विराटनगरको ट्राफिक व्यवस्थापनका लागि महानगरद्वारा पहल सुरु

विराटनगर । विराटनगर बजारको ट्राफिक व्यवस्थापनका लागि महानगरले पुनः पहल सुरु गरेको छ । ट्राफिकसँगै सिटीसफारी, फुटपाथलगायतको व्यवस्थापनका लागि महानगरले पहल सुरु गरेको हो । प्रदेश राजधानीसँगै कोशी प्रदेशको एकमात्रै महानगरपालिका भएकाले सबैको सहयोगमा विराटनगरको ट्राफिक व्यवस्थापनका लागि फेरि पहल सुरु गरिएको मेयर नागेश कोइरालाले बताए । मेयर कोइराला र उपपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा भएको भेलामा सहभागीहरुले ट्राफिक व्यवस्थापनका विभिन्न सुझाव दिएका छन् । विगतमा महानगरले ट्राफिकचोक–जलजलाचोक, शनिमन्दिर–अस्पताल चोक, महावीर रोड, शनिमन्दिर रोडलगायतलाई पार्किङ निषेध गरेको थियो । सडकलाई पार्किङ निषेध गर्दा व्यापार व्यवसायमा मन्दी आएको भन्दै उद्योगी, व्यवसायी र व्यापारीले पार्किङ खोल्न आग्रह गर्दैै पटक–पटक महानगरको ध्यानाकर्षण गराएका थिए । व्यापारीको आग्रहपछि महानगरले पार्किङ निषेधको निर्णय तत्कालका लागि स्थगन गरेको थियो । ‘महानगरपालिकाले पार्किङ हटाएपछि पनि कुनै पनि व्यापारीले आफ्नो व्यापार बढ्यो भन्नुभएको छैन । अहिले पनि सटरहरू खाली देखिन्छन्,’मेयर कोइरालाले भन्नुभयो,‘व्यापार नभएको सडकलाई पार्किङ निषेध गरेर होइन भन्ने कुरा अब चाहिं व्यापारीहरुले बुझिसक्नु भयो जस्तो लाग्दछ । जबसम्म जोगबनी नाकामा कडाइ गरिँदैन तबसम्म यहाँको व्यापार फस्टाउँदैन । यो कुरा सबैले बुझ्नु जरुरी छ ।’ प्रदेश राजधानी विराटनगरलाई व्यवस्थित बनाउन सबैले साथ दिनुपर्नेमा उनले जोड दिए । धेरैतिरबाट सडकलाई पार्किङ निष... ... ... ...

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नि

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त हुनुभएको छ ।प्रदेशसभामा रहेका पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्रसहित ४८ प्रदेशसभा सदस्य समर्थनमा प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको...

अर्थ–वित्त अर्थ–वित्त बाट थप
राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १ स्थित श्री राष्ट्रिय माविको विद्यालय व्यवस्थापन समितिको गठन गरिएको छ ।अघिल्लो विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिएपछि पुनः अभिभावकहरुको भेलाले स्थानीय समाजसेवी कोविदजंग कार्कीको अध्यक्षतामा नौ सदस्यीय विद्यालय व्यवस्थापन समिति सर्वसम्मत चयन गरिए...

शिक्षा–स्वास्थशिक्षा–स्वास्थबाट थप
सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै

काठमाडौँ । आजदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि आज खुवाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सरकारले आमऔषधि सेवन अभियान सञ्चालन गरेर (सबैलाई औषधि खुवाउने...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]