रविधिप्रति विद्यार्थीलाई पोख्त बनाउनुपर्नेमा जोड दिए ।
वडा नम्बर १९ का अध्यक्ष श्याम घिमिरेले महानगरपालिका भएर पनि विकासको दृष्टिले अत्यन्तै पछाडि परेको वडाको विद्यालयलाई ल्याब स्थापनाका लागि छनौट गरेकोमा धन्यवाद दिए । उनले विद्यालयमा करिब ७५ प्रतिशत बाँतर समुदायका बालबालिका अध्ययन गर्ने बताए। शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारको विकास अन्य वडाको तुलनामा १९ नम्बर वडामा कम भएको गुनासो गरे । उनले कम्प्युटर ल्याबलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
महानगरका शैक्षिक प्रशासन महाशाखा अधिकृत कृष्ण भट्टराईले एक वडा एक नेतृत्व विद्यालयको अवधारणाअनुसार सार्वजनिक माविमा कम्प्युटर ल्याबको सञ्चालनमा ल्याइएको जानकारी दिए । आगामी वर्षदेखि सबै वडाका अन्यमा विद्यालयमा पनि कम्प्युटर ल्याब विस्तार गर्ने महानगरको योजना रहेको उनले बताए ।
ल्याब सञ्चालनका लागि विद्यालयका शिक्षक शिक्षिका र विद्यार्थीहरुलाई १२ दिने तालिमसमेत सञ्चालन गरिएको थियो । डिजिटल ब्रिजेज फोर नेपालले २ वर्षसम्म सघन रुपमा प्राविधिक सहयोग उपलब्ध गराउने ब्रिजेजका प्रोजक्ट कोर्डिनेटर प्रकाश श्रेष्ठले बताए । त्यस्तै ब्रिजेजकी उत्सिका अधिकारीले डिजिटल ब्रिजेज फोर नेपालको बारेमा जानकारी गराएका थिए । विद्यालयका प्रधानाध्यापक खगेन्द्र खवासले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा कम्प्युटर ल्याबले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनका अनुसार सो विद्यालयमा साढे ३ सय विद्यार्थी अध्ययनरत छन् ।

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]