इरानी जेलमा रहेका नोबेल पुरस्कार विजेता महम्मदीद्वारा अनसन तोडेको घोषणा

  • कार्तिक २४, २०८० / नेपाल रेखा
alt

पेरिस । जेलमा रहेका इरानी नोबेल शान्ति पुरस्कार विजेता नार्गिस मोहम्मदीले अनसन तोड्नुभएको छ ।
तेहरानको इभिन जेलमा रहेकी ५१ वर्षीया वरिष्ठ अधिकारकर्मी मोहम्मदीलाई ‘इरानमा महिला माथि भइरहेको उत्पीडनविरुद्धको लडाइँका लागि’ अक्टोबरमा नोबेल पुरस्कार प्रदान गरिएको थियो ।
इरानमा अनिवार्य गरिएको तर अधिकारकर्मीद्वारा विरोध गरिएको हिजाब लगाउने शर्तलाई नमानिकन उहाँलाई उपचारका लागि अस्पतालमा भर्ना गराएपछि मोहम्मदीले अनशन तोडेको उहाँको पारिवारिक श्रोतले जनाएको छ ।
बिहीबार उहाँको इन्स्टाग्राम अकाउन्टमा पोस्ट गरिएको एक सन्देशमा अधिकारकर्मीको परिवारले उहाँलाई बुधबार परीक्षाका लागि अस्पतालमा स्थानान्तरण गरिएको जनाएको छ । उहाँ मुटु र फोक्सोको समस्याबाट पीडित हुनुहुन्छ ।
“अनिवार्य हिजाब नलगाई अस्पताल भर्ना भएपछि र महिला वार्डमा फर्केपछि मैले अनशन तोडेँ,” उहाँले भनिन् ।
मोहम्मदीको परिवारले सोमबार आफू र अन्य कैदीहरूको लागि चिकित्सा सेवाको सीमितता र इस्लामी गणतन्त्रमा महिलाहरूले सार्वजनिक रूपमा कपाल ढाक्नु पर्ने आवश्यकताको विरोधमा भोक हडताल सुरु गरेको बताएको छ ।
मोहम्मदीलाई भेट्न अस्पताल पुगेका साथी र सहयोगीलाई इस्लामिक रिपब्लिक सेक्युरिटी फोर्सले धम्की दिएको र सताएको उहाँका समर्थकले बिहीबार बताएका छन् ।
इरानमा सन् १९७९ को इस्लामिक क्रान्तिको केही समयपछि सार्वजनिक स्थलमा महिलाका लागि अनिवार्य गरिएको हिजाब लगाउन मोहम्मदीले इन्कार गर्दै आउनुभएको छ ।
उहाँले हिजाब लगाउन इन्कार गरिरहने कसम खानुभएको छ ।
“महिलाको रूचीबिना नै हिजाब लगाउनु पर्ने कानून उन्मूलन नभएसम्म, म सडकमा यसरी नै हिंड्नेछु, र हिजाब बिना हामी महिलाहरूलाई हिँडेको देखेर तपाईंहरू थरथर काँप्नुहुनेछ,” उहाँले इरान सरकार र अधिकारीलाई सङ्केत गर्दै भन्नुभयो ।
पहिलो पटक २२ वर्षअघि पक्राउ परेकी मोहम्मदीले इरानमा मानव अधिकारका लागि अभियान चलाएको आरोपमा विगत दुई दशकको अधिकांश समय जेलभित्र र बाहिर बिताउनुभएको छ ।
सन् २०२१ को नोभेम्बरदेखि जेलमा रहनुभएकी उहाँले आठ वर्षदेखि फ्रान्समा रहेका आफ्ना छोराछोरीसँग भेट गर्न पाउनुभउको छैन ।
सन् २०२२ को सेप्टेम्बरमा २२ वर्षीया महसा अमिनीको हिरासतमा मृत्यु भएपछि जेलबाट नै इरानमा महिनौं लामो विरोध प्रदर्शनको नेतृत्व गरेकी मोहम्मदीले नोबेल पुरस्कार दिने घोषणा गरिएको छ ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]