आदर्शको प्रवेश परीक्षामा २ हजार १ भन्दा बढी विद्यार्थी सामेल

  • चैत्र २५, २०८० / नेपाल रेखा
alt

विराटनगर । विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा शैक्षिकसत्र २०८१ का लागि लिइएको प्रवेश परीक्षामा २ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका छन् ।
बालकक्षादेखि ९ कक्षासम्म छात्रा ८७५ जना र छात्र १२३९ गरी जम्मा २ हजार १ सय १४ जना विद्यार्थी सहभागी भएको विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले जानकारी दिए । ३७८ जना विद्यार्थीका लागि लिइएको परीक्षामा यति धेरै विद्यार्थी सामेल भएका हुन् । सामुदायिक विद्यालयतर्फ देशकै उत्कृष्ट विद्यालयको पहिचान बनाउन सफल आदर्शमा हाल ३ हजार ४ सय ७६ विद्यार्थी अध्ययनरत रहेका छन् ।
प्रत्येक वर्ष यस विद्यालयप्रति विद्यार्थीको आकर्षण भए पनि सबै विद्यार्थीको भर्ना लिने चाहना हुँदाहँुदै पनि विद्यालयको भौतिक पूर्वाधारको सीमितताको कारण सबै विद्यार्थी भर्ना गर्न नसकिएको प्रधानाध्यापक पोखरेलले बताए । हाल विद्यालयमा छात्र र छात्राको संख्या लगभग बराबरीको अवस्थामा रहेको उनको भनाइ थियो । हाल विद्यालयमा कक्षा १ देखि १२ सम्मका अतिरिक्त प्राविधिक शिक्षा कार्यक्रमअन्तर्गत १८ महिने र २४ महिने कम्प्युटर तालिम ३ वर्षे डिप्लोमा इन कम्प्युटर र डिप्लोमा इन सिभिलका कक्षाहरु सञ्चालन छन् ।

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]