मनकारी विद्यार्थीहरू

  • भदौ १६, २०८३ / नेपाल रेखा
alt

डि पी ढुंगेल
मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्री त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडा मोरङ कोशी प्रदेशका विद्यार्थीहरूले गत भदौ १० गते आएको विनासकारी बाढी पहिरोबाट प्रभावित हुने जनताको दुःखमा साथ दिने उद्देश्यले स्वइच्छाले प्रधानमन्त्री राहत कोषमा मङ्गलबार रू ९९५।– (अक्षरूपी नौ सय पन्चानब्बे) आर्थिक सहयोग गरेका छन् ।
उनीहरूले एक दिनको खाजा खर्च कटौती गरी प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा गरेका हुन् । विद्यार्थीहरू पवित्र प्रधान, पूजा यादव, सन्जु चौधरी, चाँदनी राई लगायतको नेतृत्वले रकम सङ्कलन गरी विद्यालयका शिक्षक मार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन् ।
रकम थोरै भएतापनि मनकारी विद्यार्थीहरूले दुःखको समयमा सबै नेपालीहरूको सहयोग अपरिहार्य भएको बताए । विद्यार्थीहरूले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरे । गरिब तथा आदिवासी जनजाति लोपन्नमुख समुदाय बाहुल्य विद्यार्थीहरूले सानै भएपनि आर्थिक सहयोग गरेर राष्ट्रप्रतिको भक्ति र प्रेम देखाएका छन् । विपदको समयमा बाढी पीडित नेपालीहरुको लागि सबैले आफ्नो ठाउँबाट स्वइच्छाले यथाशक्ति सहयोग गर्नुपर्ने विद्यार्थीहरुले बताए । साथै उनीहरूले बाढीबाट क्षति भएका विद्यालयहरू यथाशीघ्र मर्मत तथा पुनःनिर्माण गरी विद्यार्थीहरूलाई पढ्न पाउने सुविधा उपलब्ध गराउन नेपाल सरकारसित माग गरेका छन् ।

STU

गोरखा दरबारबाट विधिप ...

गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघर ...

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]