ह्यारिसद्वारा राष्ट्रपतिको उम्मेदवारका लागि मनोनयन दर्ता

  • भदौ ७, २०८१ / नेपाल रेखा
alt

अमेरिका । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले बिहीबार राति शिकागोको युनाइटेड सेन्टरमा आयोजित डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनमा राष्ट्रपतिको उम्मेदवारका लागि मनोनयन दर्ता गर्नुभएको छ । यो उहाँको उम्मेदवारीका लागि पार्टीमा औपचारिक स्वीकृति हो ।
अमेरिकाको राष्ट्रपति पदका लागि उम्मेदवारी मनोनयन स्वीकार गर्दै डेमोक्र्याट्सको तर्फबाट अमेरिकाको नेतृत्व गर्ने पहिलो अश्वेत महिला उम्मेदवार ह्यारिसले सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो ।
चुनावसँगै राष्ट्रसँग विगतको वैमन्सयता तथा विभाजनकारी लडाइँहरू पार गर्ने बहुमूल्य, अवसर रहेको भन्दै उहाँले आफ्नो उम्मेदवारी कुनै एउटा पार्टी वा समूहको रूपमा मात्र नभई अमेरिकाको तर्फबाट भएको बताउनुभयो ।
सम्बोधनमा ह्यारिसले भारतीय र अफ्रिकी मूलको प्रतिनिधिको रुपमा क्यालिफोर्नियाको महान्यायाधिवक्ता भई काम गरेको अनुभवलाईसमेत दर्शाउनुभएको गर्नुभयो ।
सम्बोधनमा ह्यारिसले मध्यम वर्गको निर्माण आफ्नो राष्ट्रपतीय यात्राको प्रमुख लक्ष्य हुने बताउँदै गर्भपतन अधिकार, आप्रवासन नीति र विदेश नीतिलगायत अन्य विषयहरूमा पनि विस्तृत रूपमा व्याख्या गर्नुभयो ।
ह्यारिसले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यनीतिमाथि टिप्पणी गर्दै ट्रम्पलाई ह्वाइट हाउसमा फिर्ता राख्ने परिणाम ‘अत्यन्त गम्भीर’ हुने चेतावनीे दिनुभयो ।
सामाजिक सञ्जालमा रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार ट्रम्पले ह्यारिसको भाषणको आलोचना गर्दै उहाँ पूराना ‘अक्षमता’ र ‘कमजोरी’लाई लुकाउनका लागि उभिएको बताउनुभएको थियो ।

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]