गछिया र इटहरी भेट्रान्स क्बल विजयी

  • चैत्र १८, २०८० / नेपाल रेखा
alt

विराटनगर । दोस्रो संस्करणको कोशी प्रदेश स्तरीय मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा गछिया भेट्रान्स क्लब र हाम्रो भेट्रान्स क्बल इटहरी विजयी भएको छ ।
विराटनगर जुट मिलको खेल मैदानमा आइतबार भएको पहिला खेलमा घरेलु टिम मिल्स भेट्रान्स क्लब रानीलाई ३ –१ गोलले हराउँदै गछिया विजयी भएको हो ।
जितको लागि गछियाको तर्पmबाट सन्देश श्रेष्ठ, होमनाथ बराल र सिताराम बास्तोलले गोल गरे । सान्तवना गोल मिल्सको तर्फबाट बिजय राईले फर्काए ।
म्यान अफ द म्याच गछियाको इन्द्र राई घोषित भए । उनले नगद ११ सय पाए ।
सोही दिन भएको दोस्रो खेलमा हाम्रो भेटान्स क्बलले दमक लखनपुर भेटान्स क्बललाई १–० गोलले पराजित गर्यो । जितको लागि इटहरीका लिलाराम मगरले निर्णायक गोल गरे । उनी खेलको म्यान अफ द म्याच घोषित भए ।
सोमबारको पहिलो खेल ग्रामथान र जनता इटहरी बीच हुनेछ भने सोही दिन दोस्रो खेल मनिङ विराटनगर र धरान भेट्रान्स क्बलबीच हुनेछ ।
मिल्स भेट्रान्स फुटबल क्बल रानीको आयोजना सुरुमा भएको प्रतियोगिता चैत २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा कोशी प्रदेश भित्रका १४ वटा भेट्रान्स फुटबल क्लबहरुको सहभागि रहेको मिल्स भेट्रान्स क्बलका अध्यक्ष इन्द्रराजा थापा (राजु) ले जानकारी दिए । प्रतियोगिताको बिजेता टिमले नगद ६१ हजार र उपबिजेताले नगद ३१ हजार रुपैयाँको साथै ट्रफि पाउने क्लबका सचिव सुमित डंगोलले बताए ।

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]