गछिया र इटहरी भेट्रान्स क्बल विजयी

  • चैत १८, २०८० / नेपाल रेखा
alt

विराटनगर । दोस्रो संस्करणको कोशी प्रदेश स्तरीय मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा गछिया भेट्रान्स क्लब र हाम्रो भेट्रान्स क्बल इटहरी विजयी भएको छ ।
विराटनगर जुट मिलको खेल मैदानमा आइतबार भएको पहिला खेलमा घरेलु टिम मिल्स भेट्रान्स क्लब रानीलाई ३ –१ गोलले हराउँदै गछिया विजयी भएको हो ।
जितको लागि गछियाको तर्पmबाट सन्देश श्रेष्ठ, होमनाथ बराल र सिताराम बास्तोलले गोल गरे । सान्तवना गोल मिल्सको तर्फबाट बिजय राईले फर्काए ।
म्यान अफ द म्याच गछियाको इन्द्र राई घोषित भए । उनले नगद ११ सय पाए ।
सोही दिन भएको दोस्रो खेलमा हाम्रो भेटान्स क्बलले दमक लखनपुर भेटान्स क्बललाई १–० गोलले पराजित गर्यो । जितको लागि इटहरीका लिलाराम मगरले निर्णायक गोल गरे । उनी खेलको म्यान अफ द म्याच घोषित भए ।
सोमबारको पहिलो खेल ग्रामथान र जनता इटहरी बीच हुनेछ भने सोही दिन दोस्रो खेल मनिङ विराटनगर र धरान भेट्रान्स क्बलबीच हुनेछ ।
मिल्स भेट्रान्स फुटबल क्बल रानीको आयोजना सुरुमा भएको प्रतियोगिता चैत २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा कोशी प्रदेश भित्रका १४ वटा भेट्रान्स फुटबल क्लबहरुको सहभागि रहेको मिल्स भेट्रान्स क्बलका अध्यक्ष इन्द्रराजा थापा (राजु) ले जानकारी दिए । प्रतियोगिताको बिजेता टिमले नगद ६१ हजार र उपबिजेताले नगद ३१ हजार रुपैयाँको साथै ट्रफि पाउने क्लबका सचिव सुमित डंगोलले बताए ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]